बाल नाटक महोत्सव सुरु
२१ कार्तिक २०७४
•
६ मिनेट पाठ
बाल नाटक महोत्सव सुरु
काठमाडौं- बालबालिकालाई अभिनयमार्फत समाज बुझाउने उद्देश्य स्वरुप सोमबारदेखि राजधानीमा ‘राष्ट्रिय एकल बाल नाटक महोत्सव’ सुरु भएको छ । अंकित राज मैनालीको ‘नारी’ शीर्षकको नाटकसँगै पहिलो एकल बाल नाटक शिल्पी थिएटरमा सुरु भएको हो । तीन दिनसम्म चल्ने महोत्सवमा बालबालिकाको एकल अभिनय रहेका ३२ नाटक मञ्चन हुनेछन् ।

एम्बिसन एकेडमी बानेश्वरमा कक्षा दशमा पढ्ने प्रेरणा भट्टराई अभिनय गर्न रुचि राख्छिन् । ‘शायद मेरो स्कुलमा अभिनयको कक्षा भएको भए मजस्तै मेरा धेरै साथीहरू पनि यसरी नै नाटकमा अभिनय गर्थेहोला,’ उनले भनिन्, ‘तर मलाई नाटक मन पर्ने हुँदा अतिरिक्त क्रियाकलापमा यसरी नै आफैं सक्रिय हुन्छु ।’ भर्खरै किशोर अवस्थामा प्रवेश गरेकी उनले ‘परी’ शीर्षकको नाटकमार्फत उनी जस्तै किशोरीका समस्या मात्र उजागर गरिनन्, त्यस्ता कुप्रथा हटाउन किशोरीहरूलाई समाजले नै सघाउनु पर्ने सन्देश नाटकबाटै दिइन् । नाटक सात मिनेट मात्रको भए पनि त्यसले दिने प्रभावकारी सन्देशले दर्शक निकै भावुक बने । कथासँगै उनको प्रस्तुती नाटकमा अब्बल देखिन्थ्यो ।

उनीभन्दा अघि अक्षरा स्कुलका सहर्ष सिवाकोटीले ‘न्यायको खोजी’ शीर्षकको नाटकमा अभिनय देखाए । समाजमा बढ्दो आपराधिक गतिविधीले न्याय नपाउनेको संख्या बढ्दो रहेको यथार्थ उनले नाटकमा अभिव्यक्त गरेका थिए ।

‘काग र कमिला’ लिएर मञ्चमा उत्रेका ब्राइट फ्युचर उच्च माविका लक्ष्मण इशरले दर्शकलाई पेट मिचिमिची हास्न बाध्य गराए । सामान्य कथा भए पनि उनको प्रस्तुतिले दर्शकमा हाँसोको फोहोरा उर्लियो । घरी कथा भन्ने बुढो मान्छे त घरी कमिला र काग अनि सिकारीको भूमिकालाई उनले हास्य रसमा ढालेर नाटकमा प्रस्तुति दिए । बालबालिकाले पुस्तकमा पढिरहेको कथालाई यसरी नाटकमा हेर्न पाउँदा दर्शक पनि छक्क परे ।

सोही विद्यालयका अर्का विद्यार्थी विप्लव पुडासैनी भने सन्देशमूलक नाटक ‘मापसे’ लिएर मञ्चमा आए । उनले मादक पदार्थ सेवन गर्दा परिवारमा कस्तो असर पर्छ भनेर देखाए । आपूm स्वयं नै मादक पदार्थको भूमिकामा देखिएका उनले मापसेलाई माथि पठाउने सेवा भएको औंल्याउँदै टाढा रहन सचेत गराए ।

उनले भन्दा फरक एउटी आमाले आफ्ना सन्तानलाई गर्ने मायाको पोयो खोलिन्, अक्षरा स्कुलकी नितासा अधिकारीले । जति उपद्रो गरे पनि सन्तानको माया आमालाई हुन्छ भनेर उनले मञ्चमा देखाउने कोसिस गरिन् । केयु हाइ स्कुल काभ्रेकी प्रजु श्रेष्ठले ‘चिठ्ठा’ नाटकमार्फत गाउँघरमा हुने ठगीका विषयलाई मञ्चमा उतारेकी थिइन् ।

महोŒसवमा पहिलो दिन ६ प्रतियोगी र एउटा अप्रतियोगी गरी ७ नाटक मञ्चन गरिए । प्रतियोगिताको आयोजना गरेको प्रज्ञाकुञ्ज स्कुलकी प्राचार्यले प्रतियोगितामा देशका २५ विद्यालयका ३२  विद्यार्थी सहभागी रहेको जानकारी गराइन् । ‘नाटकलाई पाठ्यक्रममा समावेश गरेको पाँच वर्ष भयो,’ उनले भनिन्, ‘यो बीचमा धेरै विद्यार्थीले सानैदेखि रंगमञ्चमा काम गर्ने अवसर पाइसकेका छन् ।’ राम्रो गर्न सकेको खण्डमा नाटक पनि एउटा राम्रो क्षेत्र हो भन्ने सन्देश आफूले दिन खोजेको उनले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा निर्णायक हरिहर शर्माले आफू स्कुलमा रहँदा ख्याल ख्यालमै अभिनयमा लागे पनि अहिले यसरी सिकेर लाग्ने अवसरको सृजना हुनु राम्रो भविष्यको सुरुवात भएको बताए । अभिनय सिक्नका लागि व्यक्तिमा इच्छा र लगनशीलता हुनुपर्नेमा उनले जोड दिए । बालबालिकालाई नाटक सिकाइरहेका नाटककार टंक चौलागाइँले स्कुले जीनवदेखि नै यसरी नाटक पढ्दै सिक्दै बालबालिकाले सानैमा समाज बुझ्ने अवसर प्राप्त गर्ने बताए । ‘यसले उनीहरूको प्रतिभा मात्र बाहिर ल्याउँदैन भोलि जुनसुकै क्षेत्रमा गए पनि उनीहरूको आत्मविश्वास बलियो बन्छ,’ उनले भने ।

हरिहर शर्मासँगै अभिनेता देशभक्त खनालले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । महोत्सव अघि नेवारी बाजासहित बालबालिकाले ¥याली निकालेका थिए ।

प्रतियोगितामा सहभागी भएर प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुनेले क्रमशः ५ हजार, तीन हजार, दुई हजार र एक हजार प्राप्त गर्नेछन् । महोत्सव २२ गतेसम्म  चल्नेछ ।
अर्को समाचार
बाल नाटक महोत्सव सुरु
१२ फागुन २०७०
•
२ मिनेट पाठ
बाल नाटक महोत्सव सुरु
काठमाडौं– शैली थिएटरको आयोजनामा पाँचौं बाल नाटक महोत्सव सोमबार रसियन कल्चर सेन्टरमा सुरु भएको छ। हप्ता दिन चल्ने नाटक महोत्सवको उद्घाटन संस्कृतिविद् सत्यमोहन जोशीले गरे।‘बाहिरको तुलनामा हाम्रो देशमा नाटकको विकास सुस्त नै छ तर यस्ता महोत्सवको आयोजनाले रंगमञ्चलाई गतिशील बनाउन मद्दत गर्छ,' उद्घाटनपछि बोल्दै जोशीले भने, ‘बालबालिकाको सहभागितामा तयार यस्ता नाटकले केटाकेटी पनि कल्पनाशील बन्छन् भन्ने मलाई लाग्छ।' 
उद्घाटनमै शैली थिएटरको नाटक ‘सुनौलो माछा' मञ्चन गरियो। रुसी लेखक पुस्किनको कथामा आधारित नाटकले अति लोभले गर्दा हुने क्षतिलाई रमाइलो शैलीमा प्रस्तुत गरेको थियो। नवराज बुढाथोकीको निर्देशनमा बनेको नाटकमा मञ्जु देवकोटा, अभय बराल, आलिया खतिवडा, सशांक बोहरा, नारायण न्यौपाने र नरेन्द्र आभाष धामीले अभिनय गरेका थिए।
। 
महोत्सवमा ‘एक पाना सहर', ‘सपनाको चिठ्ठी, ‘युगपुरुष', ‘पृथ्वी सावधान', ‘बिचरा मोहन', ‘मधुमालतीको कथा', ‘मादलको खरी', ‘शिशिर वसन्त' र ‘शान्ति चाहान्छौं' शीर्षकका नाटकहरु मञ्चन हुनेछन्। शो समय ११ बजे र २ बजे रहेको छ।
नाटक प्रदर्शनसँगै छलफल पनि आयोजना गरिनेछ। बुधबार नृत्य र क्रिएटिभ मुभमेन्ट थेरापी, परामर्श र जनचेतनाका साथै टिम बिल्डिंगसम्बन्धी खेल खेलाइनेछ भने बिहीबार नियमित नाटक प्रदर्शनसँगै ‘सेलिब्रेटी टक' शीर्षकमा ‘तितो सत्य' र निर्माणको क्रममा रहेको नेपाली फिल्म ‘चकलेट'का कलाकारसँग अन्तर्क्रिया आयोजना गरिनेछ। शनिबार ‘लोककथा र बाल नाटक' शीर्षकमा अर्को अन्तर्क्रिया चल्नेछ, जसमा महेश पौडेल, तुलसी दिवस र चुडामणि बन्धु सहभागी हुनेछन्।
महोत्सवमा उत्कृष्ट ठहरिएका नाटक, निर्देशक र कलाकारलाई पुरस्कृत गरिने छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
सोमबारदेखि बाल नाटक महोत्सव
सोमबारदेखि बाल नाटक महोत्सव
नागरिक नागरिक • · ०८ फागुन २०७० · ३ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस