गुगलको तरंग
०४ भदौ २०७२
•
९ मिनेट पाठ
गुगलको तरंग
अगस्ट १० सोमबार प्रविधिको दुनियाँमा ठूलै तरंग छायो। प्रविधिमा चासो राख्नेहरूका लागि यो तरंग ठूलै भूकम्पभन्दा कम थिएन। नेपालमा कुनै बेला भूकम्प जान सक्ने आँकलन विज्ञहरूले गरेझैं यसमा पनि विज्ञहरूले आँकलन नगरेका होइनन्।




विश्वकै ठूलो टेक कम्पनी गुगलले पुनःसंरचना गर्न लागेको बताउँदै ४३ वर्षीय भारतीय नागरिक सुन्दर पिचाइ गुगलतर्फको प्रमुख कार्यकारी अधिकृत घोषित भएपछि प्रविधिको विश्व दुनियाँ तरंगित बनेको थियो।

गुगलले यसै साता अनुसन्धान तथा निर्माण डिभिजनलाई व्यापारसँग छुटाएर अर्को मुख्य कम्पनी खोल्ने निर्णय अघि सार्दै पिचाइलाई प्रमुख कार्यकारी भई सर्च, वेभ एडभर्टाइजिङ, जिमेल, युट्युब, क्रोम र एन्ड्रोइड हेर्ने जिम्मा दिएको हो। गुगलबाट छुटिएर 'अल्फाबेट' को नाममा अर्को मुख्य कम्पनी हुन्छ। र, निवर्तमान गुगलका प्रमुख कार्यकारी अल्फाबेटको कार्यकारी अध्यक्ष हुनेछन्।

पिचाइको नियुक्ति अप्रत्यासित नभए पनि गुगलको पुनःसंचनासँगै यो घोषणा हुनुले भने धेरैलाई आश्चर्यमा पारिदिएको छ। भारतको तामिलनाडु राज्यको सामान्य परिवारमा हुर्किएका पिचाइले छोटो समयमा नै ठूलो प्रगति गरेको विश्लेषण उनलाई नजिकबाट नियाल्नेहरूको छ।

इलेक्ट्रिकल इन्जिनियर बाबुका छोरा पिचाइ मृदुभाषी व्यक्तिका रूपमा चिनिन्छन्। उनी गुगलमा सबैका प्रिय मानिन्छन्। उनी स्कुलका दिनदेखि नै निकै मेहनती छात्रका रूपमा चिनिन्थे। सानै छँदादेखि नै उचाइमा पुग्नुपर्छ भन्ने जुनुन रहेका उनलाई बाल्यकालदेखि चिन्नेहरू दाबी गर्छन्। दुई कोठाको अपार्टमेन्टमा हुर्किएका पिचाइको घरमा टेलिभिजनसम्म थिएन। जेनेरल इलेक्ट्रिक कम्पनीमा कार्यरत बाबु रेेघुनाथ पेचाइकै कारण उनमा टेक्नोलोजीप्रति लगाव बढेको हो। 'उसलाई सानो उमेरमा पनि मेरो काम र मैले काममा भोग्नुपर्ने समस्याप्रति रुचि थियो,' उनी भन्छन् 'उसमा भएको अर्को अद्भुत क्षमता भनेको ऊ कुनै पनि नम्बर तुरुन्तै सम्झन सक्छ।' बाबुका अनुसार पिचाइले एकपटक डायल गरेको फोन नम्बर कहिल्यै बिर्सिंदैनन्। उनको यो क्षमता घरमा फोन जडान भएपछि पत्ता लागेको थियो। यो क्षमता उनलाई अहिले निकै काम लागेको छ। किनकि कुनै पनि डाटा हेर्नेबित्तिकै कण्ठस्त भइहाल्छ। जसले गर्दा उनीभन्दा तल्लो पोस्टमा काम गर्नेलाई कहिलेकाहीँ निकै अफ्ठ्यारो पनि पर्ने गरेको छ।

ब्लुमबर्ग म्यागजिनका अनुसार स्कुलमा पढ्दा उनी क्रिकेट टिमको क्याप्टेन थिए। उनको मावलीतर्फकी हजुरआमा भन्छिन्, 'राजेश (घरमा बोलाउने नाम) क्रिकेट खेल्न खुब मन पराउँथ्यो। तर, पढाइमा पनि उत्तिकै ध्यान दिन्थ्यो।' पिचाइका बाबुआमा दुवै अमेरिकामै रहेकाले यति बेला चेन्नईस्थित उनको मामाघरमा मिडियाको ताँती लागेको छ। जसले गर्दा पनि उनीहरू एक–दुई वाक्य भन्दा बढी कसैसँग पनि बोल्दैनन्।

आइआइटी खरागपुरबाट इन्जिनियरिङको डिग्री हासिल गरेपछि पिचाइ थप अध्ययनका लागि अमेरिका प्रवेश गरेका थिए। उनले अमेरिकामा पनि त्यहाँको सबैभन्दा राम्रोमा गनिने स्ट्यानफोर्ड विश्वविद्यालयबाट छात्रवृत्ति प्राप्त गरे। तत्पश्चात् उनले पेन्सलभेनिया विश्वविद्यालयबाट एमबिए गरेका थिए। अमेरिका प्रवेशको सुरुवाती दिन उनका लागि निकै कठिन थियो। बाबुले उनको लागि अमेरिकाको टिकट किन्न ठूलै कसरत गर्नुपरेको थियो।

उनलाई स्ट्यानफोर्डमै पिएचडी गर्ने अवसर दिइए पनि उनले त्यसलाई अस्वीकार गर्दै त्यहाँबाट बाहिरिएका थिए। उनले सन् २००२ मा एमबिए सकिएपश्चात् केही समय म्याकिन्से नामक कम्पनीमा कन्सल्ट्यान्टका रूपमा काम गरे। र, २००४ मा गुगलमा प्रवेश गरे।

गुगल प्रवेश गरेसँगै उनले गुगलले आफ्नै ब्राउजर बनाउनुपर्ने बताएका थिए। उनको यो प्रस्तावको सुरुमा गुगलभित्रै विरोध गरिएको थियो। विशेषगरी तत्कालीन कार्यकारी प्रमुख एरिक स्मिड्ट यसको विपक्षमा थिए। तर, पिचाइले गुगलका संस्थापकहरूलाई नै आफ्नो योजनामा सहमत गराउन सफल भए। अन्ततः गुगलले २००८ मा आफ्नै ब्राउजर सार्वजनिक गर्योन। गुगल विश्वभर कम्प्युटर र मोबाइलमा सर्वाधिक प्रयोग गरिने ब्राउजर हो। जसले बजारको २५ प्रतिशत हिस्सा ओगटेको छ।

यस्तै गुगलको अपरेटिङ सिस्टमको विकासमा पनि उनले नेतृत्व गरेका थिए। जसले डाटालाई ल्यापटमा नभई क्लाउडमा स्टोर गर्छ। यो सिस्टम गुगलको क्रोमबुम (ल्यापटप) प्रयोग भएको छ। विज्ञहरूले गुगल क्रोमबुकका बिक्री पनि २०१५ मा २७ प्रतिशतले बढ्ने आँकलन गरेका छन्। यो खासगरी शैक्षिक क्षेत्रमा निकै प्रख्यात छ।

गुगलको जिमेल, गुगल ड्राइभ र गुगल म्यापको विकासमा नेतृत्व गरेसँगै उनलाई २०१३ मा मोबाइलको अपरेटिङ सिस्टम एन्ड्रोइड हेर्ने जिम्मा दिइएको थियो। एन्ड्रोइड सिस्टमको विकास गरेका एन्डी रुबिनलाई विस्थापित गर्दै उनले एन्ड्रोइड सिस्टमको नेतृत्व गर्दै त्यसलाई छुट्टै उचाइमा पुर्याबएका छन्। सुरुमा मोबाइल अपरेटिङ सिस्टमका रूपमा विकास गरिएको एन्ड्रोइड हाल स्मार्ट घडी, टिभी र गाडीमा पनि प्रयोग गर्न सकिने भएको छ।

पिचाइले गुगलको विकासमा पुर्याभएको योगदान र त्यसलाई दिलाएको सफलताका कारण नै उनलाई प्रमुखको पद दिइएको हो। उनको यो नियुक्ति टेक्नोलोजीको बजारमा भारतीयहरूको वर्चस्व बढ्दै गएकोतर्फ संकेत पनि हो । गत वर्षमात्रै भारतकै सत्या नाडेला माइक्रोसफ्टको प्रमुख कार्यकारी नियुक्त गरिएका थिए।

उनले भारतदेखिकै आफ्नी प्रेमिका अञ्जली पिचाइसँग विवाह गरे। उनीहरूका एक छोरा र एक छोरी छन्। पिचाइका केही रमाइला तथ्य छन्। जब उनी केही गहन सोचमा हुन्छन् उनी हिँड्छन्। सहकर्मीका अनुसार उनी कहिलेकाहीँ मिटिङको बीचमा नै उठेर हिँड्छन् र समस्याको समाधान पत्ता लागेपछि मात्र फर्कन्छन्। त्यस्तै, उनको स्मरणशक्ति असाधारण छ।

सन् २०११ मा उनलाई ट्वीटरले कामको प्रस्ताव राखेको थियो। तर, उनले गुगललाई नै रोजे। यस्तै सन् २०१४ मा पनि माइक्रोसफ्टले उनलाई सिइओको पद अफर गरेको थियो। गुगलले उनलाई सिलिकन भ्याली नछोड्न वर्षको पाँच करोड दिने निर्णय गरेको थियो।

(एजेन्सीको सहयोगमा)
अर्को समाचार
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
०८ मंसिर २०८३
•
१ मिनेट पाठ
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ कम्पनीमा फर्किएपछि कर्मचारीले भव्य स्वागत गरेका छन्। 




सोमबार क्यालिफोर्नियाको सान्ता क्लारास्थित कम्पनीको मुख्यालयमा कर्मचारीले ताली बजाउँदै उनको स्वागत गरेका हुन्।

स्वागतका क्रममा कर्मचारीले ‘हामी तपाईंलाई माया गर्छौं, जेन्सेन!’ भन्दै नारा लगाएका थिए। एक महिला कर्मचारी दौडिएर आएर उनलाई अँगालो हालेकी थिइन्। उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

कर्मचारीलाई धन्यवाद दिँदै हुआङले भने, ‘दोस्रो मौका दिनुभएकोमा सबैलाई धन्यवाद। यसपटक म अझ राम्रो सीईओ बन्नेछु।’

उनले आफ्नो पहिलो कार्यदिन भएको भन्दै कम्प्युटरसमेत नभएको ठट्टा गरेका थिए। यसअघि सार्वजनिक अर्को भिडियोमा उनले आफूबाट गम्भीर गल्ती भएको स्वीकार गर्दै कर्मचारीसँग माफी मागेका थिए।

हुआङको पुनरागमनले सबै कर्मचारी भने खुसी छैनन्। केही कर्मचारीले उनको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। एक इन्जिनियरले उनको पुनरागमनलाई कम्पनीका लागि सबैभन्दा खराब परिणाम भएको टिप्पणी गरेका थिए।

हुआङको पुनर्नियुक्तिसँगै एनभिडियाको सेयर मूल्यमा पनि वृद्धि भएको छ। स्पेसएक्सका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल एक्समा ‘गल्ती सच्याइएको छ’ भन्दै उनको पुनरागमनको प्रशंसा गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस