कटारी अस्पताललाई २७ लाख बराबरको स्वास्थ्य सामग्री तथा औजार उपकरण प्राप्त भएको छ। ‘हेल्पिङ हर्ट फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले अस्पताललाई ती सामग्री प्रदान गरेको हो।
उदयपुरमा आगलागीबाट १५ घर पूर्ण रूपमा क्षति भएको छ। पहाडी गाउँपालिका लिमचुङबुङ ५ मा जङ्गलमा फैलिएको डढेलोले लिमचुङ ५ जाँतेमा २ दिनमा १५ घर, गोठ जलाएर ध्वस्त भएको स्थानीयलहरुले बताएका छन्।