दाविड मालनले शतकीय पारी खेले पनि इङ्ल्यान्ड घरेलु टोली अस्ट्रेलियासँग तीन एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा ६ विकेटले पराजित भएको छ।
ओपनर फिल सल्ट १४ रन बनाउने क्रममा प्याट कमिन्सको बलमा स्टिभ स्मिथबाट क्याच भएपछि ब्याटिङमा आएका मालनले विस्फोटक इनिङ खेल्दै शतक पूरा गरेका हुन्। १ सय २८ बलको सामना गरेका मालनले १२ चौका र ४ छक्काको सहयोगमा व्यक्तिगत १ सय ३४ रन बनाउने क्रममा एडम जाम्पाको बलमा क्याच भएका थिए। यससँगै मालनले एकदिवसीय खेलमा दोस्रो शतकसमेत पूरा गरेका छन्। यसअघि उनले गत जुनमा नेदरल्यान्ड्सविरुद्ध शतक बनाएका थिए।
उनकै शतकीय पारीको सहयोगमा पाहुना टोलीले पूरै ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८७ रन जोड्न सफल भएको थियो। त्यसपछि २ सय ८८ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेटको क्षतिमा निर्धारित ५० ओभर सकिन १९ बलअगावै भेटाउन सक्यो। यससँगै अस्ट्रेलियाले तीन एकदिवसीय शृंखलामा इङ्ल्यान्डविरुद्ध १–० को अग्रता लिएको छ।
जबाफी ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनरले सुखद सुरुआत गर्दै इनिङ सम्हालेका थिए। सो क्रममा डेभिड वार्नरले ८६ रनको पारी खेल्दा अर्का ओपनर ट्राभेस हेडले ६९ रनको व्यक्तिगत स्कोर बनाएका थिए। ओपनर डेबिड वार्नरले ८४ बलमा ८६ रनको अर्धशतकीय इनिङ खेले। उनले १० चौका र १ छक्का प्रहार गरेका थिए। ट्रभिस हिडले ५७ बलमा ६९ रन बनाउँदा १० चौका र १ छक्का प्रहार गरे। स्टिभ स्मिथले ८० रनको रनको अर्धशतकीय इनिङ खेले। एलेक्स केरीले २१ रन बनाउँदा क्यामरोन ग्रिन २० रनमा अविजित रहे। पाहुना टोलीका लागि डेबिड बिल्लीले २ तथा लिम डावासन र क्रिस जोर्डनले समान १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो। पाहुना टोलीका लागि डाविड मलानले १ सय २८ बलमा १ सय ३४ रनको शतकीय इनिङ खेलेका थिए। उनले १२ चौका र ४ छक्का प्रहार गरेका थिए। डेबिड बिल्लीले अविजित ३४ रन जोड्दा कप्तान जस बट्लरले २९ रन बनाएका थिए। साम बिलिङ्गस १७ तथा क्रिस जोर्डन र फिलिप सल्टले समान १४/१४ रन बनाए। बलिङतर्फ घरेलु टोलीका लागि कप्तान प्याट कमिन्स र एडम जाम्पाले समान ३/३ तथा मार्कुस स्टोइनस र मिचेल स्टार्कले समान १/१ विकेट लिएका थिए। शृंखलाअन्तर्गत दोस्रो खेल शनिबार हुनेछ।