‘त्यो आन्दोलन कुनै राजनीतिक दलका र व्यवस्थाका विरूद्व होइन, नेपाली जनताका विरूद्व हो,’ महासचिव पोखरेलले भने। त्यो कुरा जनतालाई बुझाउनु पर्ने उनले बताए।
बैठकले चैत्र ४ गते गठन गरिएको संयुक्त जनआन्दोलन समितिमा उपस्थित नेवार समुदाय, आदिवासी जनजाति तथा तराइ मधेसबाट केही व्यक्तिहरूलाई थप गर्ने निर्णय गरेको छ ।
सोमबार रत्नपार्क एक दुर्लभ दृश्यको साक्षी बन्यो। पछिल्लो समय विभिन्न बहानामा मिल्न नसकेका पूर्वपञ्च–राजावादी शक्ति तथा पात्रहरू लगभग एउटै मञ्चमा देखिए।
राजावादी समूहले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको छ। त्यसभन्दा अगाडि प्रहरीले पाँच राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।
राजावादीको प्रदर्शनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गरेका छन्। तीनकुनेमा जारी आन्दोलनमा आन्दोलनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।