लागुऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सेतो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
ब्यूरोले दुई दिनको फरकमा कुल ७ किलो ८०० ग्राम सेतो हेरोइन बरामद गरेको हो। बरामद हेरोइनको अन्तर्राष्ट्रिय बजार मूल्य करोडौं पर्ने अनुमान गरिएको छ।
ब्यूरोको विमानस्थलस्थित शाखाबाट खटिएको प्रहरी टोलीले हवाई मार्गबाट आउने यात्रुहरूको निगरानी गर्ने क्रममा लाओसबाट बैंकक हुँदै काठमाडौं आएका उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, पहिलो घटनामा भारतको उत्तर प्रदेश जानुनपुरका ३५ वर्षीय फिरोज अहमदलाई ४ किलो सेतो हेरोइनसहित पक्राउ गरिएको थियो। उनलाई विमानस्थलको आगमन कक्षबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
त्यसैगरी, अर्को दिन सोही रुटबाट काठमाडौं आएका भारत तमिलनाडुका ३२ वर्षीय मौलेस्वरन नन्जुन्दामूर्ती कुरनल वेललाई ३ किलो ८०० ग्राम सेतो हेरोइनसहित पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धादिङमा ६५ वर्षीय हरिबहादुर ढुंगाना आफ्नै घरमा शंकास्पद अवस्थामा मृत भेटिएका छन्।
उनको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी ३८ वर्षीय सूर्यबहादुर थिङलाई पक्राउ गरेको छ। धादिङ प्रहरीका अनुसार शनिबार बिहान ९:१५ बजे गजुरी गाउँपालिका-८कटुन्जेस्थित आफ्नै घरको कोठामा ढुंगानाको शव फेला परेको थियो। स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको र दाहिने हातको नाडीको हड्डी भाँचिएको पाइएको प्रहरीले जनाएको छ। घटनास्थलबाट संकलित प्रमाण र साक्षीको बयानका आधारमा थिङले शुक्रबार राति ढुंगानालाई कुटपिट गरी हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको हो।
मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। थिङविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरी धादिङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका थिङविरुद्ध यसअघि २०७२ र २०८१ सालमा सार्वजनिक अपराध तथा २०७८ सालमा हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा समेत अनुसन्धान भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...