सुमामाथि खुकुरी प्रहार, गम्भीर अवस्थामा उपचार हुँदै
०७ जेष्ठ २०८३
•
१ मिनेट पाठ
सुमामाथि खुकुरी प्रहार, गम्भीर अवस्थामा उपचार हुँदै
खुकुरी प्रहारबाट उदयपुरमा एक महिला गम्भीर घाइते भएकी छन् । बिहीबार मध्यान्ह त्रियुगा नगरपालिका २ संगमटोलकी २९ वर्षीया सुमा राई मामाको खुकुरी प्रहारबाट गम्भीर घाईते भएकी हुन् ।  




स्थानीय रविन्द्र पौडेलको घरको आँगनमा मामा नाताका ४३ वर्षीय विनोद राईले धारिलो हतियार खुकुरी प्रहार गर्दा सुमाघाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार करिब ११:५० बजेतिर भएको सामान्य बिबादले चर्को रुप लिएपछि खुकुरी प्रहारसम्म पुगेको घट्नाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।  

स्थानीयको खबरलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्का कमाण्डको १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । टोली पुग्दा सुमाको अवस्था गम्भी भईसकेकाले तत्काल उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइएको प्रहरीले जनाएको छ ।  

खुकुरीले टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेकी सुमाको अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । गाईघाटमा उपचार संभव नभएकाले थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रिफर गरिएको अस्पताल प्रमुख डा. मुकेश झाले बताए ।  

खुकुरी प्रहारकर्ता बिनोदलाई घट्नास्थलबाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी थापाले बताएका छन् । 
अर्को समाचार
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उदयपुर। उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।




शनिबार साँझ सुराकीका आधारमा उनीहरुलाई नियत्तणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

त्रियुगा नगरपालिका ३ मोतिगडास्थित लिलबहादुर शाहीको घरबाट उनीहरुलाई ३ बुक तास र झण्डै ५४ हजार नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ मोतिगडाका घरधनी ५२ वर्षीय लिलबहादुर शाही, सोही ठाउँका ५४ वर्षीय भुपेन्द्र दाहाल, ५३ वर्षकै छविला विक, ४३ वर्षीय मनोज चौधरी, ४४ वर्र्षीय भुपेन्द्र कार्की, ५६ वर्षीय शोक मल्ल ठकुरी छन्।

त्यसैगरि त्रिनपा ४ का ५४ वर्षीय ईन्द्रबहादुर मगर, त्रिनपा १२ का ४० वर्षीय खेमराज दाहाल, सोही वडाका ३७ वर्षीय कुमार थापा, त्रिनपा ११ का ५४ वर्षीय प्रेम केसीलाई पनि नियन्त्रणमा लिइएको छ। उनीहरुको साथबाट ६ बुक तास र ५३ हजार ९ सय ९० रुपैँया नगदसमेत बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गणेश बमले बताए।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका उनीहरुलाई जुवा ऐन अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ। आईतबार सार्वजनिक बिदा परेकाले सोमबार जिल्ला अदालतबाट म्याद थपेर थप कानुनी कारबाही प्रक्रिया अघि बढाइने डिएसपी बमले बताए। 
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
यो पनि पढौँ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस