माघे झरी लाग्यो अनि छाता खोज्न लाइयो,
हिजोसम्म चाहिए थे’न आज फेरि चाहियो ।
कुन– कुनामा थन्किए’थ्यो खोज्दा पाइएन,
छाता खोज्ने हतारोले भातै खाइएन।
बल्लबल्ल पाइयो छाता मैलिएको रै’छ,
माकुराको जालो यसमै फैलिएको रै’छ ।
डन्डीमा’नि खिया थियो जोर्नीमा’थ्यो खिया,
च्यातिएर कपडा’नि भा’थ्यो छियाछिया ।
टकटक्याएँ धुलोमैलो खोल्न खोजेँ भ्याट्ट,
छाता यसो खोेल्छु भन्दा भयो आफै प्याट्ट
जबर्जस्ती तान्न खोज्दा भाँचिएर डाँठ,
यो छाताले पारयो मलाई आज बिल्लीबाठ ।
छाता ओढ्न पाइएन रुझ्दै भिज्दै गएँ,
जसरी नि स्कुुल पुगेँ बरु भोकै रहेँ ।
बाबासँग फकाई – फुल्याई भरे पैसा माग्छु,
नयाँ छाता किन्छु अनि जतन गरी राख्छु।
हिजोसम्म चाहिए थे’न आज फेरि चाहियो ।
कुन– कुनामा थन्किए’थ्यो खोज्दा पाइएन,
छाता खोज्ने हतारोले भातै खाइएन।
बल्लबल्ल पाइयो छाता मैलिएको रै’छ,
माकुराको जालो यसमै फैलिएको रै’छ ।
डन्डीमा’नि खिया थियो जोर्नीमा’थ्यो खिया,
च्यातिएर कपडा’नि भा’थ्यो छियाछिया ।
टकटक्याएँ धुलोमैलो खोल्न खोजेँ भ्याट्ट,
छाता यसो खोेल्छु भन्दा भयो आफै प्याट्ट
जबर्जस्ती तान्न खोज्दा भाँचिएर डाँठ,
यो छाताले पारयो मलाई आज बिल्लीबाठ ।
छाता ओढ्न पाइएन रुझ्दै भिज्दै गएँ,
जसरी नि स्कुुल पुगेँ बरु भोकै रहेँ ।
बाबासँग फकाई – फुल्याई भरे पैसा माग्छु,
नयाँ छाता किन्छु अनि जतन गरी राख्छु।