यसै सिजन इङ्लिस प्रिमियर लिगमा बढुवा भएको नटिङ्घम फरेस्टमाथि ६–० को फराकिलो जित निकालेको खेलमा एर्लिङ हाल्यान्डले लगातार दोस्रो ह्याट्रिक पूरा गर्दा अर्को खेलमा आर्सनलले एस्टन भिल्लामाथि २–१ को जित निकाल्दै अपराजित यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ।
बुधबार म्यानचेस्टर सिटीलाई फराकिलो जित दिलाउने क्रममा यसै सिजन क्लबमा अनुबन्धित फरवार्ड एर्लिङ हाल्यान्डले प्रिमियर लिगका सुरुआती पाँच खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन्। नटिङ्घम फरेस्टलाई ६–० ले पराजित गर्दा हाल्यान्डले ह्याट्रिक गरेका हुन्। हाल्यान्डको यो लगातार दोस्रो ह्याट्रिक हो। यसअघि उनले शनिबार क्रिस्टल प्यालेसविरुद्ध पनि ह्याट्रिक गरेका थिए। लगातार दुई ह्याट्रिक गरेका हाल्यान्डले पाँच खेलमा नौ गोल गर्न सफल भएका छन्।
यसअघि यो कीर्तिमान सिटीकै पूर्वखेलाडी सर्जियो अग्विरो र न्युक्यासल युनाइटेडका फरवार्ड मिकी क्युइनको नाममा थियो। दुवैले प्रिमियर लिगका सुरुआती पाँच खेलमा आठ गोल गरेका थिए। यस्तै सिटीले क्लबको इतिहासमा पहिलो पटक प्रिमियर लिगका सुरुआती पाँच खेलमा १९ गोलको अर्को कीर्तिमान पनि बनाएको छ।
सिटीका लागि प्रभावशाली प्रदर्शन गरेका २२ वर्षीय हाल्यान्डको प्रशिक्षक पेप ग्वार्डिओलाले मुक्तकण्ठले प्रशंसा गर्दै उनलाई कसैले रोक्न नसक्ने बताए। प्रशिक्षक ग्वार्डिओला हालान्डलाई सिटीको इतिहासमा अग्विरोजत्तिकै लयमा पुग्न कठिन नहुने प्रतिक्रिया जनाए।
‘हालान्डसँग त्यहाँ पुग्ने गुणस्तर छ। उनले नर्वे, अस्ट्रिया र जर्मनीमा जे गरेका छन् उनले यहाँ गर्न कोसिस गर्छन्। उनलाई मैले जति चिनेको छु, मलाई लाग्छ यदि हामी ट्रफी जित्न असफल भयौं भने उनी व्यक्तिगत कीर्तिमान बनाउँदा खुसी हुने छैनन्,’ पेप ग्वार्डिओलाले भने, ‘प्रिमियर लिगका लागि वास्तविक खेलाडीका रूपमा देखापरेका छन्। उनीविरुद्ध खेल्न गाह्रो छ। हाल्यान्ड पूर्ण स्ट्राइकर हुन्। सबै पक्षमा उनी भरिपूर्ण छन्। उनीसँग यस्तै खुबी छ जुन उनी सुँघेर थाहा पाउँछन् भने अन्य त्यो पत्तै पाउँदैनन्।’
सिटीलाई जित दिलाउन ह्याट्रिक पूरा गरेका हाल्यान्डले १२औ, २३औं र ३८औं मिनेटमा र अल्भारेजले ६५औं र ८७औं मिनेटमा गोल गरेका थिए भने कान्सेलोले ५०औं मिनेटमा एक गोल आफ्नो नाममा लेखाएका थिए। प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले बुधबार एस्टन भिल्लामाथि २–१ को जित निकाल्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो। प्रिमियर लिगको नयाँ सिजनमा आर्सनल र सिटीले सुखद लयलाई निरन्तरता दिइरहेको अवस्थामा लिभरपुल भने लयको दौडमा पछाडि परेको छ।
आर्सनलले एस्टन भिल्लामाथि जित निकाल्ने क्रममा गाब्रियल जिसस र गाब्रियल मार्टिनेलीले समान एकएक गोल गरे भने एस्टनका डुग्लास लुइजले एक गोल फर्काएर अग्रता घटाएका थिए। खेलको ३०औं मिनेट जिससले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ७४औं मिनेटमा भिल्लाका लुइजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए पनि तीन मिनेटपछि नै मार्टिनेलीले गोल गर्दै आर्सनलको जित निश्चित गरेका थिए। यस जितसँगै आर्सनलले ५ खेलमा १५ अंक जोडेको छ। आर्सनल शीर्ष स्थानमा छ। भिल्ला ३ अंक जोडेर पुछारमा छ।
सिटी र आर्सनलले सम्पन्न पाँच खेलमा अपराजित यात्रालाई निरन्तरता दिँदा लिभरपुलले भने दुई बराबरी गर्दै १ खेल गुमाउन पुगेको छ। बुधबारको खेलमा भने लिभरपुलले न्युक्यासल युनाइटेडमाथि २–१ को संघर्षपूर्ण जित निकाल्यो। लिभरपुलको घरेलु मैदानमा न्युक्यासलका डेब्युटेन्ट खेलाडीले ३८औं मिनेटमा अग्रता दिलाएका थिए
तर, खेलको ६१औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याउँदा इन्जुरी समयमा फाबियो कार्भाल्होले गोल गर्दै लिभरपुललाई २–१ को जित निश्चित गरेका थिए। जितसँगै लिभरपुल ५ खेलमा ८ अंक जोड्न सफल भएको छ भने न्युक्यासलको तालिकामा ६ अंक छ । प्रिमियर लिगअन्तर्गत बुधबार नै बर्नमाउथ र उल्भसले गोलरहित तथा वेस्ट ह्याम युनाइटेड र टोटनेह्यामले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।