हावर्डको ग्राजुएटपछि श्रृंखला भन्छिन्: अब मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ
१५ जेष्ठ २०८०
•
१ मिनेट पाठ
हावर्डको ग्राजुएटपछि श्रृंखला भन्छिन्: अब मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ
पूर्वमिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हावर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन्।




उनले सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै हावर्डबाट पढाइ सकेको जानकारी दिएकी हुन्।

उनले इन्स्टाग्राममा लेखेकी छिन्,  ‘मैले ग्राजुएसन गरें। अब तपाईंले मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ।,’ 

त्यस्तै उनले परिवारबिना आफूले यो काम गर्न नसक्ने पनि बताएकी छिन्। शृंखलाको ग्राजुयसनमा सहभागी उनका बुबा विरोध खतिवडा र आमा मनु सिग्देल अमेरिका पुगेका छन्।
अर्को समाचार
एस२४ सिरिज रिलिज गर्दै सामसङ मोबाइलले सुरु गर्‍यो एआईको नयाँ युगको घोषणा
१४ माघ २०८०
•
७ मिनेट पाठ
एस२४ सिरिज रिलिज गर्दै सामसङ मोबाइलले सुरु गर्‍यो एआईको नयाँ युगको घोषणा
सामसङले नेपालमा पनि  नयाँ ग्यालेक्सी एस २४ सिरिजको रिलिजकासाथ मोबाइल एआईको नयाँ युगको औपचारिक घोषणा गरेको छ। माघ ३, २०८० मा भएको ग्लोबल अनप्याक्ड पछि नेपालले माघ १२ गते काठमाडौँको मेरियट होटेलमा एक कार्यक्रम गर्दै मोबाइल उपकरणहरू मार्फत विश्वसँग अन्तरक्रिया गर्ने तरिकालाई सधैँका लागि परिवर्तन गरिदिएको छ।




कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृखंला खतिवडाले नयाँ ग्यालेक्सी एस२४ सिरिजको अनावरण गरेका थिए । निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस२४ साँच्चै नै भविष्यको फोन हो। सामसङ ग्यालेक्सी एआइको साथ हामी अल्ट्रा–पर्सनालाईज्ड युजर–एक्सपिरिएन्स प्रदान गरेर टेक्नोलोजी ल्यान्डस्केपलाई नयाँ आकार दिनेछौँ।  हाम्रो पहिलो  एआई सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र   एक्सपिरिएन्सलाई जोड्छ। आज हामी एउटा नयाँ अध्याय खोल्दैछौं, जहाँ मानवीय क्षमतालाई मुक्त गर्न कुनै बाधाविना छैन।’ 

यस कार्यक्रमले मिडिया, कर्पोरेट र क्रीएटरहरूको क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति पाएको थियो।  ग्यालेक्सी एस२४ सिरिज का स्मार्टफोनहरू  प्रस्तुत गर्ने एक्सपिरिएन्स जोनमार्फत  उपस्थित  अतिथिहरूले यस नयाँ युगको पहिलो अनुभव गर्ने  विशेष अवसर पाएका थिए। ग्यालेक्सी एस२४ सिरिज र ग्यालेक्सी एआइलाई  आफ्नो जीवनमा  ल्याउन सबै जना यो पहिलो अनुभव बाटै धेरै प्रभावित र मोहित भएको देखिन्छ।

यस्तो छ एस२४ सिरिज मोबाइल: 

भाषा अवरोधहरू तोड्दै कनेक्ट हुने नयाँ तरिका

सञ्चार हाम्रो दैनिक जीवनको कुञ्जी हो। यही कारणले गर्दा  प्रयोगकर्ताका अनुभवहरू अभिवृद्धि गर्न, जहाँसुकै, जुनसुकै बेला निर्बाध सञ्चारलाई सक्षम पर्न ग्यालेक्सी एआईले नवीन एआई सुविधाहरू प्रदान गर्दछ। यी नयाँ सुविधाहरू एस२४ सिरिजको रिलिज कार्यक्रममा प्रत्यक्ष प्रदर्शन मार्फत प्रस्तुत गरिएको थियो।

ग्यालेक्सी एस२४ सिरिजले नेटिभ कल एप भित्र वास्तविक समय, दुई–तर्फी कल अनुवादहरूमै प्रत्यक्ष अनुवाद सुविधा प्रदान गर्दछ। यस सुविधाले, अर्को व्यक्तिले जुनसुकै फोन प्रयोग गरे पनि, आफ्नो प्रयोगकर्ताको लागि १३ भाषाहरूमा अडियो र टेक्स्ट अनुवादहरूलाई समर्थन गर्दछ। थप रूपमा, ग्यालेक्सी एआई अधिक सुरक्षित छ किनकि यसले बाह्य क्लाउड प्रणालीहरूमा भर नपरी फोनमा नै सञ्चालन गर्दछ।

