गोविन्द न्यौपाने
लामो समयदेखि द्वन्द्व, तथा बालबालिकाकाका बाल सरकोरकार विषयमा पत्रकारिता र पुस्तक मार्फत बहस चलाउँदै आएका पत्रकार दामोदर न्यौपानेले अर्काे पुस्तक ल्याएका छन्—सम्पदा लडाइँ । पूर्व प्रकाशित पुस्तक बालबालिका, शिक्षा, सिकाइ लगायत सामाजिक, राजनैतिक विषयमा केन्द्रित थिए । यो पुस्तकचाहिं सम्पदा विषयमा केन्द्रित छ । इतिहास, संस्कृति र पुरातत्वभन्दा फरक विषय समाजशास्त्र÷मानवशास्त्रमा स्नातकोत्तर गरेका न्यौपानले प्रस्तुत पुस्तकमा इतिहास, संस्कृति, सम्पदा, सभ्यताको आफ्नो अध्ययन, अनुसन्धानको दायरालाई प्रमाणित गरेका छन् ।
सम्पदाको संरक्षण गर्ने पुरातत्व कहाँ छ ? भूकम्प आउनुभन्दा पहिले सर्वधारणलाई थाहै थिएन । २०७२ सालको भुइचालोपछि विभागले व्यापक चर्चा पायो । अकास्मिक रूपमा आएको भूकम्पपश्चात् क्षतिग्रस्त सम्पदाको तत्काल उद्धार, जीर्णाेद्वार, पुरातात्विक वस्तको अभिलेख तथा भण्डारण कसरी गर्न ? सम्पदा संरक्षणको दायित्व बोकेको विभाग नैे यस विषयमा अन्योल थियो । विज्ञको सल्लाह लिएर तत्काल पुननिर्माणको काम शुरू भयो । यही क्रममा आमसंचारको ध्यान गयो । पुरातत्व अब प्राथमिकताका साथ समाचार बन्न थाले । सम्पदा संरक्षणको विषयमा कलम घोट्ने पत्रकारको सूचीमा अग्रस्थानमा उदाए न्यौपाने । सम्पदाको विषयमा पनि बिट बनाएर लेख्न सकिन्छ भन्ने उदाहरण देखाइदिए उनले ।
भूकम्पपश्चात् सम्पदा संरक्षणको विषयमा अनेक धार देखा परे । सम्पदा संरक्षणको पारस्परिक अभ्यास, विधि, संरक्षणको राष्ट्रिय, अन्तर्राष्ट्रिय ऐन, नियम र मापदण्ड अनुसार सम्पदा संरक्षण गर्नुपर्छ भन्ने एउटा धार थियो । यो धार भनेको पुरातत्व विभागको मुल मर्म, दायित्व र कार्यविधि पनि हो । यस्तो धारमा हिंड्ने समूह सम्पदा जोगाउने समूह हो । त्यसैगरी सम्पदामा यथास्थितीवादी भएर मात्र हु“दैन, सम्पदा संरक्षण गर्दा आधुनिक विज्ञान, प्रविधिले प्रतिपादन गरेका उपकरण, प्रविधि अर्थात् सिमेन्ट, स्टिल, रड समेत प्रयोग गर्नु पर्छ भन्ने उग्रवादी धार पनि देखा प¥यो । यो धार सम्पदा मास्ने धार हो । यस्तो विचारले सम्पदा जोगिदैन । जोगाउने नाममा मासिन्छ । सम्पदाको मुल्य मान्यता, संरक्षणको सिद्धान्त, राष्ट्रिय र अन्तराष्ट्रिय कानुन विपरितको हो यो धार । जोगाउने र मास्न खोज्ने यि दुवै धारलाई कहिले अखबारी लेखन, कहिले पुस्तक लेखनमार्फत सतहमा ल्याइदिएका छन् न्यौपानेले ।

पुस्तकले उठाएका सवाललाई गहन र यथार्थ छन् । सम्पदा संरक्षण किन र कसका लागि भन्ने प्रश्नमै पुस्तक केन्द्रित छ । मूलतः सम्पदा संस्कृतिमा आएका र सम्पदाको दस्तावेज अनि इतिहासका आधार स्तम्भ हुन् । सवृद्धिका द्योतक हुन् । राष्ट्रिय संवृद्धिका प्रतिविम्ब हुन् । कुनै पनि राष्ट्र कति समुन्नत छ, त्यो हेर्न त्यो देशको सम्पदा, संस्कृति र त्यसको संरक्षणको अवस्थिति हेरे पुग्छ । नेपाल सम्पदा र संस्कृतिको खुला संग्रहालय हो । यी सम्पदाको उचित संरक्षण गरी सांस्कृतिक पर्यटनको विकास गर्न सकेमा राष्ट्रिय आम्दानीमा टेवा पुग्छ । संमृद्धिको आधार बन्छन् हाम्रा सम्पदा । संरक्षण संमृद्धिको लागि पनि गर्नु परेको हो । संमृद्धिको आधार अहिले मात्र होइन, आउँदो पुस्ताका लागि पनि बन्न सक्छन् । त्यही भएर संमृद्ध राष्ट्र बनिरहरन पनि यी सम्पदा युगौंयुग सम्म जोगिनुपर्छ । यही विषयलाई न्यौपानेले जोडदार रूपमा उठाएका छन् पुस्तकमा ।
पुस्तकमा सम्पदा, संस्कृति र पुरातत्वको साथसाथै नेवारी समाज, रहनसहन र जनजीविकाका विभिन्न प्रसंगको चर्चा गरिएको छ । नेवार को हुन् ? नेवारको व्युतपतिगत आधार के हो ? नेवारी संस्कृति र सभ्यताका देन के हुन् ? सांस्कृतिक निरन्तरताको प्रवाहमा नेवारी सभ्याताले दिएको योगदालाई समेत विभिन्न दृष्टिकोणबाट विमर्श गरिएको छ । नेवारी समाजको संरचनालाई भाषिक पुरातत्वको आधारबाट मूल्यांकन गरिएको छ । बाग्मती सभ्यताको विकास, हिन्दू तथा बौद्ध धर्म र संस्कृतिको उत्पत्ति जस्ता प्रसंग पुस्तकमा छन् । आर्य तथा मंगोल जातीका धर्म तथा संस्कृतिले बाग्मती सभ्यताको शिलान्यास गरेको तथ्यलाई प्रस्तुत पुस्तकमा सजीव चित्रण गरिएको छ ।
उपत्यकाको सभ्यता, संस्कृति, सम्पदामा संरक्षणमा योगदान पु¥याएको भन्दै यहाँका आदिवासीले न्यौपानेलाई नेवारै घोषणा गरेको प्रसंग पुस्तकमा रोचक ढंगले उठाइएको छ । नेवारी भाषा, संस्कृति, साहित्यलाई माया गर्ने जो पनि नेवार हुन्छ भन्दै न्यौपालाई सम्पदा संरक्षण अभियन्ताले नेवार घोषणा गरेबाट न्यौपानेले गरेको योगदानको उच्च मूल्यांकन गरको अनुभूति हुन्छ । यो प्रसंगले सम्पदा लडाइँमा सबै सम्दाप्रेमीको जीत भएको संकेत गरेको छ ।
नेपाल मण्डलका आदिम नेवारले निर्माण गरेको सांस्कृतिक संरचना र सभ्यतामाथि कसरी आक्रमण भइरहेको छ भन्ने तथ्यको मिहिन ढंगले अध्ययन गरिएको छ पुस्तकमा । यसले सम्पदा संरक्षण सम्बन्धी प्राज्ञिक अभावलाई पूरा गर्ने प्रयास त गर्ने छ । त्यतिमात्र नभई सम्पदा संरक्षणको इतिहासमा एउटा इटा थपिएको छ । सम्पदा संस्कृतिसँग जोडिएको हुन्छ । संस्कृतिका स्रष्टा र संवाहक स्थानीय वासिन्दा हुन् । यसकाकारण संरक्षणको दायित्व पनि स्थानीयवासीलाई दिंदा प्रभावकारी हुन्छ भन्ने दलिल न्यौपानेले पेश गरेका छन् । स्थानीयवासीलाई संरक्षणमा अघि सारेर सरकार त्यसको अभिभावक हुनुपर्छ भन्ने मत छ उनको । काष्ठमण्डप निर्माण यसको बलियो उदाहरणको रूपमा पेश गरेका छन् । काठमाडौं महानगरापालिकाको अनुदानमा यसको पुननिर्माणको जिम्मा स्थानीय समूदायले लिएका छन् । रानीपोखरी अर्काे उदाहरण पेश गरेका छन् । रानीपोखरी लगायत सम्पदाको संरक्षण कार्य स्थानीयवासीलाई दिइनु पर्छ भन्ने सम्पदाप्रेमीको आवाजलाई उनले जोडदारका साथ उठाएका छन् । समर्थन गरेका छन् ।
सम्पदा संरक्षण गर्न प्राचीन स्मारक संरक्षण ऐन बनेको छ । ऐन आफैं संरक्षणका लागि बलियो व्यवस्था हो । ती कानुनको सरोकार निकायले पालना गरिदियो र कानुन मिच्नेलाई कारबाही गरिदियो भने सम्पदा सजिलै जोगाउन सकिन्छ भन्ने लेखकको मत छ । यो ऐनले पुरातत्व विभागलाई बलियो बनाएको छ । ऐनले सम्पदाको संरक्षकको भूमिका दिएको छ विभागलाई । मूलत पुस्तकले अर्को बहस पनि उठान गरेको छ—सम्पदा संरक्षणमा राज्यको उपस्थिति बलियो हुनुपर्छ । सम्पदा संरक्षणको सैद्धान्तिक लडाइँमा राज्यकै जीत हुनुपर्छ, माफियाको होइन भन्ने आवाज बुलन्द छ पुस्तकमा । पुरातत्व विभागले कहिल्यै आफनो जिम्मेवारी र दायित्वबाट पछि हट्नु हुँदैन भन्ने आवाज जोडदार रूपमा उठाएका छन् । विभाग बलियो हुनुपर्छ भन्न उनले विभागकै कमजोरी देखाएका छन् । कमजोरी देखाएर यस्ता कमजोरी हटायो भने विभाग बलियो हुन्छ भन्ने मत दिएका छन् । आलोचनासहितको उनको सद्भावलाई सम्बन्धित निकायले पालना गर्नै पर्छ ।
संस्कृति, धार्मिक, पर्व परम्परा र अनुष्ठान नजोडिएका सम्पदालाई मृत सम्पदा भन्ने गरिन्छ तर काठमाडौं उपत्यका अधिकांश सम्पदा जीवन्त छन् । त्यहाँ धार्मिक क्रियाकलाप भइरहन्छ । भूकम्पको कारण यी सम्पदाको विनाश मात्र भएनन, यीसँग गासिएका अमूर्त संस्कृति पनि नासिने अवस्थामा पुगे । लेखक न्यौपानेले यी सम्पूर्ण विषयलाई चित्रण गरेका छन् । उनले वर्तमानमा टेकेर इतिहासको वर्णन गरेका छन् । कुनै मुद्धामा टेकेर त्यसको प्राचीनता पहिल्याएका छन् । सांस्कृतिक महत्व दर्शाएका छन् । त्यसको वास्तुकला, निर्माण प्रविधि, मुर्तिकला, काष्ठकला लगायतको गहिरो खोज गरेका छन् । विषयमा निहित प्रश्नको खोजी गर्दै गर्दा उनी इतिहासको जरोकिलोमा पुगेका छन् । इतिहासको जरोकिलोसम्म अध्ययन गरी विषयवस्तुको गहनालाई प्रस्तुतीकरण गर्नु पुस्तकको सुन्दर पक्ष हो ।
आलोचनात्मक प्रश्न मार्फत सरोकारवाला निकायलाई खवरदारी गरेका छन् । लेखक न्यौपानेले पत्रकारितामार्फत सम्पदा संरक्षणका लागि सचेत समूह निर्माण गरे । सचेत समूहले सरोकारवाला निकाय सम्मानित सर्वोच्च अदालतको ढोका ढकढकाउन पुग्यो । सम्पदा संरक्षण अभियन्ताकै कारण विवादित विषयमा सरोकारवाला निकायलाई सोच्न र छलफल गर्न बाध्य बनायो । यो दिशातिर अग्रसर गराउन न्यौपानेको पत्रकारिताले अग्रणी भूमिका खेल्यो । पृष्ठभूमिमा बसेर स्रष्टाले यो भूमिका नखेलेको भए यो उपलब्धि प्राप्त हुने थिएन कि ! यस अर्थमा न्यौपानेले सम्पदा संरक्षणको लागि ठूलो गुन लगाएका छन् । यसको मूल्यांकन इतिहासले गर्नेछ
यो पुस्तक सम्पदा संरक्षणमा स्थापित सिद्धान्तभित्र रहेर त्यसलाई कार्यान्वयनको लागि महत्वपूर्ण सवाल उठाएको छ । सम्पदा संरक्षणमा सरोकारवाला निकायको भूमिका गौढ देखिन्छ र यसका पछाडिका कारण के हुन् भन्नेमा व्यापक बहस गरिएको छ । पुस्तकको शैली औपन्यासिक छ । उपन्यासमा जस्तै विभिन्न पात्र देखा पर्छन् । भाषा शैली मनमोहक छ तर यो उपन्यास होइन । सम्पदासँग सम्बन्धी पात्र अगाडि सारेर बोल्न लगाइएको छ । पात्रलाई नै मुखपात्र बनाएर आफ्नो तथ्य र तर्क राख्ने लेखनको प्रस्तुति अहिले बजारमा चलेका लेखनशैलीभन्दा पृथक् छ । यस अर्थमा उनले गैरआख्यान लेखनमा नयाँ शैली निर्माण गरेका छन् । इतिहास, संस्कृति, सम्पदा, सम्पदाको संरक्षण, पुरातत्वको महत्व, संरक्षणको सैद्धान्तिक ज्ञान, संरक्षणका लागि भएका प्रयास, कानुनी व्यवस्था लगायतका विषयमा ज्ञान दिन सक्ने समाथ्र्य राख्ने भएकाले प्रस्तुत जिज्ञासुको लागि संग्रहणीय छ । पुस्तक सम्पदा संरक्षणका अहिलेका इस्यु र इतिहासको दोभान हो । सम्पदा संरक्षणको लागि बलियो अस्त्र हो ।