पूर्व धावक वैकुण्ठ मानन्धर नेपाली खेलकुदका सदावहार 'रोलमोडल' हुन्। नेपाली खेलकुदमा सबै उमेर समूहले चिन्ने साझा नाम हो, वैकुण्ठ मानन्धर। एउटा सामान्य खेलाडी भएका नाताले मात्र उनको चिनारी लामो समय टिकेको होइन। दक्षिण एसियाकै एथलेटिक्समा उनले एक असाधारण खेलाडीको छाप छोडेका छन्।नेपाली खेलकुद त्यसमा पनि एथलेटिक्सको चर्चा गर्दा उनको नाम स्वतः जोडिन्छ। लामो दुरीको दौड म्याराथनमा बनाएको कीर्तिमानका कारण उनी पछिल्लो पुस्तामा पनि उत्तिकै परिचित छन्। मुख्यतः दक्षिण एसियाली खेलकुद (साफ हालको साग) मा उनले प्राप्त गरेको सफलता अद्वितीय छ। साफको पहिलोदेखि तेस्रो संस्करणसम्म लगातार स्वर्ण पदक जित्ने उनी एक्ला नेपाली खेलाडी हुन्।
सन् १९९४ मा काठमाडौंमा भएको पहिलो, श्रीलंकाको ढाकामा भएको दोस्रो र १९८७ को भारतको कोलकातामा भएको तेस्रो संस्करणमा उनले लगातार स्वर्ण जितेका थिए। नेपाली खेलकुदमा स्वर्ण पदकमा ह्याटि्रक गर्ने उनी पहिलो खेलाडी हुन्। तेस्रो संस्करणमा स्वर्ण मात्र जितेनन्। कोलकाताको प्रचण्ड गर्मीमा वैकुण्ठले २ घन्टा १५ मिनेट ३ सेकेन्डमा म्याराथन दुरी पार गर्दै स्वर्ण जित्दा दक्षिण एसियाकै कीर्तिमान राखे। झन्डै तीन दशकपछि सम्म पनि उनको कीर्तिमानलाई चुनौती दिनसक्ने अर्को खेलाडी दक्षिण एसियामै तयार भइसकेको छैन। पाकिस्तानको इस्लामावादमा १९८७ भएको साफको चौथो संसकरणमा कास्य पदकमा सीमित भएपछि भने उनले खेल जीवनबाट विश्राम लिएका थिए।
कालिमाटीमा जन्मिएर शान्ति निकुञ्ज स्कुल, मरुहिटीमा पढेका मानन्धरको अन्तर्राष्ट्रिय खेलजीवन साफ खेल्नुभन्दा निकै अघि सुरु भइसकेको थियो। तर, उनले पदक बोक्न पहिलो साफसम्मै कुर्नुपर्योत।
१९७३ मा फिलिपिन्समा सम्पन्न पाहिलो एसियाली ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिप उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो। त्यहाँ उनी पाँचौं भएका थिए। सोही प्रतियोगिताको दोस्रो संस्करण कोरियामा हुँदा चौथो भए। सन् १९७६ मा मोन्ट्रेअल ओलम्पिक्सका लागि छानिए। त्यसपछि मस्को १९८०, लसएन्जल्स १९८४ र सिओल १९८८ गरी लगातार चार ओलम्पिक खेले। चारवटा ओलम्पिक खेल्ने पनि उनी पहिलो नेपाली खेलाडी बनिसकेका थिए।
सक्रिय खेल जीवनबाट अलग भए पनि ट्र्याकको लत लागिसकेका उनको खेलकुदसँगको नाता टुट्ने सम्भावना थिएन। प्रशिक्षकका रूपमा लगातार सक्रिय छन्। मुटुको समस्या झेलेर पेसमेकर राख्नुपरे पनि प्रशिक्षण दिने र आफ्नो स्वास्थ्यका लागि दौडिने क्रम रोकिएन, रोकिएको छैन।
युवा पुस्ताका खेलाडीलाई हौसाइरहने मानन्धर अभ्यासलाई सफलताको पहिलो सिँढी मान्छन्। निरन्तरको साधनाबिना खेलकुदमा कुनै पनि उपलब्धि हासिल गर्न नसक्ने उनको विश्वास छ।