ग्यालेक्सी एस२४ सिरिज  दैनिक जीवनमा कसरी सहज रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई कार्यक्रममा  प्रकाश पारेको थियो। हराएर दिशाहरू सोध्ने वा रेस्टुरेन्टमा खाना अर्डर गर्नेको लागि होस्,  यी फोनहरू प्रयोगकर्ताले आफ्नै व्यक्तिगत अनुवादकको रूपमा काम गर्न सक्छ । साथै, प्रयोगकर्ताले टेक्स्ट  पठाउँदा, च्याट असिस्टले सन्देशलाई तुरुन्तै अनुवाद गर्दिन्छ, जसले प्रयोगकर्ताहरूलाई सजिलै बोल्न सक्ने भाषामा साथीहरूसँग टेक्स्ट गर्न दिन्छ। ट्रान्सक्रिप्ट असिस्टको साथ, प्रयोगकर्ताहरूले रेकर्ड गरिएका कुराकानीहरूको छोटो सारांशहरू सिर्जना गर्न र साझेदारी गर्न सक्छन्, वा मिटिङहरूमा व्यवस्थित रहन नोट असिस्ट प्रयोग गर्न सक्छन्। नयाँ एन्ड्रोइड अटो सुविधाले चालकहरूलाई सुरक्षित रूपमा नेभिगेट गर्न, उनीहरूको मन पर्ने मिडिया पाउन  र जता हुँदा पनि जहिले कनेक्टेड रहन दिन्छ।

खोज गर्ने बेग्लै तरिका:

प्रयोगकर्ताहरूका लागि सहज रूपमा आफ्नो फोनमा कुनै पनि कुराको लागि सरल इशारामा र एपहरू स्विच नगरीकन खोज्ने नयाँ तरिका हो  सर्कल टु सर्च । नवीन खोज गर्ने सुविधाहरूको साथमा, ग्यालेक्सी एस२४ सिरिजका प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी पनि सुरक्षित गर्दछ। गुगलको साथमा सामसङले प्रयोगकर्ताहरूलाई खोज प्रक्रियालाई पूर्ण पारदर्शिता र पूर्ण नियन्त्रण प्रदान गर्दै अझ सुरक्षित बनाउन उपकरण विकास गरेको छ । एडभान्स इन्टेलिजेन्श् सेटिङअन्तर्गत, प्रत्येक प्रयोगकर्ताले आफूले अनलाइन प्रशोधन र एआइको पूर्ण कार्यक्षमतालाई अनुमति दिने वा नदिने निर्णय गर्न सक्नेछन् ।

परिष्कृत क्यामेराहरूबाट गर्न सकिन्छ कन्टेन्ट सिर्जना:

ग्यालेक्सी एस२४ अल्ट्राको नयाँ प्रोभिजुअल इन्जिनद्वारा सञ्चालित एआई उपकरणहरूको फराकिलो सुइटको साथ प्रयोगकर्ताहरूको सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बनाउँछ। ग्यालेक्सी एस२४ अल्ट्रासँग लोकप्रिय के–पॉप ग्रुप टुमरो एक्स टुगेदरको कन्सर्ट भिडियो पनि प्रडक्ट ब्रिफिङको क्रममा देखिएको थियो। प्रयोगकर्ता अगाडीको पङ्क्तिमा बसेको जस्तो गरी सोही भिडियो ग्यालेक्सी एस२४ अल्ट्रामा नाइटोग्राफी जुम प्रयोग गरी खिचिएको थियो।

ग्यालेक्सी एस२४ सिरिजको साथमा प्रयोगकर्ताहरूले आफ्नो मन पर्ने सोशेल मिडिया एपहरूमा ग्यालेक्सीको नेटिभ क्यामेरा अनुभवको फाइदा लिन सक्नुहुनेछ। एआइको शक्ति फोटोमा मात्र सीमित नभई  भिडियोमा पनि फैलिएको छ, जहाँ प्रयोगकर्ताहरूले कुनै पनि भिडियो सिर्जना गर्न र हेर्न सक्नेछन्, सोही भिडियो यस तरिकामा नखिचे पनि वा एकै समयमा अगाडि र पछाडि क्यामेराहरू प्रयोग गरी ४के भ्लगहरू सिर्जना गर्न डुअल रेकर्डिङ प्रयोग गर्न सक्नेछन्। अब, ग्यालेक्सी एस२४ सिरिज भएका सबै प्रयोगकर्ताहरूले बिना थप उपकरण गुणस्तरीय भिडियो बनाउन सक्नेछन्।

क्विक शेर, ग्यालेक्सीको फाइल साझेदारी सुविधा, पनि विकसित भएको छ। गुगलसँगको साझेदारी मार्फत, प्रयोगकर्ताहरूले अब सजिलैसँग सबै एन्ड्रोइड उपकरणहरू र विन्डोज पिसीहरूमा फाइलहरू साझेदारी गर्न सक्छन्।

मोबाइल गेमिङका नयाँ अनुभवहरू:

नवीनतम एआई सुविधाहरूले अत्याधुनिक चिप प्रविधिको प्रयोग गर्दछ। त्यसैले ग्यालेक्सी एस२४ सिरिजमा ग्यालेक्सीको लागि क्वाल्कम स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म र सामसङको एक्सीनोस २४०० सँग सुसज्जित छ।

यीसँग, डिभाइसले अझ इमर्सिभ गेमिङ अनुभवको लागि रे ट्रेसिङ मोड्युलको साथमा उच्च उपयोगिता र छिटो र सम्म गेम प्ले प्रदान गर्दछ। ग्यालेक्सी एआइको कारण, ग्यालेक्सी एस२४ सिरिजको ब्याट्री कार्यसम्पादन निरन्तर अप्टिमाइज गरिएको छ। अझ लामो ब्याट्री जीवनसँग जोड्दा, प्रयोगकर्ताहरूले अब अतिरिक्त–लामो गेमिङ सत्रहरूको आनन्द लिन सक्नेछन्।

ग्यालेक्सी एस२४अल्ट्रा डिजाइनले ग्यालेक्सी स्मार्टफोनमा पहिलो पटक अतुलनीय प्रिमियम अनुभूति र परिष्कृत स्थायित्वका लागि टाइटेनियमको प्रयोग गरेको छ। अहिलेसम्मको सबैभन्दा पातलो मोडल, डिभाइसमा एस पेनसँग मिल्दो फ्ल्याट फ्रन्ट एज डिस्प्ले र बेजेलहरू सहितको थप जीवन्त र टिकाउ स्क्रिन रहेको छ। 

एडभान्स सुरक्षा र गोपनीयता त्यत्तिकै:

महत्त्वपूर्ण जानकारी सुरक्षित गर्न र इन्द्–तु–इन्द् सुरक्षित हार्डवेयरको लागि ग्यालेक्सी एस२४मा सामसङ नक्स जडित छ। यसले रियल–टाइम खतरा पत्ता लगाउने र सहयोगी सुरक्षाको साथ कमजोरीहरू विरुद्ध सुरक्षाको लागि सुरक्षित गर्दछ। ग्यालेक्सी एस२४ प्रयोगकर्ताहरूसँग तिनीहरूले आफ्नो डेटालाई ए आई अनुभवहरू वृद्धि गर्न कति अनुमति दिन्छन् भन्ने कुरामा एडभान्स इन्टेलिजेन्ससेटिङहरू मार्फत पूर्ण नियन्त्रण हुन्छ,, जसले एआई सुविधाहरूको लागि डाटाको अनलाइन प्रशोधनलाई असक्षम पार्न सक्छ।

ग्यालेक्सी एस२४ नक्स भल्ट, सेक्युरिटी र प्राइभेसी ड्यासबोड, अटो ब्लकर, सेक्योर वाइफाइ, प्राइभेट सेयर, मेन्टेनेन्स मोड र थप लगायतका नवीन सुरक्षा र गोपनीयता सुविधाहरू भएको सामसङको विस्तृत सूचीबाट पनि सुरक्षित छ। 

छदैछ दिगोपन:

ग्यालेक्सी एस२४ सिरिजले उत्पादनको जीवनचक्र विस्तार गर्ने सामसङको प्रतिबद्धता जारी राखेको छ। यसले प्रयोगकर्ताहरूलाई अझ लामो समयसम्म आफ्ना ग्यालेक्सी उपकरणहरूको अनुकूलित कार्यसम्पादनलाई विश्वसनीय रूपमा अनुभव गर्न मद्दत गर्न सात जेनेरेसनका ओएस अपग्रेडहरू र सात वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्दछ।

यस्तो छ मूल्य र उपलब्धताको अवस्था:

नेपालमा माघ ३, २०८० देखि ग्यालेक्सी एस२४ शृङ्खलाका लागि प्रि–बुक खोलिएको थियो र यसको प्रतिक्रिया अत्यधिक थियो। यस दोरान सामसङले एनसेलसँग सहकार्य गरी पहिलो ५०० ग्राहकहरूलाई प्रिमियम सिम पनि प्रदान गरेका छन् । सबै प्रि–अर्डर स्टकहरू यसको घोषणा भएको ३ दिन भित्र बुक गरिएको थियो। अब डिभाइसहरू माघ २४, २०८० बाट बजारमा उपलब्ध हुनेछन्।

१ ग्यालेक्सी एस२४ (१२+५१२ जीबी)    टाइटेनियम ब्लाक, टाइटेनियम ग्रे, टाइटेनियम भायोलेट  १९९,९९९

२ ग्यालेक्सी एस२४ अल्ट्रा (१२+२५६ जीबी)                                                                        १८४,९९९

३ ग्यालेक्सी एस२४प्लस (१२+२५६ जीबी)     कोबाल्ट भायोलेट, आम्बर एल्लो                         १४२,९९९

४ ग्यालेक्सी एस२४बेस (८+२५६ जीबी)        कोबाल्ट भायोलेट, आम्बर एल्लो                        ११९,९९९

यसका साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा तपाईँले यो नयाँ फोनलाई शून्य प्रतिशत ब्याज दरमा सजिलो ई एम आइमा प्राप्त गर्न सकिन्छ। प्रक्रिया झन्झट मुक्त छ र तपाईँ सम्भवतः १ घण्टा भित्र पसलबाट नयाँ ग्यालेक्सी एस२४को साथ बाहिर निस्कनु हुनेछ। सामसङले १ वर्षको लागि १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध गराएको छ र आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस