नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई कुनै दुव्र्यवहार नगरेको बताएका छन् । उनले आज नेपाल चलचित्र कलाकार संघमा आफूमाथि लगाइएको आरोपबारे छानिबन गर्न निवेदन दर्ता गराएर शाहमाथि दुव्र्यहार नगरेको बताएका हुन् ।
केसीले आफूमाथि नायिका साम्राज्ञीबाट विभिन्न आक्षेप/आरोपहरु लगाई चरित्र हत्या गर्न खोजिएकाले आवश्यक छानबिनका लागि निवेदन दिएका हुन् ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्स्टाग्राममा केही दिनअघि भिडियो पोस्ट गरेर पाँच वर्षअघि आफूमाथि ठूला ब्यानरका चलचित्र निर्माताहरूबाट दुर्व्यवहार भएको बताएकी थिइन् । साम्राज्ञीको भिडियोको खण्डन गर्दै केसीले फेसबुकमा प्रतिवाद गरेका थिए । यसपछि साम्राज्ञीले भिडियोमार्फत आपूmमाथि दुव्र्यवहार भएको अडान लिएकी थिइन् ।
केसीले पाँच–छ वर्षअगाडि निर्माण गरिएको चलचित्र ‘ड्रिम्स’ मा साम्राज्ञीलाई कुनै दुव्र्यवहार नगरेको बताएका छन् । ‘यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि हुन्छ,’ निवेदनमा उल्लेख छ ।
केसीले भए–नभएको कुरालाई सामाजिक सञ्जालमा राखी युट्युबलगायत विभिन्न सञ्चारमाध्यममा आफ्नो चरित्रहत्या गर्ने दुस्साहस गरिएकामा आपत्ति जनाउँदै लेखेका छन्, ‘सम्पूर्ण चलचित्र क्षेत्रको नै बदनाम भएको अनुभव गरी त्यस सम्बन्धमा छानबिन गरी आमदर्शक र चलचित्र क्षेत्रलाई जानकारी गराइदिन निवेदन गर्दछु ।’
उनले चलचित्रकर्मीकाे हकहितका लागि कलाकार संघले सशक्त आवाज उठाइरहेकाले यो आरोपका सम्बन्धमा उचित छानबिन गर्न संघलाई अनुरोध गरेका हुन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको बताएका छन्।
शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बोर्डको अध्यक्ष भएर आएको ५÷६ महिना मात्रै भएको र आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरका हुन्।
उनले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढीरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको बताएका छन्।
पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको पनि उनले बताए। चलचित्र निर्माणका लागि स्टुडियो, प्रहरीको भ्यान लगायतका स्वीकृति लिन नै झन्झट व्यहोर्नुपरेको उनको भनाइ छ।
केसीले नेपाली निर्माताहरु फिल्म निर्माणका लागि घरखेत बेचेर लाग्ने गरेको तर युट्युब पत्रकारहरुले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरुलाई ठूलो क्षति भइरहेको बताए। उनले कुनैपनि व्यक्तिले अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभइ जरिबाना र फिल्ममा परेको क्षतिपूर्ति तिराउन सरकारसँग माग गरिएको बताए।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...