ह्याट्रिक गर्ने नवयुग श्रेष्ठ को हुन्?
०५ माघ २०७२
•
१ मिनेट पाठ
ह्याट्रिक गर्ने नवयुग श्रेष्ठ को हुन्?
काठमाडौं— नेपाललाई अन्तर्राष्ट्रिय फुटबलमा एउटा उल्लेखनीय सफलता दिलाउन मंगलबार एक युवा खेलाडीको मुख्य योगदान रह्यो। बंगलादेशमा भइरहेको बङ्गबन्धु गोल्डकपको सेमिफाइनलमा उनै नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतले नेपालले माल्दिभ्सलाई ४—१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्न सक्यो।यसै वर्ष अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनले अहिलेसम्म नेपाली राष्ट्रिय टोलीबाट ७ वटा खेल मात्र खेलेका छन्। २५ वर्षे यी युवाले यसै वर्ष भारतसँग भएको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए।

विङ्गर र फरवार्डको रुपमा तीब्र गति र आक्रमक शैलीमा खेल्ने उनी विपक्षीहरुका लागि सधैँ खतरनाक मानिन्छन्।

यसअघि श्रीलंकालाई हराउँदा पनि नवयुगले प्रहार गरेको बल गोल पोस्टमा लागेर फर्किएको थियो। पाेस्टबाट फर्किएको बललाई विमल घर्तीमगरले प्रहार गर्दा त्याे गोलमा परिणत भएको थियो।

त्रिभुवन आर्मी क्लब फुटबल टोलीका सदस्य उनी क्लबका लागि फरवार्डको रुपमै खेल्ने गर्छन्।

याे पनि पढ्नुहाेस्

माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल फाइनलमा






    अर्को समाचार
    नवयुग ह्याट्रिक गर्ने पाँचौं खेलाडी
    ०५ माघ २०७२
    •
    २ मिनेट पाठ
    नवयुग ह्याट्रिक गर्ने पाँचौं खेलाडी
    काठमाडौं- राष्ट्रिय टोलीबाट ह्याट्रिक गर्ने नवयुग श्रेष्ठ पाँचौ. नेपाली खेलाडी बनेका छन्। बंगबन्धु गोल्डकप फुटबलममा माल्दिभ्सलाई नेपालले ४–१ ले हराउँदा नवयुगले ह्याट्रिक गरेका हुन्। नवयुगअघि गणेश थापा, नरेश जोशी, नीराजन रायमाझी र भरत खवासले ह्याट्रिक गरेका थिए।गत महिनाको साफ च्याम्पियनसिप अघि नेपाल ११ खेलसम्म गोलविहिन रहँदै आएको थियो भने बंगबन्धु कपका दौरान नेपालले १३ खेलयता पहिलो जित दर्ता गराएको थियो ।

    त्रिभुवन आर्मीका फरवार्ड भदौमा सकिएको राष्ट्रिय लिगमा उच्च प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा परेका थिए । राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नवयुगको प्रदर्शन प्रशंसा गरे । 'म अघिल्ला खेलमा सन्तुष्ट थिइन । त्यसकारण पुरा समय पनि खेलाएको थिइन,' उनले भने,'मैले नवयुगलाई उसको जिम्मेवारीका विषयमा अभ्यासमा पनि बारम्बार भन्ने गरेको थिए । माल्दिभ्सविरुद्ध उनले आफ्नो क्षमता प्रदर्शन गरेको छ ।' माल्दिभ्ससँगको खेलमा गुनासो गर्ने ठाँउ नराखेका नवयुग विथ बल छिटो रहेको उल्लेख गर्दै महर्जन भने,' बल विना उनी अलिक ढिला हुन्थ्ये । तर माल्दिभ्ससँग खेलमा उनले जिम्मेवारी पुरा गरेका छन् । हामीलाई यस्तै प्रदर्शनको जरुरी थियो ।'
    रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
    समाज
    Clock ५ घण्टा अघि | १ मिनेट पाठ
    रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
    Whatsapp
    विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
    राजनीति
    Clock ५ घण्टा अघि | १ मिनेट पाठ
    विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
    Whatsapp
    राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
    अन्तर्राष्ट्रिय
    Clock ६ घण्टा अघि | १ मिनेट पाठ
    राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
    बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
    Whatsapp
    एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
    प्रवास
    Clock ६ घण्टा अघि | १ मिनेट पाठ
    एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
    आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
    Whatsapp
    सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
    राजनीति
    Clock ६ घण्टा अघि | १ मिनेट पाठ
    सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
    वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
    Whatsapp
    घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
    अपराध
    Clock ७ घण्टा अघि | १ मिनेट पाठ
    घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
    स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
    Whatsapp
    गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
    राजनीति
    Clock ७ घण्टा अघि | १ मिनेट पाठ
    गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
    नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
    Whatsapp
    अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
    समाज
    Clock ७ घण्टा अघि | ० मिनेट पाठ
    अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
    प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
    Whatsapp
    अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
    राजनीति
    Clock ७ घण्टा अघि | १ मिनेट पाठ
    अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
    Whatsapp
    नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
    अन्तर्राष्ट्रिय
    Clock ८ घण्टा अघि | १ मिनेट पाठ
    नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
    सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
    Whatsapp
    ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
    खेल
    Clock ८ घण्टा अघि | ० मिनेट पाठ
    ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
    Whatsapp
    गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
    राजनीति
    Clock ८ घण्टा अघि | १ मिनेट पाठ
    गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
    Whatsapp
    लगइन गर्नुहोस्
    हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
    साइन अप
    पास्वर्ड रिसेट गर्नुहोस
    साइन अप
    साइन अप गर्नुहोस