राष्ट्रिय जनमोर्चा कार्यकर्ता सूर्यबहादुर नेपालीको नाक काटिनुको एउटै कारण थियो, उनी संघीयताको विरोधमा उपत्यका बन्दको समर्थनमा हिँडेका थिए। संघीयताका पक्ष लिन अन्य दललाई जतिकै विरोधमा विचार व्यक्त गर्ने वा शान्तिपूर्ण बन्द गर्ने अधिकार राष्ट्रिय जनमोर्चालाई छ।
एकीकृत माओवादीको नेवाः स्वायत्त राज्य संघर्ष समितिले संघीयता विरोधीको प्रतिकार समिति बनाएछ जसको परिणामस्वरूप सूर्यबहादुर नेपालीको नाक काटियो। यो कार्य माओवादी असहिष्णुताको हद हो। यसले कताकता कीर्तिपुरेको नाक काट्ने पृथ्वीनारायण शाहको बर्बरताको झल्को दिएको छ। यसलाई जनताले माओवादीद्वारा प्रस्तावित नेवाः स्वायत्त राज्यको भावी चरित्रको रूपमा बु‰नेछन्। त्यसमाथि एकीकृत माओवादीकी पोलिटब्युरो सदस्य हिसिला यमीले राष्ट्रिय जनमोर्चालाई अफगानिस्तानमा तालिबानलाई जस्तै प्रतिबन्ध लगाउनुपर्ने अभिव्यक्ति दिएर आफ्नै तालीबानी मानसिकता प्रदर्शन गरिन्। यो, पृथक विचार राख्न पाउने लोकतान्त्रिक अधिकारको उपहास हो। 'यो नेवाः राज्य हो, यहाँ संघीयताविरोधी कार्यक्रम गर्ने कसैलाई पनि छाडिने छैन' भनेर उनले के संकेत गर्न खोजेकी हुन्? एकीकृत माओवादीले तत्काल संघीयता विरोधीको प्रतिकार समिति भंग गरेको घोषणा गरी प्रतिकारमा उत्रनेलाई कारबाही गर्न सरकारलाई बुझाउनु जरुरी छ। अन्यथा उसको भावी संघीय राज्य जनताको सन्देहको घेरामा पर्नेछ।
अन्तरिम संविधानमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुने लेखिइसकेको छ। यसको अर्थ हो, नयाँ बन्ने संविधानले देशको यो स्वरूपलाई मूर्तता दिनुपर्नेछ। यस्तो अवस्थामा संघीयताको विरोध गर्न पाइन्न भन्ने आवाज उठाइएको हो भने त्यो लोकतन्त्रको उपहास हो। लोकतन्त्रमा स्वयं लोकतन्त्रकै विरोध गर्न पाइन्छ। यो बेग्लै कुरा हो, विरोध गर्ने शैली पनि लोकतान्त्रिकै हुनुपर्छ। राष्ट्रिय जनमोर्चालाई मात्र होइन, अन्तरिम संविधानको शपथ खाएका मन्त्रीबाहेक अरू कुनै पनि नेपालीलाई संघीयताको पक्ष र विपक्षमा विचार व्यक्त गर्ने र आफ्नो पक्षमा जनमत आकर्षित गर्ने हक छ।
राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै संघीयताको विरोध गर्दै आएको छ। संविधानसभाले अन्तरिम संविधानमै यसको व्यवस्था गरिसकेपछि पनि ऊ आफ्नो विचारमा अडिग छ। यसले देश टुक्र्याउँछ भन्ने उसको आकलन बहसको विषय हो। नेपालमा अहिलेसम्म एकात्मक सरकार थियो। त्यसले आदिवासी जनजातिको संस्कृति दमित भयो। दलित, पिछडिएका जातिको उत्थान र विकट क्षेत्रको विकास हुन सकेन। त्यसका लागि संघीय राज्य हुनुपर्छ भन्ने निष्कर्षसहित संविधानसभाले नेपाललाई संघीय राज्य बनाउने निर्णय गरेको हो।
संघीयतामा गए होइन, नगए देश टुक्रने पूरै खतरा छ। तथापि, संघीयताको सीमा पर्दाफास गरेर त्यसविरुद्ध जनतालाई आन्दोलनमा उतार्ने हक राष्ट्रिय जनमोर्चालाई छ। सक्छ भने उसले यसविरुद्ध अर्को जनआन्दोलनको आँधीबेहरी ल्याए पनि हुन्छ। आइतबार उसले गरेको बन्द तुलनात्मकरूपले शान्त थियो। बन्दकर्ताले केही सवारी साधन तोडफोड गरे पनि दिनभरिजसो मूल सडकमा मोटरसाइकल र साइकलहरू गुडिरहे। भित्री बजार खुलै देखिए। यो बेग्लै कुरा हो, उसका पर्याप्त कार्यकर्ता नभएकाले उपत्यका बन्द धेरै असरदार भएन। ठाउँठाउँमा उसका कार्यकर्ता जबर्जस्ती बन्द गराउन हिँडेका थिए। त्यसै क्रममा डिल्लीबजार र ग्वार्कोमा प्रतिकार समूहसँग उसको मल्लयुद्ध चल्यो। नेवाः स्वायत्त राज्य संघर्ष समितिले बन्द अवज्ञा गर्न पटक-पटक मोटरसाइकल र्याली निकाल्यो। बन्द आयोजकलाई शान्तिपूर्ण बन्द गर्ने जतिकै हक शान्तिपूर्ण अवज्ञा गर्नेलाई पनि हुन्छ। तर अवज्ञाका नाममा बन्द आह्वानकर्तालाई आक्रमण गर्नु त्यतिकै आपराधिक छ जति बन्दका नाममा जबर्जस्ती गर्नु। हो, बन्दका नाममा कसैमाथि जबर्जस्ती गरिन्छ भने त्यसलाई कारबाही गर्ने जिम्मेवारी सरकारको हो। संघीयताको विरोध भयो भन्दैमा आक्रमण गर्ने 'तालीबानी हक' नेवाः राज्य समितिलाई कसले दियो? संघीयता विरोधीका विरुद्ध उसले गर्न पाउने प्रतिवादको अभियान हो, प्रतिकारको होइन।
मल्लयुद्धका क्रममा सूर्यबहादुर नेपालीको नाक काटियो। यो माओवादीद्वारा प्रस्तावित भावी असहिष्णु राज्यको संकेत हो भन्ने सन्देश गए माओवादीलाई नै ठूलो घाटा हुन्छ।
प्रस्तावित १३ राज्यलाई माओवादीले जातीय नाम दिए पनि त्यसको अभीष्ट जातिविशेषको सर्वोच्चता नभई समानुपातिक सहभागिता हो। नेवाः राज्य समितिमा झक्कु सुवेदी सचिव रहनु त्यसको एउटा प्रमाण हो। यस्तो अवस्थामा माओवादीले किन यसलाई जातीय नाम दियो भन्ने बुझिनसक्नु छ। जातीय संस्थाहरूले यसलाई माओवादी अभीष्टविरुद्ध 'बाहुनवाद' र 'खस राष्ट्रियता'विरुद्ध आफ्नो सर्वोच्चताका रूपमा बुझेका छन्। नेपाललाई चाहिएको जातिवादको अन्त्य हो। जातीय राज्य एउटा जातिवादविरुद्ध अर्को जातिवादको अभ्यास हो। यसले माओवादीलाई नराम्ररी पिर्नेछ।

पवित्रा सुनार, काठमाडौं, पुस २६- संघीयताको विरोधमा उपत्यका बन्दको आह्वान गरेको जनमोर्चाका एक कार्यकर्ताको आइतबार नाक काटिएको छ। नाक काटिएका सूर्यबहादुर नेपाली वीर अस्पतालमा उपचारपछि घर फर्केका छन्। 'गहिरो चोट लागेको छ। नाक कान घाँटी डाक्टरले टाँका लगाएका छन्'आकस्मिक कक्षकी डाक्टर बिनिता जोशीले भनिन्।