नेदरल्यान्ड्सविरुद्ध अतिरिक्त समयमा १–० को जित निकाल्दै महिला युरो कप २०२२ को अन्तिम चारमा स्थान बनाए पनि फ्रान्सकी प्रशिक्षक कोरिन्ना डायसिरी आफ्नो टोलीको प्रदर्शनमा असन्तुष्ट देखिइन्।
प्रतिस्पर्धात्मक बनेको खेलमा नेदरल्यान्ड्सकी डोमिनिक्यु जानसेनले फ्रान्सकी काडिडाटौ डियानीलाई पेनाल्टी क्षेत्रमा खराब ट्याकल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसलाई इभ पेरिसेटले सदुपयोग गर्दै टोलीलाई अघिल्लो चरणमा पुर्याएकी हुन्।
सेमिफाइनलमा स्थान बनाए पनि प्रशिक्षक कोरिन्ना डायसिरीले आफ्नो टोलीले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिएकी हुन्।
‘साबिक विजेतामाथिको जितपछि हामी नयाँ उचाइमा पुगेका छौं। यद्यपि यो नै अन्तिम होइन,’ फ्रान्सकी प्रशिक्षक डायसिरीले भनिन्, ‘बलियो जर्मनीलाई जितेर फाइनल प्रवेश गर्ने लक्ष्य हामीले लिएका छौं। जुन हाम्रा लागि निकै कठिन हुनेछ।’
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा फ्रान्सले पेनाल्टीमा बाजी मार्दै अन्तिम चारमा स्थान बनाएको हो। १ सय २ मिनेटमा इभ पेरिसेटले पेनाल्टीमा गरेको गोल निर्णायक भएको थियो।
यससँगै फ्रान्स पहिलो पटक महिला युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ भने साबिक विजेता नेदरल्यान्ड्सको यात्रा अन्तिम आठमा नै समाप्त भएको छ। रोमाञ्चक बनेको खेलमा फ्रान्सले नेदरल्यान्ड्सविरुद्ध अधिकांश समय बलमा पकड जमाएको थियो। निर्धारित समयको खेलमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए।
यससँगै २०२२ को महिला युरो कपमा सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार भएको अन्तिम खेलसँगै फाइनल प्रवेश गर्नका लागि प्रतिस्पर्धी टोलीको टुङ्गो लागेको हो। इङ्ल्यान्डले स्पेनलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउँदा दोस्रो खेलमा जर्मनीले अस्ट्रियालाई २–० ले स्तब्ध बनाएको थियो। यस्तै बेल्जियमलाई इन्जुरी सयममा हराउँदै स्विडेनले सेमिफाइनलमा इङ्ल्यान्डसँगको भेट पक्का गरेको थियो।
साबिक विजेता नेदरल्यान्ड्स पराजित हुँदा खेलाडीमा भएको चोट निकै महँगो साबित भयो। यस्तै महत्त्वपूर्ण खेलाडीमा कोरोना संक्रमण देखिनु पनि नेदरल्यान्ड्सका लागि दुर्भाग्य रह्यो। भिभियानी मेइडिमा कोभिड संक्रमणबाट मुक्त भए पनि उनको प्रदर्शन डच टोलीलाई अगाडि बढ्न पर्याप्त भएन।