भुवन कार्कीको अलराउन्ड प्रदर्शनमा एपिएफले साबिक विजेता नेपाल पुलिसमाथि ३० रनको जितका साथ प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा एपिएफले प्रस्तुत गरेको २ सय ४ रनको मध्यम योगफल पछ्याएको पुलिस ४९.२ ओभरमा १ सय ७३ रनमा समेटिएको थियो। एपिएफको जितमा नायक बनेका भुवनले ब्याटिङतर्फ ४२ रन जोडेका थिए भने बलिङतर्फ ९.२ ओभरमा १ मेडन ओभरसहित २१ रन खर्चंदै ४ विकेट लिएका थिए। साथै उनले खेलमा एउटा क्याचसमेत गरेका थिए।
पुलिसका लागि पवन सर्राफले सर्वाधिक ४० रनको योगदान दिँदा रासिद खानले ३४ र दीपेन्द्रसिंह ऐरीले ३३ रन जोडे। पहिलो ओभरको दोस्रो बलमा पुलिसले १ रन जोड्दा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। कुशललाई भुवनले एलबिडब्लुको सिकार बनाएका थिए। पुलिसले थप १० रन जोड्दा अर्का ओपनर सुनील धमलालाई समेत गुमायो। धमलालाई कमलसिंह ऐरीले एलबिडब्लुको सिकार बनाएका थिए।
पाँचौं ओभरको पहिलो बलमा भुवनले अमित श्रेष्ठलाई सन्दीप जोराबाट क्याच गराउँदै पुलिसमाथि दबाब बनाएका थिए। १५–३ को अवस्थामा रहेको पुलिसको इनिङ चौथो विकेटका लागि दीपेन्द्र र अनिल शाहले ४६ रनको साझेदारीका साथ सम्हाल्ने प्रयास गरेका थिए। अनिलले कमलसिंहबाट बोल्ड हुनुअघि ४४ बलमा ३ चौकाको मद्दतमा २१ रन जोडे भने दीपेन्द्रले एपिएफका कप्तान शरद भेषावकरको बलमा विकेटकिपर सुवास खकुरेलबाट क्याच हुनुअघि ६९ बलमा २ चौका प्रहार गरेका थिए। अनिल र दीपेन्द्र पवेलियन फर्किएपछि ब्याटिङका लागि आएका पुलिसका कप्तान मन्जित श्रेष्ठले समेत उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
मन्जितले १७ बलमा मात्र ३ रन जोडे। पवन र रासिद खानले सम्हालिएको ब्याटिङका साथ पुलिसको इनिङ अघि बढाउने प्रयास गरे पनि त्यो सफल भने हुन सकेन। पवनले अविनाशको बलमा भुवनबाट क्याच हुनुअघि ६१ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए भने रासिदले भुवनबाट बोल्ड हुनुअघि५१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। यता फिल्डिङका क्रममा घाइते भएका पुलिसका आरिफ शेखले तीन ठूला सटसहित १४ बलमा २ चौका र १ छक्काको मद्दतमा १६ रन बटुल्दै पुलिसको जितको सम्भावना जीवित राखेका थिए।
आरिफलाई अविनाशले आसिफ शेखबाट क्याच गराएपछि एपिएफको जितको औपचारिकता मात्र बाँकी थियो। एपिएफलाई मध्यम योगफलमा सीमित पार्ने क्रममा आरिफले ३ विकेट लिएका थिए। तर फिल्डिङका क्रममा कुर्कुच्चामा चोट लागेपछि उनलाई मैदानबाट तत्कालै अस्पताल पु¥याइएको थियो। चोटका बावजुद पनि उनी दोस्रो इनिङ्समा ब्याटिङका लागि मैदान फर्किएका थिए। अन्तिम ओभरको दोस्रो बलमा भुवनले सागर ढकाललाई सुमित महर्जनबाट क्याच गराउँदै एपिएफको फाइनल टिकट पक्का गरेका थिए।
यससँगै एपिएफले गत संस्करणमा पुलिससँग सेमिफाइनलमै भोगेको हारको बदलासमेत लिएको छ। एपिएफका भुवनले ४ तथा कमलसिंह, शरद र अविनाशले समान २ विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रनको मध्यम योगफल खडा गरेको थियो। एपिएफका शंकर रानाले ४४ रनको योगदान गर्दा भुवनले ४२, सन्दीपले ३४, कमलसिंह ऐरीले १९, शरदले १८ र अविनाशले अविजित ११ रन जोडेका थिए।
१३ रन जोड्दा ओपनर आसिफलाई गुमाएको एपिएफले थप १३ रन जोड्दा अर्का ओपनर सुवासलाई समेत गुमायो। शरद र सुमितले पनि उल्लेख्य प्रदर्शन गर्न नसक्दा एपिएफ ४३–४ को कठिन अवस्थामा पुगेको थियो। तर पाँचौं विकेटका लागि सन्दीप र शंकरले ६४ रनको महŒवपूर्ण साझेदारीका साथ एपिएफको इनिङ सम्हालेका थिए।
सन्दीपले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दा शंकरले ९६ बलमा ४ चौका प्रहार गरे। भुवनले ५६ बलमा १ चौका र २ छक्का प्रहार गर्दा अविनाशले ५ बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए। पुलिसका आरिफले ३, ललित राजवंशी र दीपेन्द्रले समान २ तथा रासिद र सागरले समान १ विकेट लिएका थिए। एपिएफले शनिबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।