प्रधानमन्त्री कप क्रिकेटः एपिएफ र पुलिसको विजयी शुरुवात
१३ कार्तिक २०७९
•
३ मिनेट पाठ
प्रधानमन्त्री कप क्रिकेटः एपिएफ र पुलिसको विजयी शुरुवात
विभागीय टोलीद्वय एपिएफ क्लव र नेपाल पुलिस क्लवले आइतबारबाट शुरु भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा विजयी शुरुवात गरेका छन्।




कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६ रनको जित निकाल्दा अर्को खेलमा पुलिसले वागमती प्रदेशमाथि १ सय ९२ रनको फराकिलो जित निकालेका हो। यससँगै दुवै विभागीय टोलीले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विजयी शुरुवात गरेका हुन्। पहिला ब्याटिङ गर्दै एपिएफले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको आर्मीले ३२.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६३ रन बनाउन सक्यो। ओपनर हरि चौहान र रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेलेको खेलमा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्। चौहानले ६७ बलमा ७ चौका र १ छक्कासहित ६५ रनको व्यत्तिगत स्कोर बनाउँदा रोहित पौडेलले ५९ बलमा ७ चौकासहित ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए। २ विकेट गुमाउँदा ४७ रन बनाएको आर्मीले ३ विकेट गुमाउँदा १ सय ४२ बनाएको थियो। त्यसपछि मध्यक्रमका ब्याट्सम्यानले जमेर खेल्न सकेनन्। आर्मीविरुद्ध कसिलो बलिङ गर्ने क्रममा एपिएफका लागि अमर रौटेलालले ५.१ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। यस्तै, कमलसिंह ऐरीले १० ओभरमा ५६ रन खर्चेर १ मेडनसहित ३ विकेट निकाल्दा  किशोर महतोले ८ ओभरमा २९ रन खर्चेर २ विकेट आफ्नो नाममा लेखाए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले ४७.४ ओभरमा सबै विकेट गुमाएर  २ सय १९ रन जोडेको थियो। पुलिसका लागि ओपनर प्रदीप ऐरीले ८० बलमा ४ चौका र ६ छक्कासहित ७१ रनको अर्धशतकीय इनिङ खेल्दा अर्का ओपनर आशिफ शेख ९ रन बनाएर पेभेलियन फर्किएका थिए। लोकेश बम शुन्यमा पेभेलियन फर्किएपछि भुवन कार्कीले २६ रन बनाएर आउट हुँदा पाँचौं नम्बरमा क्रिजमा उत्रिएका सन्दीप जोराले अर्धशतक बनाएका थिए। एपिएफका लागि ६२ बलको सामना गरेका सन्दीपले ६ चौका प्रहार गरे। कप्तान शरद भेसावकर १६ रन बनाएर पेभेलियन फर्किंदा अमरसिंह रौटेला १० रनमा अविजित रहे। बलिङ तर्फ आर्मीका विक्रम सोबले सर्वाधिक ४ विकेट लिए। विक्रमले ७.४ ओभरमा २३ रन खर्चिएका थिए। यस्तै, साहब आलम र कुशल मल्लले २÷२ तथा सुशन भारी र जितेन्द्र मुखियाले १÷१ विकेट निकाले।

प्रतियोगिता अन्तर्गत आईतवार नै सम्पन्न अर्को खेलमा पुलिसले वागमतीलाई ९७ रनमा रोक्यो। २ सय ९० रनको लक्ष्य पछ्याएको वागमती २८ ओभरमा समेटिएको थियो। मुलपानी क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरेको वागमतीका लागि इशान पाण्डेले बनाएको २४ रन नै सर्वाधिक रह्यो। रामनरेश गिरीले अविजित २२ तथा प्रतिष जिसीले १४ रन बनाउँदा नन्दन यादव १० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्लले ४ रनमै पवेलियन फर्किए। पुलिसका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। करण केसी, गुलसन झा र सागर ढकालले २÷२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो। पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले १ सय ८ रनको शतकीय इनीङ खेले। उनले ८२ बलमा ११ चौका र ४ छक्का प्रहार गरे। यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन जोड्दा आरिफ शेखले ३६ रन बनाए। योगेन्द्र सिंह कार्की १६ रनमा आउट भए। पवन सर्राफ १५ रनमा अविजित रहँदा दिलीप नाथले अविजित १२ रन जोडे। वागमतीका नन्दन यादवले २ विकेट लिए। रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाको नाममा १÷१ विकेट रह्यो। जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले पहिलो खेलमै २ अंक जोडेको छ। वागमतीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ।

प्रतियोगितामा सोमवार पनि दुई खेल हुनेछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुँदा मुलपानीमा नेपाल पुलिस र प्रदेश १ बीच प्रतिष्पर्धा हुनेछ।
अर्को समाचार
दुई बलरको उत्कृष्ट प्रदर्शनले कोशी प्रदेश १२३ रनमा सीमित
१० माघ २०८०
•
१ मिनेट पाठ
दुई बलरको उत्कृष्ट प्रदर्शनले कोशी प्रदेश १२३ रनमा सीमित
प्रधानमन्त्री कप अन्तर्गत बुधवार भइरहेको खेलमा कोशी प्रदेशले सुदूरपश्चिमलाई १२४ रनको लक्ष्य दिएको छ।




पहिलो इनिङ खेल्दै सुदूरपश्चिमका तीव्र गतिका बलर विकाश आग्री र स्पिनर शेर मल्लले उत्कृष्ट बलिङ गरेपछि कोशी १२४ रनमै रोकिएको हो।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा कोशीले टसले जितेर पहिले ब्याटिङ रोजेको थियो। सुदूरपश्चिमले ३२ ओभरमै अल आउट गरेको थियो। १२३ रनमध्ये कोशीका मिनाष थापा भने ३७ बलमा ५ चौकासहित सर्वाधिक २६ रन बनाउन सफल भएका थिए। 
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस