१८ वर्षीय इङ्लिस खेलाडी जामी विनोइ गिटेन्सले एक गोल गरी एक गोलका लागि अवसर सिर्जना गर्दा बुन्डेसलिगामा शुक्रबार बोरुसिया डर्टमन्डले फ्रेइबर्गलाई ३–१ ले पराजित गरेको छ।
प्रतिस्पर्धात्मक बनेको खेलमा ३–१ को नतिजा निक्लिँदा डर्टमन्डका सबै गोल अन्तिम १३ मिनेटमा भएका थिए। यसअघि घरेलु टोली फ्रेइबर्गले ३५औं मिनेटमा सुरुआती अग्रता लिएको थियो। तर दोस्रो हाफमा अग्रता सम्हाल्न नसक्दा फ्रेइबर्ग पाहुना टोलीसँग अन्तिम १३ मिनेटमा स्तब्ध भएको हो। शनिबारको जितसँगै डर्टमन्डले नयाँ सिजनको लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको छ। यसअघि पहिलो खेलमा डर्टमन्डले लेभरकुसेनमाथि १–० को रोमाञ्चक जित निकालेको थियो। शुक्रबार पनि युवा खेलाडीको प्रदर्शनबाट उत्साहित भएका प्रशिक्षक इडिन टेरजिकले १८ वर्षीय जामी विनोइ गिटेन्सलाई ‘गेम चेन्जर’ को संज्ञा दिए।
‘उनको प्रदर्शनमा निकै आत्मविश्वासी हुँदै आएको छु। युवा खेलाडीको प्रदर्शनबाट खुसी पनि छु। उनमा यस्तो खुबी छ, जुन खुबी निर्णायक बन्ने गरेको छ,’ डर्टमन्ड प्रशिक्षक टेरजिकले भने, ‘उनी गेम चेन्जर खेलाडी हुन्। यही लयलाई म आगामी खेलमा पनि हेर्न चाहन्छु। पछि परेको अवस्थामा हामीले खेलमा फर्किन संघर्ष गर्नुप¥यो। तीन गोल वैकल्पिक खेलाडीले गरे। यसले प्रमाणित हुन्छ मजबुत टोली हामीले बनाएका छौं।’
फ्रेइवर्गको मैदानमा आतिथ्यता गर्दा डर्टमन्डविरुद्ध मिकायल ग्रिगोरिस्टिचले ३५औं मिनेटमा गोल गरेर अग्रता निकालेका थिए। सोही नतिजा नै पहिलो हाफमा टुङ्गिएको थियो। तर दोस्रो हाफ अन्त्यतिर भने घरेलु टोली सम्हालिन सकेन। डर्टमन्डका वैकल्पिक खेलाडीत्रय जामी विनोइ गिटेन्सले ७७औं, युसुफा मौकोकोले ८४औं र मरिउस उल्फले ८८औं मिनेटमा गोल गरेर नतिजा उल्टाउँदै स्पष्ट अंक दिलाएका हुन्।
खेल सुरुआत हुँदा डर्टमन्डले दबाब दिए पनि घरेलु टोलीले सम्हालिएको प्रदर्शन गरेको थियो। पहिलो हाफमा दुबै टोलीले केही राम्रा अवसर पनि बनाएका थिए। तर दुवै टोलीले उपलब्ध अवसर खेर फालेका थिए। यससँगै फ्रेइबर्गले पहिलो खेलको लयलाई निरन्तरता दिन सकेन। पहिलो खेलमा औसबर्गलाई ४–० ले पराजित गर्दै नयाँ सिजन सुरुआत गरेको फ्रेइबर्गले घरेलु मैदानमा लिएको सुरुआती अग्रतालाई कायम राख्न नसक्नु दुर्भाग्य रह्यो। यसैलाई दृष्टान्त दिँदै फ्रेइबर्गका प्रशिक्षक क्रिस्टियन स्ट्रिचले प्रदर्शनमा आपूm सन्तुष्ट रहेको तर भाग्यले साथ नदिएको प्रतिक्रिया दिए।
‘पराजित भए पनि हामीले चित्तबुझ्दो खेल खेल्न सकेका छौं। आजको खेलबाट म सन्तुष्ट छु। राम्रो हुँदा हुँदै पनि हामीलाई भाग्यले साथ दिएन,’ प्रशिक्षक स्ट्रिचले भने, ‘चाहिने नतिजा हो। निकाल्न सकेनौं। घरेलु मैदानमा अग्रता लिइसकेको अवस्थामा पराजित हुनुपर्दा कठिन महसुस भएको छ। यद्यपि खेलमा सधैँ सोचेजस्तो नतिजा नआउन सक्छ। यसलाई स्वाभाविक रूपमा लिँदै आगामी खेलमा राम्रो गर्ने वाचा गरेका छौं।’