काठमाडौं– वर्षेनी हुँदै आएको राष्ट्रिय बाल नाटक महोत्सवकोे छैटौं संस्करण सोमबार रसियन कल्चर सेन्टरमा सुरु भएको छ। शैली थिएटरको आयोजनामा हप्ता दिन चल्ने महोत्सवको उद्घाटन नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति सरुभक्तले गरे।आगामी वर्ष प्रतिष्ठानले पनि उक्त महोत्सवलाई सघाउने आश्वासन कुलपतिले दिए। ‘नाटकबाट बालबालिकाले आफ्नो कला र संस्कृतिलाई नजिकबाट चिन्ने मौका पाउनेछन्। त्यसैले यस्तो महोत्सव हुन जरुरी छ,' उनले भने।
उद्घाटनमा शैली थिएटरको नाटक ‘बाबा यागा’ मञ्चन गरियो। रुसी लोककथामा आधारित नाटकमा कान्छी आमाबाट हेपिएकी आनियाको कथा देखाइएको थियो। नवराज बुढाथोकीको निर्देशनमा बनेको नाटकमा बद्री गौतम, हिमा राई, सहिन प्रजापति, सौरभ ढकाल, मेघा श्रेष्ठ, कुसुम काफ्ले लगायतले अभिनय गरेका थिए।
।
महोत्सवमा ‘कोही किन बर्बाद होस्', ‘आँखाको ज्योति, ‘बल्ल चेत खुल्यो', ‘चोइटिएका सपनाहरु', ‘माया', ‘मधुमालतीको कथा', ‘बैमानी काल', ‘अवस्था', ‘हामीसँगै छौं’ र ‘अधुरो सपना' शीर्षकका प्रतियोगी नाटकहरु मञ्चन हुनेछन्। शो समय ११ बजे, १ बजे र ३ बजे रहेको छ। फागुन ३ सम्म चल्ने महोत्सवमा उत्कृष्ट ठहरिएका नाटक, निर्देशक र कलाकारलाई पुरस्कृत गरिने आयोजकले बताए।