मेसीका लागि अर्को ऐतिहासिक उपलब्धिको अवसर
२३ असार २०८३
•
४ मिनेट पाठ
मेसीका लागि अर्को ऐतिहासिक उपलब्धिको अवसर
अर्जेन्टिनाले फिफा विश्वकपको अन्तिम १६ मा मंगलबार अफ्रिकन राष्ट्र इजिप्टसँगको प्रतिस्पर्धा गर्दा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीका लागि अर्को ऐतिहासिक उपलब्धिको अवसर पनि हुनेछ।




तीनपल्टको विश्व च्याम्पियन अर्जेन्टिना र उत्तरपूर्वी अफ्रिकी राष्ट्र इजिप्ट जारी विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यसहित मंगलबार राति अमेरिकाको एटलान्टामा आमनेसामने हुँदै छन्। दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। इजिप्ट भने इतिहास रच्दै पहिलोपल्ट विश्वकपको क्वार्टरफाइनल पुग्ने सपना बोकेर मैदान उत्रिनेछ। अर्जेन्टिनाका कप्तान लियोनेल मेसी पनि अर्को ऐतिहासिक उपलब्धिको संघारमा छन्। यो विश्वकप जितेमा उनी लगातार दुईवटा विश्वकप जित्ने कप्तान बन्नेछन्। अर्जेन्टिनाले अन्तिम–३२ चरणमा केप भर्डेलाई ३–२ ले हराउँदै अन्तिम–१६ को यात्रा तय गरेको हो।  

दुई पटक अग्रता गुमाए पनि अन्तिम समयमा क्रिस्टियन रोमेरोको हेडर विपक्षी खेलाडी डिनेय बोर्जेसबाट डिफ्लेक्ट हुँदै गोलमा परिणत हुँदा अर्जेन्टिना रोमाञ्चक जित हात पार्न सफल भएको थियो। त्यो गोलसँगै जारी विश्वकपमा मेसीको गोलसंख्या सात पुगिसकेको छ। उनीसँगै फ्रान्सका किलियन एमबाप्पे र नर्वेका इर्लिङ हालान्डको पनि सात गोल छ। इङ्ल्यान्डका ह्यारी केन पनि ६ गोलसहित पछ्याउँदै गोल्डेन बुटको दाबेदारमा उभिएका छन्। मेसी दुई फरक विश्वकपमा कम्तीमा ७ गोल गर्ने इतिहासकै पहिलो खेलाडी बने पनि फ्रान्सका एमबाप्पेले पाराग्वेविरुद्ध निर्णायक पेनाल्टी गोल गर्दै उक्त उपलब्धि बराबरी गरे। इजिप्टविरुद्ध पनि गोल गरे मेसी सन् १९३० मा गिलेर्मो स्टाबिलेपछि एउटै विश्वकपमा आठ गोल गर्ने दोस्रो अर्जेन्टिनी खेलाडी बन्नेछन्।

तर, अर्जेन्टिनालाई खेलाडीहरूको शारीरिक अवस्थाले चिन्तित बनाएको छ। मियामीको अत्यधिक गर्मीमा अतिरिक्त समयसम्म खेलेपछि टोलीलाई पुनः तयारीका लागि निकै छोटो समय मात्र मिलेको छ। केप भर्डेविरुद्ध फाकुन्डो मेडिनालाई चोट भएको थियो। एन्जो फर्नान्डेज र निकोलस गोन्जालेज पनि चोटका बावजुद अन्तिमसम्म मैदानमा टिक्न बाध्य भएका थिए। किनभने प्रशिक्षकसँग खेलाडी परिवर्तन बाँकी थिएन। मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले खेलपछि टोलीको संघर्षपूर्ण जितको प्रशंसा गर्दै अब कमजोरी सुधार्नुपर्ने बताएका छन्।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। इजिप्ट भने इतिहास रच्दै पहिलोपल्ट विश्वकपको क्वार्टरफाइनल पुग्ने सपना बोकेर मैदान उत्रिनेछ।
‘खेलको अन्तिम समयमा हामीसँग कुनै पनि परिवर्तन बाँकी थिएन। केही खेलाडीलाई क्य्राम्पले सताइरहेको थियो। त्यस्तो अवस्थामा घेराबन्दीमा परेको बिरालोझै ज्यान दिएर रक्षा गर्नुपर्‍यो। जब राम्रो खेलिरहनुभएको हुँदैन त्यति बेला रक्षा गर्न जान्नुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा अर्को चरणमा पुगेका छौं। अब गल्तीहरू सुधार्नेछौं,’ उनले भने।  अर्जेन्टिनाको आक्रमण भने निरन्तर प्रभावशाली देखिएको छ। टोलीले विश्वकपका पछिल्ला १० खेलमा लगातार कम्तीमा दुई गोल गरेको छ। इजिप्टविरुद्ध पनि दुई वा सोभन्दा बढी गोल गर्न सफल भए अर्जेन्टिना विश्वकप इतिहासमा लगातार ११ खेलमा दुई वा बढी गोल गर्ने दोस्रो राष्ट्र बन्नेछ। यसअघि उरुग्वेले सन् १९३० देखि १९५४ सम्म यस्तो उपलब्धि पाएको थियो।

इजिप्ट पनि उत्कृष्ट आत्मविश्वासका साथ मैदानमा उत्रँदै छ। अन्तिम–३२ चरणमा उसले अस्ट्रेलियासँग निर्धारित र अतिरिक्त समय १–१ को बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै अन्तिम–१६ मा स्थान बनाएको थियो। यससँगै इजिप्टले आफ्नो अपराजित यात्रा कायम राखेको छ। इजिप्ट अफ्रिकाबाट विश्वकपको क्वार्टरफाइनल पुग्ने पाँचौं राष्ट्र बन्ने लक्ष्यमा छ। यसअघि क्यामरुन, सेनेगल, घाना र मोरक्कोले मात्र यो सफलता पाएका छन्। अस्ट्रेलियाविरुद्धको खेलअघि स्टार फरवार्ड मोहम्मद सालाहको ह्यामस्ट्रिङ चोटबारे चिन्ता व्यक्त गरिएको थियो। तर उनले पूरा १२० मिनेट खेले र पेनाल्टी सुटआउटमा आकर्षक चिप प्रहारमार्फत गोल गर्दै टोलीलाई जित दिलाएका थिए। यस विश्वकपमा सालाहले १६ वटा गोलका अवसर सिर्जना गरिसकेका छन्।

अर्जेन्टिनालाई स्तब्ध पारे इजिप्टको क्वार्टरफाइनल भेट कोलम्बिया वा स्विट्जरल्यान्डमध्ये एकसँग हुनेछ। विश्वकप इतिहासमा अर्जेन्टिना र इजिप्ट पहिलोपटक आमनेसामने हुन लागेका हुन्। सन् २००८ मा कायरोमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले २–० को जित निकालेको थियो। इतिहास पनि अर्जेन्टिनाकै पक्षमा छ। विश्वकपमा अर्जेन्टिनाले अफ्रिकी टोलीविरुद्ध लगातार आठ खेल जितेको छ। यस संस्करणमै उसले अल्जेरिया र केप भर्डेलाई हराइसकेको छ। इजिप्टलाई पनि पराजित गर्दा एउटै विश्वकप संस्करणमा तीन अफ्रिकी राष्ट्रलाई हराउने पहिलो टोली बन्नेछ। एक विश्लेषणले पनि अर्जेन्टिनालाई स्पष्ट रूपमा बलियो दाबेदार मानेको छ।  

निर्धारित ९० मिनेटभित्रै जित निकाल्ने सम्भावना अर्जेन्टिनाकै बढी देखिएको छ। तर दुवै टोलीले अघिल्लो चरणमा अतिरिक्त ३० मिनेटसम्म खेल्नुपरेको, खेलहरूबिचको विश्राम समय छोटो रहेको र खेलाडीहरूको थकान तथा चोटको असर देखिन सक्ने भएकाले यो प्रतिस्पर्धाको नतिजा तय गर्न फिटनेस पनि उत्तिकै निर्णायक बन्न सक्छ। मेसी अर्को इतिहास रच्ने लक्ष्यमा हुँदा इजिप्ट भने अफ्रिकी फुटबलको अर्को स्वर्णिम अध्याय लेख्ने आशासहित मैदानमा उत्रनेछ।
अर्को समाचार
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
२ घण्टा अघि
•
१ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।




गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।

एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।

निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्‍यो।

खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफका जिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।

विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस