प्रधानमन्त्री कप क्रिकेट: एपिएफ फाइनलमा
२४ कार्तिक २०७९
•
१ मिनेट पाठ
प्रधानमन्त्री कप क्रिकेट: एपिएफ फाइनलमा
शसस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।




कीर्तिपुरस्थित  त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।  

मधेश प्रदेशले एपिएफलाई जितका लागि १२३ रनको लक्ष्य दिएको थियो। जवाफमा एपिएफले २१ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो। एपिएफका लागि लोकेश बमले सर्वाधिक ३५ रनको योगदान दिए भने प्रदीप ऐरीले ३३ तथा आशिफा शेखले २५ रनको योगदान दिए। त्यसैगरी सुमित मर्हजनले १३ रन जोड्दा सन्दिप जोरा छ रनमा अविजित रहे।  

बलिङतर्फ मधेश प्रदेशका रुपेश सिंहले तीन विकेट झारे भने राजेश यादवले एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो। मधेश प्रदेशका लागि रुपेश सिंहले अविजित रहदै सर्वाधिक ३६ रनको योगदान दिए। सन्तोष कार्कीले २०, इमरान शेखले १६, अनिल साहले १३, आदील आलमले ११  तथा राजेश यादवले १० रन बनाए।

एपिएफका कमल ऐरी एक्लैले चार विकेट लिए भने भुवन कार्की र मौसम ढकालले समान २÷२ विकेट झारे। भोलि हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल भने शनिबार हुनेछ।
अर्को समाचार
एपिएफ फाइनलमा
१६ पौष २०८०
•
३ मिनेट पाठ
एपिएफ फाइनलमा
इन्दु बर्माको अर्धशतकीय प्रेरणामा एपिएफले आइतबार कोसी प्रदेशमाथि सहज जितसहित प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।




पाँच पटकको विजेता विभागीय टोली एपिएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको यो आठौं पटक हो। इन्दुको नटआउट ५६ रनको इनिङसँगै किफायती बलिङका साथ एपिएफ कोसीविरुद्ध सहजै हाबी भयो।

आइतबार नै सुदूरपश्चिम प्रदेशले पनि इलिमिनेटरमा बाग्मती प्रदेशमाथि ९ विकेटको जित निकाल्दै दोस्रो क्वालिफायरमा कोसीसँगको भेट पक्का गर्‍यो। यी दुईबीच लिगचरणको खेलमा कोसीले जित निकालेको थियो। यस पटक पनि सोही लक्ष्यका साथ कोसीले सोमबार सुदूरपश्चिमविरुद्ध चुनौती प्रस्तुत गर्नेछ।

पहिलो क्वालिफायर र इलिमिनेटरका दुवै खेल आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भए,जहाँ एपिएफ र सुदूरपश्चिम प्रदेशले सफलता हात पारेका हुन्।
पहिलो खेलमा एपिएफले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको कोसीले २० ओभर ब्याटिङ गरे पनि चार विकेटको क्षतिमा ८७ रन मात्र जोड्यो। पहिलो ओभरमै ओपनर काजल श्रेष्ठलाई ४ रनमा गुमाएको कोसीले निकै सुस्त ब्याटिङ गर्‍यो।

कोसीकी कप्तान रुबिना क्षेत्रीले २६ बलमा २४ रन र अप्सरी बेगमले ४८ बलमा ३१ रन बनाए। लकिता राजवंशीले १४ रन जोडिन्। एपिएफका सोनु खड्का, रेखा रावल, सुमन विष्ट र कप्तान सीता रानामगरले समान एक विकेटसँगै कसिलो बलिङ गरे। तीन ओभर बलिङ गरेकी इन्दुले पनि सात रन मात्र खर्चदै अलराउन्ड प्रदर्शन गरिन्।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा मात्र दुई विकेटको क्षतिमा एक सय ३९ रन बनायो। एपिएफकी इन्दुले ५० बलमा तीन चौका र एक छक्का हिर्काइन्। कप्तान सीताले ४५ रन जोड्दा रोमा थापा १८ रनमा नटआउट रहिन्।

तेस्रो विकेटका लागि इन्दु र रोमाले अविजित ५८ रनको साझेदारी गरे। कोसीको बलिङमा रुबिनाले मात्र एक विकेट लिएपछि एपिएफले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्‍यो। लिगको शीर्ष दुईमा रहँदै एपिएफ र कोसीले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेका हुन्।
लिगमा पनि कोसीलाई हराएको एपिएफले यस पटक पनि सो लय जारी राख्यो। दोस्रो खेलमा बाग्मतीले दिएको एक सय रनको लक्ष्य सुदूरपश्चिमले १४.३ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्‍यो। बिन्दु रावलले ५४ रन र सम्झना खड्काले २१ रनको अविजित इनिङ खेल्दै सुदूरपश्चिमलाई जित दिलाए।

यो जोडीले दोस्रो विकेटका लागि ५७ रनको अविजित साझेदारी गर्‍यो। ४९ बल खेलेकी बिन्दुले सात चौका प्रहार गरिन्। रुबी पोदारले दुई चौकासहित १८ रन बनाइन्।

बाग्मतीको बलिङमा मनीषा उपाध्यायले मात्र विकेट लिइन्। उनले तीन ओभरमा एक विकेट लिँदा २० रन खर्चिइन्।

त्यसअघि टस जितेर ब्याटिङ गरेको बाग्मती १९ ओभरमा ९९ रनमा अलआउट भयो। खराब सुरुआत गरेको बाग्मतीका लागि कञ्चन श्रेष्ठको ३६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो।
उनले ४६ बलमा पाँच चौका हिर्काइन्। सोनी पाख्रिनले १४ तथा हेलिसा गुरुङ र खुसी डंगोलले समान १० रन बनाए।

सुदूरपश्चिमको बलिङमा करिस्मा थापाले तीन तथा लक्ष्मी साउद र कप्तान ऋतु कनोजियाले समान दुई विकेट लिए। बाँकी तीन विकेट बाग्मतीले रनआउटका रूपमा गुमायो। लिग चरणबाट सुदूरपश्चिम तेस्रो र बाग्मती चौथो स्थानमा रहेर इलिमिनेटर खेलेका हुन्। 
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस