तीन अर्ब रुपैयाँको आउटसोर्सिङ
१५ असोज २०७०
•
७ मिनेट पाठ
तीन अर्ब रुपैयाँको आउटसोर्सिङ
काठमाडौं — नेपाली सफ्टवेयर कम्पनीको दायरा फराकिलो बन्दै गएपछि पछिल्लोपटक नेपालबाट आउटसोर्सिङको काम पनि बढ्दै गएको छ। प्रविधिको फराकिलो दायरामा अनेकथरी सुविधा हुन थालेपछि मोबाइल एपदेखि वेबसाइट डिजाइनसम्मका विदेशी काम नेपालमै बसेर गर्ने क्रम बढेको हो।डेभलपर तथा सूचना प्रविधि व्यवसायीका अनुसार नेपालमा वार्षिक ३ अर्ब रुपैयाँ बराबरको आउटसोर्सिङ कारोबार हुन्छ । नेपाली बजारमा बढ्दो सफ्टवेयर प्रयोगले सजिलो मात्र नबनाई कारोबार पनि बढाएको हो । नेपालको सूचना प्रविधि क्षेत्रमा सफ्टवेयरको सबैभन्दा राम्रो बजार र सम्भावना भएको पनि सफ्टवेयर डेभलपर तथा कम्पनीहरु बताउँछन् । मोबाइल एप्लिकेसनदेखि स्वास्थ्य, शिक्षा, वित्तीय एवं विभिन्न व्यापारिक र सरकारी प्रयोजनका सफ्टवेयर निर्माण, वेबपेज डिजाइनको काममा नेपाली सफ्टवेयर कम्पनीले सेवा दिन थालेपछि यसको बजार बढ्दै गएको छ ।

पछिल्लोपटक नेपाली सफ्टवेयर कम्पनीको बजार ह्वात्तै बढेको कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष विनोद ढकाल बताउँछन् । नेपाली कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति जनाउँदै गएपछि आउटसोर्सिङको काम झनै बढेको उनले बताए । नेपाली कम्पनीले विश्वव्यापी प्रयोगका एप्लिकेसन र सफ्टवेयर निर्माण गर्ने क्रमसँगै यहाँबाट आउटसोर्सिङको काम बढेको उनले बताए ।

'नेपाली सफ्टवेयर र डेभलपरको कामप्रतिको विश्वास अन्तर्राष्ट्रियस्तरमा बढ्दै गएको छ,' ढकालले भने । विदेशमा रहेका कम्पनीका लागि नेपालमा नै बसेर काम गर्ने क्रम बढ्दा यस्ता कम्पनीको संख्या पनि बढेको उनले बताए । नेपालबाट एक करोड रुपैयाँसम्मका ठूला, कर्पाेरेट र सुरक्षित मानिने सफ्टवेयरको कामसमेत हुने गरेको उनले जानकारी दिए । यस्ता कम्पनीले वार्षिक रुपमा ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्छन् ।

सफ्टवेयरको मागसँगै डेभलपरलाई रोजगारी र नयाँनयाँ कम्पनी खुल्ने क्रम बढिरहेको छ । ढकालका अनुसार अहिले नेपालमा ८ सयभन्दा बढी सफ्टवेयर कम्पनी छन् । यसमा १ सयभन्दा बढी आउटसोर्सिङ कम्पनी छन् । एउटा कम्पनीमा ५ देखि १० जना डेभलपरले काम गरिरहेको उनले बताए ।

सरकारी कार्यालय, निजी प्रयोग, व्यापारिक प्रयोजन तथा अन्तर्राष्ट्रिय बजारमा पहँुच बढ्दै गएपछि नेपालमा उत्पादित सफ्टवेयरको प्रयोग बढ्दै गएको हो । आउटसोर्सिङमा काम मात्र होइन स्थानीय बजारमा पनि नेपाली सफ्टवेयरको प्रयोग बाक्लिएको छ ।

नेपाली सफ्टवेयर कम्पनीले पनि अन्तर्राष्ट्रिय कम्पनीसँग 'टाइ अप' गरेर काम गर्न थालेपछि आउटसोर्सिङ बढेको उडान सफ्टवेयरका चिफ टेक्निकल अफिसर विमलकुमार क्षेत्रीले बताए । 'पहिला आउटसोर्सिङको काम भारतबाट मात्र हुन्थ्यो, नेपाली कम्पनीलाई पनि विदेशीले विश्वास गर्न थालेपछि यता पनि काम बढ्यो,' उनले भने । अस्ट्रेलिया, युकेलगायतका देशमा वेब एप्स निर्माण गरेका उनले यो क्षेत्रमा युवापुस्तालाई राम्रो करिअरको अवसर भएको बताए ।

नेपाली कम्पनीले निर्माण गरेको बैकिङ सफ्टवेयर पुमोरी, ई–सेवा, रेडिएन्ट, फिन्सिस, माइन्डमिल लगायत अन्तर्राष्ट्रिय बजारसम्म पुगेको छ । नेपालीले गर्न सक्ने विश्वासकै कारण विदेशी कम्पनीले नेपालमा काम दिएको बारकोड नेपालका सिस्टम एनालिस्ट विशालमान सिंह बताउँछन् । सफ्टवेयरको काम पछिल्लो समय बढिरहेको बताउँदै प्रयोगकर्ता र उपभोक्ता दुवै यसबाट लाभान्वित भएकाले यसको लोकप्रियता पनि बढ्दै गएको उनले प्रस्ट्याए ।

नेपालमा मर्केन्टाइल, पिसिएस, उडान, मिदास, एफवान सफ्ट, सिरान टेक्नोलोजी, ब्रेनडिजिट, गोल्छा अर्गनाइजेसन अन्तर्गतको आइटी नेपालले बढी मात्रामा सफ्टवेयर निर्माण गर्छन् । रेस्टुरेन्ट, अस्पताल, रिटेल पसल, म्यानपावर कम्पनी, स्कुल, कलेज, सहकारी, बैंक, होटल, एचआरलगायत सबै क्षेत्रमा अहिले सफ्टवेयर निर्माण भइरहेको छ।

विश्वव्यापी बोलपत्र, कम्पनीको पब्लिक रिलेसनको आधारमा नेपाली कम्पनीले आउटसोर्सिङको काम लिने सिरान टेक्नोलोजीका अध्यक्ष विश्वास ढकाल बताउँछन्।

भारतमा भन्दा नेपालमा सस्तो पारिश्रमिक भएकाले पनि नेपालबाट आउटसोर्सिङको काम बढेको ढकाल बताउँछन् । भारतमा प्रतिघन्टा न्यूनतम १६ डलर पारिश्रमिकमा काम हुन्छ। 'त्यही काम नेपालमा १० डलरमा हुन्छ,' उनले भने। उनका अनुसार नेपालमा फ्रिल्यान्सरको रुपमा ४ हजारजनाले साना ठूला आउटसोर्सिङको काम गर्छन्। ग्राफिक्स, प्रोग्रामिङ, सफ्टवेयर निर्माण, नेटवर्क, सिस्टमलगायतका आउटसोर्सिङको काम नेपालबाट हुने गरेको छ । तर, नेपालमा आउटसोर्सिङको व्यवस्थित कारोबार, नियमन र दर्ता नहुँदा व्यवसायी र सरकार दुवैलाई घाटा भएको व्यवसायी बताउँछन्।
अर्को समाचार
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
०८ मंसिर २०८३
•
१ मिनेट पाठ
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ कम्पनीमा फर्किएपछि कर्मचारीले भव्य स्वागत गरेका छन्। 

सोमबार क्यालिफोर्नियाको सान्ता क्लारास्थित कम्पनीको मुख्यालयमा कर्मचारीले ताली बजाउँदै उनको स्वागत गरेका हुन्।

स्वागतका क्रममा कर्मचारीले ‘हामी तपाईंलाई माया गर्छौं, जेन्सेन!’ भन्दै नारा लगाएका थिए। एक महिला कर्मचारी दौडिएर आएर उनलाई अँगालो हालेकी थिइन्। उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

कर्मचारीलाई धन्यवाद दिँदै हुआङले भने, ‘दोस्रो मौका दिनुभएकोमा सबैलाई धन्यवाद। यसपटक म अझ राम्रो सीईओ बन्नेछु।’

उनले आफ्नो पहिलो कार्यदिन भएको भन्दै कम्प्युटरसमेत नभएको ठट्टा गरेका थिए। यसअघि सार्वजनिक अर्को भिडियोमा उनले आफूबाट गम्भीर गल्ती भएको स्वीकार गर्दै कर्मचारीसँग माफी मागेका थिए।

हुआङको पुनरागमनले सबै कर्मचारी भने खुसी छैनन्। केही कर्मचारीले उनको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। एक इन्जिनियरले उनको पुनरागमनलाई कम्पनीका लागि सबैभन्दा खराब परिणाम भएको टिप्पणी गरेका थिए।

हुआङको पुनर्नियुक्तिसँगै एनभिडियाको सेयर मूल्यमा पनि वृद्धि भएको छ। स्पेसएक्सका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल एक्समा ‘गल्ती सच्याइएको छ’ भन्दै उनको पुनरागमनको प्रशंसा गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस