किताबको 'आवरण कथा'
१३ असोज २०७७
•
४ मिनेट पाठ
किताबको 'आवरण कथा'
साहित्य बजारमा प्रकाशन हुने विभिन्न पुस्तकमा लेआउट तथा आवरण डिजाइनरका रुपबाट परिचित नाम हो सन्तोषकुमार दाहाल। पुस्तकलाई जीवन्त र सुन्दर बनाउन पेज लेआउट तथा आवरण डिजाइनको पनि उत्तिकै भूमिका हुन्छ। कतिपय मानिस त लेआउटबाट नै आकर्षित भएर किताब किन्ने गर्छन्।  दाहालले डिजाइन गरेका साहित्यीक पुस्तकहरु बजारमा थुप्रै आएका छन्। साथै पाठक्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने सरकारी पाठ्य पुस्तकहरुमा पनि दाहाललाई डिजाइनरका रुपमा पाउन सकिन्छ।  

साहित्यमा रुची राख्ने दाहाल कार्यलय समयभन्दा बाहेक बिहान, बेलुका र सार्वजनिक बिदाको समय उनी साहित्यीक गतिविधि तथा विभिन्न साहित्यीक पब्लिकेशनहरुसँग सहकार्य गरी साहित्यीक पुस्तकहरुको लेआउट तथा आवरण डिजाइनको काममा व्यस्त रहन्छन्।  

दाहालले साहित्य सम्बन्धि कामगर्न थालेको ५ वर्ष भयो। यस वर्ष उनले लेआउट तथा आवरण डिजाइन गरेको चन्द्रप्रकाश बानियाँद्वारा लिखित पुस्तक ‘महारानी’उपन्यास २०७६ को मदन पुरस्कार विजेता बनेको छ। पुस्तक चर्चामा आउनु, लोकप्रिय हुनु लेखक र प्रकाशकका लागि ठूलो उपलब्धि र सफलताको विषय हो। महारानी पुस्तकले अहिले चारैतिर वाहवाही बटुलिरहेको छ। पुस्तकलाई सफल बनाउन आकर्षक लेआउट तथा आवरण डिजाइन पनि आवश्यक हो जस्तो लाग्छ उनलाई। आफूले लेआउट र डिजाइन गरेको पुस्तकले मदन पुरस्कार पाउँदा दाहाल पनि उत्तिकै हर्षित छन्।

यसभन्दा पहिला दाहालले डिजाइन गरेका पुस्तकहरु ‘प्रतिनायक’, ‘आमोई’, ‘विचारको लास’, ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’, ‘लिम्बुनीगाउँ’, मदन पुरस्कारको सूचीमा परेका थिए। उनले डिजाइन गरेका बजारमा चर्चित पुस्तकहरुः आरोहण, सारङ्गी, प्रेमदासको दायरी, हाँडीघोप्टे, पुनर्वास, निर्वेद, स्कुल बेच्ने बालक, नमस्ते काठमान्डु, रिकुटे, आवरण, मञ्जुषा, अन्तिमप्रश्न, डिलको डोब, परदेशका कथा, डेड शुक्रबिर, सडक, ईश्वरलाई चिठी, तपाईँको पहाड कहाँ हो? लगायत १५० ओटा भन्दा बढि पुस्तक बजारमा उपलब्ध छन्।  

दाहालको डिजाइन यात्रा

खोटाङको हेलेसी चुवाचुङ नगरपालिका–४, खोक्सेलीका दाहाल २०६१ सालमा काठमाडौं भित्रिएका हुन्। जुनबेला उनले कम्प्युटरको त के कुरा साधा टेलिभिजनसमेत देखेका थिएनन्। काठमाडौँ आएलगत्तै अध्ययनसँगै कम्प्युटर टाइप, लेआउट तथा डिजाइनमा डिप्लोमासम्मको कोर्ष पुरा गरेका थिए। उनले डिजाइनिङ पेसामा व्यावसायिक रूपमा काम गरेको करिब सात वर्ष भएको छ।

आकर्षक आवरण (लेआउट) छ भने पुस्तकले पाठकको मन र आँखाझट्ट तान्ने डिजाइनर दाहाल बताउँछन्। भन्छन्, ‘पाठकको नजर सबैभन्दा पहिले पुस्तकको आवरणमा पर्ने भएकाले आकर्षक र उत्कृष्ट हुन जरुरी छ।’

एउटा कृतिका लागि आवरण तथा लेआउट डिजाइन कति महत्वपूर्ण छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘विषयवस्तुको भाव, परिवेश, पात्र र त्यसले दिन खोजेको सन्देशका आधारमा आवरण डिजाइन गरिन्छ। आवरण भनेको कृतिको सुन्दर पहिरन हो, सौन्दर्य हो।’  

कसरी तयार पारिन्छ आवरण?

आवरण डिजाइन गर्नु पूर्व पुस्तकको विधा, विषयवस्तु, परिवेश, पात्रलगायतका विषयमा जानकारी हुनु आवश्यक हुन्छ। किनभने आवरणमा पुस्तकले दिन खोजेको सन्देश र मूल भाव विम्बात्मक रूपमा उतार्न सकियो भने पुस्तकको सौन्दर्यता बढ्छ। ‘तर पूरै कृति पढ्न सम्भव हुँदैन, दाहालले सुनाए, ‘कतिपय पुस्तकको आवरण डिजाइन गर्दा लेखक र प्रकाशक स्वयंले कृतिको मूलभाव, परिवेश र पात्रबारे बताउनुहुन्छ र सुझाव दिनुहुन्छ। त्यसैका आधारमा काम गर्ने गर्छु।’  

लेखकलाई आफ्नो किताबको जति माया लाग्छ, त्यत्ति नै एउटा डिजाइनरलाई पनि आफूले डिजाइन गरको पुस्तकको माया लाग्ने उनी बताउँछन्। उनका अनुसार आफूले डिजाइन गरेको कृति बजारमा आउँदा लेखकको ढुकढुकी जति बढ्छ, त्यत्ति नै आप्mनो पनि बढ्छ।  

उनी पुस्तक पसल, पुस्तकालय र पुस्तक मेलामा जाँदा आफूले गरेको डिजाइन र अरूले गरेका डिजाइनबीच तुलना गर्छन्। आफू कहाँनेर कमजोर छु? के सुधार गर्न जरूरी छ? उनी स्वःमूल्यांकन गर्छन्। उनी अग्रज र समकालीन डिजाइनरले गरेका डिजाइन सक्दो खोजी गर्ने गर्छन्। कसरी राम्रो गर्न सकिन्छ, त्यसबारे आत्मसमीक्षा गर्छन्। उनले काम गरेका पुस्तकको चर्चा भइरहँदा उनी खुसी हुन्छन्।  

बाल्यावस्थामा उनी गाउँमा हुँदा काठमाडौंबाट दाजुको चिठी आउँथ्यो। गाउँमा आउने अन्यको चिठी हातले लेखिएको हुन्थ्यो। तर उनको दाजुले भने कम्प्युटरमा टाइप गरेर सफा र सुन्दर चिठी पठाउँथे। गाउँका छरछिमेकले पनि उनको दाजुको तारिफ गर्थे। गाउँमा उनको दाजुको छुट्टै सम्मान थियो। उनलाई लाग्थ्यो– कम्युटर चलाउने मान्छे सबैको प्यारो र ठूला हुने रहेछन्।  

त्यसपछि एसएलसी दिएलगत्तै उनी खोटाङबाट काठमाडौं आए। उनलाई पनि यस क्षेत्रमा लाग्ने रहर जाग्यो। ‘म यो स्थानसम्म आइपुग्नुमा मेरो दाजुको ठूलो योगदान र साथ छ। उहाँ मेरो प्रेरणाको स्रोत हुनुहुन्छ,’ उनी सुनाउँछन्, ‘म काठमाडौं आएको केही वर्षपछि दाजुले ऋण काढेर कम्प्युटर किन्नुभयो। त्यो बेला दाजु मात्र काम गर्नुहुन्थ्यो, काम नगर्ने दिदी र म थियौं। सबैका लागि बस्ने, खाने र पढ्ने खर्च जुटाउन दाजुलाई हम्मेहम्मे पर्थ्यो। म बिहान कलेज जान्थें, कलेजबाट आएपछि खाना खाएर केही समय कम्प्युटर चलाएर बस्थें। दाजु त्यो बेला चर्चित पत्रिका ‘अन्तर्राष्ट्रिय मन्च’मा डिजाइनर हुनुहुन्थ्यो, उहाँबाटै हौसाला र प्रेरणाबाट नै आज म यस स्थानमा छु।’  

कामले काम सिकाउँदै गयो। कम्प्युटर नदेखेका दाहाल आज कम्प्युटर चलाएरै काठमाडौंमा टिक्न सक्ने भएका छन्। अल्पायुमै बुबा बितेपछि काठमाडौंमा संघर्षरत उनी आफ्नो काम र कमाइबाट खुसी र सन्तुष्ट छन्। भन्छन्, ‘दुःख, सुख, संघर्ष र भोगाइ नै जीवन हो।’  
अर्को समाचार
कालीकोटका बालबालिकाको गुनासो हामीले किताब कहिले पाउने
१२ पौष २०७९
•
३ मिनेट पाठ
कालीकोटका बालबालिकाको गुनासो हामीले किताब कहिले पाउने
बालविवाह न्युनिकरणका सवालका बिषयमा छलफल गदै बालवालिका र सरोकारवाला तस्बिर: प्रेमराज सिम्खडा
जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ७ की मेनका शाहीले अर्को शैक्षिक सत्र आउन लाग्दासम्म आफूहरुले पढ्ने किताब नपाएको गुनासो गरिन्। कक्षा दशमा अध्यानरत छात्रा शाहीले तीन महिनामा मतपत्र पुगेर नयाँ साँसद चुनीन सक्ने, ससद भवनमा पुगेर लोगो लगाउने समय हुने तर बिद्यार्थीका लागि पाठ्यपुस्तक पुग्ने समय एक वर्ष लाग्ने समस्या प्रति गम्भिर भई दिन आग्रह गरिन्।

नयाँ शैक्षिक सत्र सुरु भएको नौ महिना पुग्दै छ। तर (आफू) बिद्यार्थीका हातमा पाठ्यपुस्तक नभएको प्रति चिन्तीत भइदिन निवेदन गरिन्।

शुभकालीका १ का लक्ष्मन अधिकारीले बिद्यालयमा किताब भन्दा पनि कम्प्युटर, इन्टरनेट प्रमुख भएको सुनाए। जनप्रभात माध्यमिक बिद्यालयमा अध्यानरत बिद्यार्थी अधिकारीले बिद्यालयमा पढ्ने बिद्यार्थीका लागि चाहिने पाठ्य पुस्तक होइन पढाउने गुरुका लागि बिलासिताका बस्तु ल्याएर शैक्षिक सुधार गर्न खोज्नु नै प्रविधिको दुरुपयोग भएको गुनासो गरे। उनले हामीलाई चाहिने किताब हो। त्यो कहिलै समयमा आउदैन, आउछ के भने इन्टरनेट यसले गर्दा शैक्षिक गुणस्तर सुधार नहुने र विभिन्न सुचनाले बालविवाहलाई मलजल पुगेकाले बिद्यालय समयमा इन्टरनेट प्रविधिको प्रयोग निश्चित समयमा प्रयोग गराउन सरोकारवालासंग माग गरे।

सदरमुकाम मान्म स्थीत होटल सनलाईटमा आयोजित बालविवाह न्युनिकरणका लागि सरोकारवालाहरुको भूमिका बिषयक बाल ‘कचहरी’ कार्यक्रममा आफ्ना जिज्ञासा(प्रश्न) राख्दै बिद्यार्थीले आफूलाई चाहिने सामान्य कुरामा ध्यानदिन माग गरेका हुन्। सेभःद चिल्ड्ेन किर्डाक नेपालको साझेदारी तथा जिल्लामा गठित बालबिवाह बिरुद्धको साँझा अभियानले आयोजना गरेको (छलफल) बाल‘कचहरी’मा आफ्ना धारणा राख्न बिद्यालयका छात्रा, छात्राले बालबालिका अधिकारको सबै तिरवाट हनन भइरहेकाले सुधारका लागि हस्तक्षेप गरिदिन माग गरेका हुन्।

बिद्यालयमा पढाउन छोडेर, मोवाइल चलाएर बस्ने, समयमा किताब ल्याएर बिद्यार्थीका हातमा दिनु भन्दा कम्प्युटर खरिद गर्ने, शिक्षकलाई पढाउनु भन्दा पनि विभिन्न पार्टीका संघ संगठनका नेता बनाउने जस्ता समस्याले शैक्षिक गुणस्तर खस्कीएको बिद्यार्थीको भनाई रहेको थियो। गाउँ जिउदा प्रसस्तै समस्या वोकेर आएका बालबालिका अर्थात बिद्यार्थीका कुरा सुनेपछि जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावतले बालबालिकाले उठाएका बिषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको प्रतिक्रिया दिए। उनले जिल्ला सभामामा बालविवाह, बालश्रम, र विभिन्न खाले हिंसा अन्तेका लागि गम्भिर छलफल भइ रणनिति योजना समेत तयार भइसकेको भन्दै शैक्षिक सुधार र बिद्यार्थीले समयमा पढ्न पाउने अधिकारको सवालमा अनुगमनलाई तिब्रता दिने प्रतिवद्धता जनाए।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी जयश्वर रिमालले बालविवाह न्युनकिरण, बालश्रमको अन्तेका प्रहरी मेरो साथी कार्यक्रमलाई प्रभावकारी बनाउने बताए। उनले कार्यक्रममै अपराध जन्य घटनामा कानुन अनुसारको कार्वाहीका लागि प्रहरी जुनसुकै बेला तयार रहेको भन्दै लगतै कानुनका बिषयमा सचेतनाको कार्यक्रम गाउँ गाउँमा केन्द्रीत गर्ने योजना सुनाए। उनले ठिक समयमा कुरा आएको भन्दै गाउँ केन्द्रीत कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय कालीकोटले अभियानका रुपमा लिने सुनाए। बालबालिकाले राखेका प्रश्न सुने सबै सरोकारवालाहरुले आफूहरु सुस्ताएका बेला दौडिन सुझाव आएको प्रतिक्रिया दिएका थिए।    
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस