माङ्सेबुङ गाउँपालिकामा १५ औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिता आउँदो मंसिर ९ देखि सञ्चालन गरिने भएको छ। किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ६९ औं जम्मोत्सव अवसरमा प्रस्तावित आत्मानन्द रंगशालामा मंसिर १७ सम्म प्रतियोगिता आयोजना गरिने भएको हो।
प्रतियोगितामा पूर्वी नेपाल र भारतका ८ टिम सहभागी रहने निश्चित भएको छ। आयोजक आत्मा–पवित्र खेलकुद समितिका अनुसार सुनसरीको एचएफसी, तेह«थुमको छथर गाउँपालिका, ताप्लेजुङको कर्णसिंह सोनाम एफसी, पाँचथरको तिजोक युवा क्लब, मोरङको चारतारे युवा क्लब, झापाको जलथल एफसी, आयोजक माङ्सेबुङ गाउँपालिका तथा भारत दार्जिलिङको एमएफसी टिमले प्रतिस्पर्धा गर्नेछन्।
आयोजक समिति अध्यक्ष मनप्रसाद आङ्बुहाङले विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ तथा उपविजेताले ट्रफीसहित २ लाख ५ हजार १ सय ६९ रुपैयाँ पुरस्कार पाउने बताए। ‘विभिन्न विधामा उत्कृष्ट प्रत्येक खेलाडीलाई नगद ५ हजार पुरस्कार दिइने छ,’ उनले भने, ‘प्रतियोगितामा भाग लिने टिमलाई निश्चित खर्च (टिम फेयर)समेत दिने छौं।’
यस अवसरमा म्याराथुन, कराँते, पक्लुङ लेप्मा (छेलो हान्ने)लगायत दर्जनौं खेल आयोजना गरिएको छ। धर्मगुरु लिङ्देनको जन्मोत्सव मंसिर १८ मा पर्ने भएकाले सम्पूर्ण खेलकुद मंसिर १७ सम्ममा सम्पन्न गरी १८ गते जन्मोत्सव विशेष समारोह आयोजना गर्ने गरिएको छ। फुटबल र अन्य खेलकुद प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। पुरस्कारमा मात्र १० लाख हाराहारी रकम खर्च हुने आङ्बुहाङले जानकारी दिए।
खेलमैदान मुख्य समस्या
भौगोलिक हिसाबले दुर्गम माङ्सेबुङ किराँत धर्मावलम्बीको आस्थाको केन्द्र हो। यहाँ रहेका किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको दर्शन गर्न देश–विदेशबाट भक्तजन आउने गरेका छन्। त्यतिमात्र होइन, देशका उच्चपदस्थ व्यक्तिसमेत गुरुदर्शनका लागि आइरन्छन्।
अहिले निर्वाचनको सम्मुख भएकाले दिनैपिच्छेजसो गुरुको ‘दर्शन’ नाममा राजनीतिक अभीष्ट लिएर पुग्ने उम्मेदवारको लहर चलिरहेको छ। तर, यस्तो विकट क्षेत्रमा स्थानीय युवाकै सक्रियतामा १५ वर्षदेखि निरन्तर चलिरहेको फुटबल प्रतियोगिता सञ्चालनलाई व्यवस्थित बनाउने र निरन्तरता दिने बारे नेताहरूको स्पष्ट योजना भने बन्न सकेको छैन।
‘विकट गाउँ भएपनि हामीले खाइनखाइ भक्तजनबाट रकम संकलन गरेरै १५ वर्षदेखि प्रतियोगितालाई निरन्तरता दिएका छौं,’ मनप्रसादले दुखेसो पोखे, ‘प्रतियोगिताका लागि राम्रो खेलमैदानसमेत बन्न सकेको छैन।’ उनका अनुसार अहिले खेलकुद आयोजना भइरहेको मैदान सीमित सरकारी बजेटले मर्मत गरिए पनि मापदण्डअनुसार बनाउन समस्या छ। ‘मापदण्ड पुगेको मैदान बन्ने ठाउँ नजिकै छैन,’ उनले भने, ‘भएकै मैदानलाई अझ व्यवस्थित गर्ने वा ४–५ किलोमिटरमा ठूलो मैदान बनाउने भन्ने विकल्प खोज्न बेला–बेला छलफल हुने गरेपनि निष्कर्ष आएको छैन।’
समिति सदस्य तथा स्थानीय सञ्चारकर्मी आङ्बुहाङ अबोध अविरलले खेलकुद आयोजनाका लागि गाउँका युवा जागरुक रहेपनि मैदान अभाव नै मुख्य समस्या रहेको जनाए। ‘खेलमैदान त मुख्य समस्या छँदैछ, १५ वर्षदेखि स्थानीय युवाले रातदिन खटेर प्रतियोगिताको खर्च संकलन गर्नुपरेको छ,’ उनले भने, ‘प्रतियोगितालाई व्यवस्थित बनाउन सबैले चासो देखाउनु जरुरी छ।’ जिल्ला सदरमुकाममा माइभ्याली गोल्डकप केही वर्षयता स्थगित छ। माइभ्याली स्थगित हुँदा आत्मानन्द कप नै जिल्लाको सबैभन्दा ठूलो धनराशि पुरस्कारको प्रतियोगिता पनि भएको छ।