साबिक विजेता रियाल मड्रिडसँग अन्तिम १६ मा भेट पक्का भएसँगै लिभरपुलसामु गत सिजन व्यहोरेको हारको बदला लिने अवसर मिलेको छ। त्यस्तै जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) को सामना गर्नेछ।
बायर्न र पिएसजीबीचको खेलले सन् २०२० को फाइनलको झल्को दिनेछ। जसमा बायर्नले उपाधि जितेको थियो। समूहचरणका ६ खेलमध्ये ५ खेल जितेको लिभरपुल समूह उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो। लिभरपुलको समूहबाट नेपोली समूहविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो।
गत सिजन फाइनलमा रियालले लिभरपुललाई १–० ले हराएको थियो। यसअघि सन् २०१८ मा घरेलु मैदान एन्फिल्डमै सम्पन्न फाइनलमा पनि लिभरपुलले रियाललाई नतिजा सुम्पिएको थियो। त्यस्तै अन्तिम १६ का अन्य खेलमा क्लब ब्र्रुजले बेन्फिकाको सामना गर्दा म्यानचेस्टर सिटीले आरबी लिपजिकविरुद्ध खेल्नेछ। यता चेल्सीले बोरुसिया डर्टमन्ड, नेपोलीले फ्य्रांकफर्ट, एसी मिलानले टोटनह्याम र इन्टर मिलानले एफसी पोर्टोको सामना गर्नेछन्। अन्तिम १६ को पहिलो लेगका खेल फेब्रुअरी र दोस्रो लेग मार्चमा हुनेछन्।