एमनेस्टी इन्टरनेसनले जारी गरेको नयाँ अध्ययनमा कतारलाई विश्वकप २०२२ को पूर्वाधार निर्माणमा खटिएका विदेशी कामदारलाई क्षतिपूर्ति दिलाउने फिफाको तयारीप्रति धेरै कामदारले समर्थन जनाएका छन्।
कतारले पूर्वाधार निर्माणमा खटिएका विदेशी नागरिकमाथि गरेको मानवअधिकार विरोधी घटनाको आलोचना हुँदै आएको छ। यद्यपि कतारले सो आलोचनाको खण्डन गर्दै आएको छ।
विभिन्न १५ राष्ट्रका करिब १७ हजार कामदारमाथि गरिएको अध्ययनमा क्षतिपूर्तिको निर्णयले कामदार खुसी रहेको देखाइएको हो। सो अध्ययनमा एसियाका मात्र नभई अमेरिका, मेक्सिको, अर्जेन्टिना, मोरक्को र केन्याका कामदार सहभागी रहेको एमनेस्टीले जनाएको छ।
फिफाले कतार विश्वकप २०२२ बाट हुने आमदानीबाट कामदारलाई क्षतिपूर्ति दिनुपर्ने बताएकामा ७३ प्रतिशत कामदारले सो निर्णयको समर्थन गरेका हुन्। केही कामदारले भने विश्वकप दौरान एक खेल हेर्ने व्यवस्था मिलाए पनि त्यसमा समर्थन गर्न तयार रहेको बताएका छन्। ‘फिफाले कामदारको सेवासुविधाका लागि अझ धेरै योजना ल्याउन सक्छ,’ एमनेस्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर ती सबै योजना भने प्रतियोगिता सुरु हुनुअगावै लागू हुनुपर्छ। कामदारमाथिको दमन जारी रहे समर्थकले विश्वकप हेर्नुको कुनै अर्थ छैन।’
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुँदै छ। फिफाले भने आफूहरूको निरन्तर खबरदारीपछि अहिले भने कामदारप्रति गरिने व्यवहार र उनीहरूले प्राप्त गर्ने सेवासुविधामा समेत सुधार आएको बताएको छ।