रोनाल्डोको म्यानचेस्टर छाड्ने चर्चा समाप्त
०३ भदौ २०७९
•
३ मिनेट पाठ
रोनाल्डोको म्यानचेस्टर छाड्ने चर्चा समाप्त
क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने चर्चा समाप्त भएको छ। प्रि-सिजन भ्रमणअन्तर्गत युनाइटेडले थाइल्यान्ड र अस्ट्रेलिया भ्रमण गर्ने क्रममा टोलीबाहिर रहेका रोनाल्डोले नयाँ सिजनको प्रिमियर लिगमा खेल्न थालेपछि युनाइटेड छाड्ने चर्चा समाप्त भएको हो। रोनाल्डोले व्यक्तिगत कारण देखाउँदै युनाइटेडको प्रि-सिजन भ्रमण गरेका थिएनन्।




च्याम्पियन्स लिग खेल्ने दृढ इच्छा रोनाल्डोमा भएको भन्दै युनाइटेड छाड्न चाहेको चर्चा चले पनि ३७ वर्षीय रोनाल्डोलाई प्रशिक्षक एरिक टेन हागले बेच्ने कुनै सम्भावना नभएको भन्दै प्रतिक्रिया दिएका थिए।

उनलाई समावेश गरेर हागले प्रिमियर लिगमा योजना बुनिरहेको बताउँदै रोनाल्डो बेच्ने चर्चा हल्ला मात्र भएको बताउँदै आएका थिए। स्पेनिस लिग रियाल मड्रिडका पूर्वस्ट्राइकर रोनाल्डोले पछिल्लो पटक ब्रेन्टफोर्डसँग निर्धारित ९० मिनेट नै खेले पनि उनको टोली ४–० ले स्तब्ध भएको थियो। सिजनको दोस्रो खेल खेल्दा युनाइटेडले लगातार दोस्रो हार भोगेको थियो। त्यसअघि पहिलो खेलमा ब्राइटनसँग २–१ ले पराजित भएको थियो। लगातारको हारसँगै युनाइटेड अहिले प्रिमियर लिग तालिकाको पुछारमा छ।

सन् २००५ मा युनाइटेडको मालिक बनेदेखि नै ग्लेजरहरूसँग क्लब समर्थकको सम्बन्ध बिग्रिँदै आएको छ। धेरै कारणमध्ये युनाइटेड खरिदका लागि लिएको ऋण तिर्न भन्दै ग्लेजर परिवारले क्लबबाट पैसा निकासा गरेका थिए भने लगानीको मुनाफा पनि परिवारले लिएको आरोप समर्थकले लगाउँदै आएका छन्।
एक सामाजिक सञ्जालमा रोनाल्डोले आफ्ना समर्थकलाई प्रतिक्रिया जनाउँदै क्लब बाहिरिने चर्चा मात्र रहेको बताएका छन्। उनले केही साताभित्र यथार्थ बाहिरिने र उनको क्लब बसाइबारे सञ्चार माध्यमले गलत अपबाह फैलाइरहेको टिप्पणी गरे। ‘पछिल्लो महिना सार्वजनिक भएका १ सय समाचार मैले संगृहीत गरेको छु। तीनमध्ये पाँच मात्र सही थिए। बनेका समाचार कस्ता हुन मूल्यांकन गरिनुपर्छ,’ रोनाल्डो भने। अघिल्ला दुई खेलमा पराजित भएको युनाइटेडले लिगको तेस्रो खेलमा आगामी सोमबार चिरपरिचित प्रतिद्वन्द्वी लिभरपुलविरुद्ध खेल्दै छ।

पराजयबाट नयाँ सिजनको लिगको आरम्भ गरेको युनाइटेड लिभरपुलविरुद्ध सुखद नतिजाको खोजीमा हुनेछ। युनाइटेडका मालिक ग्लेजर परिवार पनि बलियो प्रतिद्वन्द्वीलाई लिभरपुललाई हराउँदै लिगमा तीन अंक खोज्न चाहन्छन्। युनाइटेडका पूर्वरक्षक ग्यारी नेभिलले पनि चिरपरिचित प्रतिद्वन्द्वीलाई हराउँदै पुछारको स्थान सुधार गर्न आग्रह गरेका छन्। युनाइटेडका समर्थक समूह ‘द १९५८’ ले ग्लेजर परिवारविरुद्ध लिभरपुलविरुद्धको खेलअघि प्रदर्शन गर्ने योजना रहेको छ। समर्थक समूहले मालिकको स्वार्थका कारण इतिहास रचेको क्लब धराशयी हुँदै गएको आरोप लगाउँदै आएका छन्।

‘क्लबको कठिन अवस्था र सञ्चालनबारे हामी गम्भीर र चिन्तित भएका छौं,’ समर्थकले प्रदर्शनको क्रममा सुनाउन लागेको योजनामा भनिएको छ, ‘यसलाई कानुनसम्मत तरिकाले अगाडि बढाउनुपर्छ। क्लबको समस्यालाई शान्तपूर्व समाधान गरिनुपर्छ। आवेशमा गरिने निर्णय क्लबका लागि हानिकारक छ। केही स्वार्थका लागि मालिकले क्लबमाथि असर  पर्ने निर्णय बन्द गर्नुपर्छ।’

सन् २००५ मा युनाइटेडको मालिक बनेदेखि नै ग्लेजरहरूसँग क्लब समर्थकको सम्बन्ध बिग्रिँदै आएको छ। धेरै कारणमध्ये युनाइटेड खरिदका लागि लिएको ऋण तिर्न भन्दै ग्लेजर परिवारले क्लबबाट पैसा निकासा गरेका थिए भने लगानीको मुनाफा पनि परिवारले लिएको आरोप समर्थकले लगाउँदै आएका छन्।

यस्तै अर्को कारण गत अप्रिलमा पनि युनाइटेडका समर्थकहरूले क्लब व्यवस्थापनविरुद्ध आन्दोलन गरेका थिए। त्यसबेला युनाइटेडका समर्थकहरू ओल्ड ट्राफोर्डको मैदान पुगेपछि लिभरपुलसँगको खेल नै सारिएको थियो। युरोपियन सुपरलिग आयोजना गर्न तम्सिनेमा क्लबहरूको सूचीमा युनाइटेड पनि रहेपछि ग्लेजर परिवार र समर्थकहरूबीच दूरी झनै बढेको थियो। लिगमा युनाइटेडको प्रदर्शनले पनि समर्थकहरू निराश छन् ।
अर्को समाचार
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
५ घण्टा अघि
•
१ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।




गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।

एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।

निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्‍यो।

खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफका जिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।

विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस