नयाँ-नयाँ प्रविधि ताक्दै टेलिफोन सेवा प्रदायक
२५ माघ २०६९
•
७ मिनेट पाठ
नयाँ-नयाँ प्रविधि ताक्दै टेलिफोन सेवा प्रदायक
विष्णु पोखरेल- करिब ६५ वर्षअघि जुद्ध आकाशवाणी स्थापना भएपछि सुरु भएको नेपालको दूरसञ्चार सेवाले अहिलेसम्म आउदा निकै फड्को मारिसकेको छ। दूरसञ्चारको इतिहास केलाउँदा विसं १९७० सालतिरै सुरु भएको बताइए पनि २००५ सालमा जुद्ध आकाशवाणी स्थापनालाई आधार मानिन्छ।

त्यसबेलाको सबैभन्दा द्रुत सेवा भनेकै आकशवाणी थियो। नेपालबाट आकाशवाणीको औपचारिकरुपमा अस्तित्व समाप्त भएको पनि आधा दशक भइसक्यो। यसबीचमा विश्वभर सूचना प्रविधिको विकासमा धेरै प्रगति भइसकेको छ। आकाशवाणीबाट सुरु भएको नेपालको दूरसञ्चार सेवा ल्यान्डलाइन(पिएसटिएन) फोन सेवा, मोबाइल, इन्टरनेट हुँदै अहिले आवाज, डाटा र भिडियोजस्ता कुरा एकैपटक पठाउन मिल्ने अत्याधुनिक सेवा उन्मुख हँुदै गइरहेको छ।
यो सेवामा पहिले सरकारी क्षेत्रको नेपाल दूरसञ्चार संस्थान मात्र रहेकोमा अहिले टेलिफोन सेवा दिने संस्थाको संख्या नै आधा दर्जन पुगिसकेको छ। तत्कालीन दूरसञ्चार संस्थानसमेत पब्लिक कम्पनीमा परिणत भइसकेको छ। टेलिकम क्षेत्रको विकासक्रममा अब यस्ता सेवा प्रदायक विस्तारै आवाजको खेतीबाट डाटाको खेतीतर्फ लाग्न थालेका छन्।
नयाँ-नयाँ सुविधा नभिœयाए अस्तित्वसमेत संकटमा पर्ने भएपछि नेपाली टेलिकम कम्पनीहरु पनि विश्वमा भइरहेको सूचना प्रविधिको विकासलाई पछ्याउँदै पछ्याउँदै छन्। प्रविधिमा लगानी गर्दैछन् अनि उपभोक्तालाई नयाँ-नयाँ प्रविधिमा अभ्यस्त बनाउँदै छन्।
प्रविधि पछ्याउने क्रममा नेपाली टेलिकम कम्पनीहरु अब डाटा सेवामा केन्द्रित हुन थालेका छन्। 'अब भ्वाइस र डाटासँगै लाने सेवा नै हाम्रो प्राथमिकतामा पर्छन्,' नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराई भन्छन्, 'यसरी जानुपर्ने बाध्यता भइसकेको छ।' यसका साथै टेलिकमले विभिन्नखाले भ्यालु एडेड सर्भिसलाई थप गर्ने योजना पनि बनाएको छ।
पछिल्लो पुस्ताको मानिने वाइम्याक्स इन्टरनेट सेवा भर्खरै सुरु गरेको टेलिकमले ९ करोड लाइन विस्तारसहित बनाएको योजनामा भने फोरजी सेवा सञ्चालनलाई पनि समेटेको छ। पछिल्लो पुस्ताका थि्रजी, वाइम्याक्स र इभिडियोलागयत सेवा सुरु गरिरहेको कम्पनीले सुपथ मूल्यमा नयाँ सेवाहरु सञ्चालनको कसरत गरेको हो। टेलिकमले इन्टरनेटकै माध्यमबाट टेलिभिजन प्रसारण गर्ने कसरत पनि गरिसरहेको छ। 'ग्राहकको चाहनालाई मध्यनजर गरेर सबैखाले सेवा विस्तारमा टेलिकम लाग्नेछ,' उनले भने।
निजी क्षेत्रको एनसेलले पनि डाटालाई लक्षित गर्दै सेवा विस्तारको योजना बनाएको छ। अहिले थि्रजीमार्फत सेवा विस्तार गरिरहेको एनसेलले नेपाल दुरसञ्चार प्राधिकरणमा पछिल्लो पुस्ताको लङ ट्रम इभोलुसन(एलटिई)का लागि लाइसेन्स मागिसकेको छ। सरकारले जारी गरेको फि्रक्वेन्सी नीतिमा एलटिईका लागि बोलपत्र आह्वान गरी प्रतिस्पर्धामा दिन सकिने व्यवस्था गरिएको छ। त्यसकै आधारमा यसको फ्रिक्वेन्सी दिने नदिने निर्णय गर्ने प्राधिकरणका निमित्त अध्यक्ष आनन्दराज खनालले बताए।
'अबको प्रविधि भनेको डाटामा आधारित त्यो पनि हाई स्पिडको हो,' उनले भने, 'नेपाली अपरेटरहरुले पनि यसैलाई पछ्याउँदै छन्।' फ्रिक्वेन्सी नीतिमा एलटिईको लाइसेन्स अहिले सञ्चालनमा रहेका ६ वटा टेलिकम सञ्चालकबाहेकलाई पनि दिन सकिने व्यवस्था छ। यसले गर्दा नयाँ पनि आउने सम्भावना रहेको छ।
कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)का तृतृय उपाध्यक्ष विश्वराम बलामी प्रविधिलाई स्वीकार गरेर त्यसका आधारमा दौडन नसके कम्पनीहरु आफैं टिक्न नसक्ने बताउँछन्। 'आफू टिक्नै भए पनि कम्पनीहरुले नयाँ प्रविधि भिœयाउनै पर्छ,' उनले भने, 'यसैलाई मध्यनजर गरेर नेपाली टेलिकम कम्पनीले पनि नयाँ प्रविधि भिœयाउने गरेका हुन्।'
उनले अझै पनि नेपाली कम्पनीहरुले विश्वस्तरमा विकास भएका नयाँ प्रविधिहरु चाँडै ल्याउन नसकेको बताए। 'मूल्य, गुणस्तर र नयाँ सेवामा प्रतिस्पर्धा भएको देखिँदैन,' उनले भने, 'यसतर्फ कम्पनीहरु जानुपर्छ।' उनी विश्व बजारबाट फेजआउट हुने बेलामा नेपालमा प्रविधि भिœयाउनु नहुने सुझाव दिन्छन्। 'वाइम्याक्स तीन-चार वर्षअघि नै आउनुपर्थ्यो,' उनले भने, 'अझै सर्वसुलभ हुन नसक्नु दुःखदायी हो।' उनले विश्वस्तरमा अघि बढिरहेका प्रविधिलाई तत्काल भिœयाउन कम्पनीहरु तत्पर हुनुपर्ने र नियामक निकाय पनि उदार बन्नुपर्ने उनले बताए। अहिले विश्व बजारमा भ्वाइस, डाटा र भिडियोसहितको 'टि्रपल प्ले' सेवा सुरु भइसकेको उनले बताए। यस्ताखाले सेवा विस्तारमा सरकारले पहल गर्नुपर्ने उनले बताए।
अर्को समाचार
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
०८ मंसिर २०८३
•
१ मिनेट पाठ
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ कम्पनीमा फर्किएपछि कर्मचारीले भव्य स्वागत गरेका छन्। 

सोमबार क्यालिफोर्नियाको सान्ता क्लारास्थित कम्पनीको मुख्यालयमा कर्मचारीले ताली बजाउँदै उनको स्वागत गरेका हुन्।

स्वागतका क्रममा कर्मचारीले ‘हामी तपाईंलाई माया गर्छौं, जेन्सेन!’ भन्दै नारा लगाएका थिए। एक महिला कर्मचारी दौडिएर आएर उनलाई अँगालो हालेकी थिइन्। उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

कर्मचारीलाई धन्यवाद दिँदै हुआङले भने, ‘दोस्रो मौका दिनुभएकोमा सबैलाई धन्यवाद। यसपटक म अझ राम्रो सीईओ बन्नेछु।’

उनले आफ्नो पहिलो कार्यदिन भएको भन्दै कम्प्युटरसमेत नभएको ठट्टा गरेका थिए। यसअघि सार्वजनिक अर्को भिडियोमा उनले आफूबाट गम्भीर गल्ती भएको स्वीकार गर्दै कर्मचारीसँग माफी मागेका थिए।

हुआङको पुनरागमनले सबै कर्मचारी भने खुसी छैनन्। केही कर्मचारीले उनको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। एक इन्जिनियरले उनको पुनरागमनलाई कम्पनीका लागि सबैभन्दा खराब परिणाम भएको टिप्पणी गरेका थिए।

हुआङको पुनर्नियुक्तिसँगै एनभिडियाको सेयर मूल्यमा पनि वृद्धि भएको छ। स्पेसएक्सका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल एक्समा ‘गल्ती सच्याइएको छ’ भन्दै उनको पुनरागमनको प्रशंसा गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस