श्रीलंकाका पूर्वकप्तान अरविन्द डी सिल्भाले इन्डियन प्रिमियर लिग (आइपिएल) र अन्य ट्वान्टी-२० फ्रेन्चाइज लिगले समग्र क्रिकेटको विकासमा टेवा पुगेको बताएका छन्। साथै उनले भारतीय खेलाडीलाई पनि विदेशी लिग खेल्न अनुमति दिइनुपर्ने बताएका छन्।
आइपिएल अहिले विश्वका स्टार क्रिकेटरका लागि सबैभन्दा आकर्षक प्रतियोगिता बनिरहेको छ। दुई महिनासम्म सञ्चालन हुने सो प्रतियागितामा खेलाडीले गर्ने आम्दानी समेत आकर्षक नै हुने गर्दछ। डी सिल्भा सन् १९९६ को विश्वकपमा आक्रामक ब्याटिङका लागि चिनिन्थे र उनको सोही ब्याटिङ प्रदर्शनमा श्रीलंकाले विश्वकप क्रिकेटको उपाधि जितेको थियो।
‘काउन्टी क्रिकेटले इङ्ल्यान्डका क्रिकेटरहरूलाई निकै फाइदा पुर्याएको छ,’ ५६ वर्षे डी सिल्भाले भने, ‘आइपिएल बिग ब्यास, इङल्यान्डको दी हन्ड्रेड र ट्वान्टी-२० बिट्जले खेलाडीलाई आफ्नो क्षमता विकास गर्न मद्दत गर्छ।’
डी सिल्भाले सन् १९९० को दशकमा इङ्लिस काउन्टी केन्टबाट खेलेका थिए। सन् २००८ मा आइपिएल सुरु भएपछि मात्र फ्रेन्चाइज लिगले एउटा उचाइ लिएको थियो। आइपिएलले हालै मात्र आफ्नो मिडिया राइड अक्सनमार्फत प्रत्येक खेलको १५ मिलियन डलरमा बेचेको थियो। जुन इङ्लिस प्रिमियर लिगको भन्दा ४ मिलियन डलर बढी हो। प्रिमियर लिगले प्रसारण अधिकार अक्सनमार्फत प्रत्येक खेलको ११ मिलियन डलरमा बेचेको थियो।
डी सिल्भाले आइपिएलमा साना राष्ट्रका खेलाडीहरूलाई समेत अवसर दिनुपर्ने बताए।
‘आइपिएल सबैको पहिलो रोजाइ हो, उनीहरूले एकछत्र राज गरेका छन्। तर उनीहरूले भार तीय खेलाडीलाई बाहिरका लिग खेल्न नदिनु भनेको अन्याय हो,’ डी सिल्भाले भने, ‘उनीहरू घरेलु लिगमा मात्र सीमित छन्। त्यो सरासर गलत हो। उनीहरूलाई पनि अन्यत्र खेल्न अनुमति दिनुपर्छ। आइसिसीले नै यस विषयमा अडान लिनुपर्छ।’
श्रीलंकाका लेग स्पिनर वानिन्डु हसरंगालाई आइपिएलको टोली रोयल च्यालेन्जर्स बेंगलोरले १.४२ विमियन डलरमा अनुबन्धित गरेको थियो।
उनी प्रतियोगितामा सर्वाधिक महँगो रकममा बिक्री हुने खेलाडीको सूचीको दोस्रो स्थानमा छन्। डी सिल्भाले लंकन प्रिमियर लिग (एलपिएल) र पाकिस्तान सुपर लिग (पिएसएल) को पनि प्रशंसा गरे।
डी सिल्भाले आफ्नो राष्ट्र अहिले चरम आर्थिक संकटबाट गुज्रिए पनि अस्ट्रेलियाले टेस्ट शृंखलाका लागि श्रीलंका भ्रमण गर्दा त्यहाँका जनतामा हर्ष छाएको पनि बताए। दुई खेलको शृंखलामा भ्रमणकारी टोली अस्ट्रेलिया १-० ले अघि छ। अस्ट्रेलियाले पहिलो टेस्ट १० विकेटले जितेको थियो।