काठमाडौं- आइसिसी यु–१९ नेपाली क्रिकेट टोली शनिबारको अभ्यास खेलमा पाकिस्तानसँग १ सय १० रनले पराजित भएको छ। बंगलादेशी भूमि साभरमा शनिबार नेपालले टस जितेर पाकिस्तानलाई ब्याटिङ गर्न बोलाएको थियो। कप्तान एवं ओपनर जिसन मलिकले ८३ रन जोडेपछि पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाई २ सय ९१ रन बनाएको थियो।
जिसनले ८५ बलमा १२ चौका र २ छक्का प्रहार गरे। उनी २४.४ ओभरमा दोस्रो विकेटको रूपमा आउट हुँदा पाकिस्तानले १ सय २४ रन जोडिसकेको थियो। जिसनलाई नेपालका सन्दीप लामिछानेले बोल्ड गरे। उमैर मसुदले ५९ र हसन मोहसिनले ३७ रन जोडे।
नेपालबाट सन्दीपले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा ७६ रन खर्चेका थिए। सुशील कँडेल र प्रेम तामाङले २–२ विकेट लिए।
जवाफी ब्याटिङमा नेपालले ५० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ८१ रनमात्र बनाउन सक्यो। नेपालका लागि पुछारका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रन जोडे। उनले ४० बलमा ३ चौका र ३ छक्का हाने। उनी अर्सल शेखको बलमा मोहम्मद असदबाट क्याचआउट भए।
ओपनर इशान पाण्डेले २० र सुनील धमलाले ८ रन बनाए। तेस्रो ओभर चलिरहँदा पहिलो विकेटका रूपमा सुनील आउट हुँदा टोलीको खातामा १४ रन थियो। आरिफ शेखले दोस्रो सर्वाधिक ३५ रन बनाए। उनी हसन खानबाट क्याचआउट हुनपुगे। अनुभवी अलराउन्डर आरिफले ६२ बलमा ४ चौका प्रहार गरेका थिए। कप्तान एवं विकेटकिपर राजु रिजालले २८ रन जोडे। उनलाई सैफ अलीले क्याचआउट गराए। कुशल भूर्तेल १४ रनमा अविजित रहे। राजवीर सिंहले १० रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन। प्रेम तामाङ शून्यमा आउट हुँदा शंकर रानाले १ र योगेन्द्रसिंह कार्कीले ८ रन बनाए।
पाकिस्तानका समिन गुल, सैफ अली, सद्धाव खान र अर्सल शेखले २–२ विकेट लिए।
अभ्यास खेलअन्तर्गत नेपालले सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकपअघि भएका अन्य अभ्यास खेलमा अफगानिस्तानले आयरल्यान्डलाई १ सय २६ रन, आयोजक बंगलादेशले जिम्बावेलाई ६३ रन र भारतले क्यानडालाई ३ सय ७२ रनले पराजित गरे। श्रीलंकाले न्युजिल्यान्डमाथि ४ विकेटकोविजय पायो।
आइसिसी यु–१९ विश्वकपको समूह चरणमा नेपालले समूह 'डी' मा भारत, आयरल्यान्ड र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालको पहिलो खेल माघ १४ मा न्युजिल्यान्डसँग हुनेछ। माघ १६ मा आयरल्यान्ड र १८ मा भारतसँग नेपालको खेल हुनेछ।
विश्वकपका लागि नेपाली टोलीले भारतको नयाँ दिल्ली र हिमान्चल प्रदेशमा गएर दुईसाता प्रशिक्षण गरेको थियो। नेपाली टोली मुख्य प्रशिक्षक जगत टमाटाको नेतृत्वमा छ। उनलार्य राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले सघाइरहेका छन्।