गणेश थापा प्रतिबन्धित
३० कार्तिक २०७२
•
७ मिनेट पाठ
गणेश थापा प्रतिबन्धित
काठमाडौं-खेलमिलोमतो, आन्तरिक विवाद र लगातार कमजोर नतिजाका कारण नेपाली फुटबलको छवि धमिलिएकै बेला फिफाले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई भ्रष्टाचार अभियोगमा दसवर्षे प्रतिबन्ध लगाएको छ ।




विश्व फुटबलको सर्वोच्च निकाय फिफाले चार वर्षको अनुसन्धानपछि एसियाली फुटबल महासंघ (एएफसी) का पूर्व उपाध्यक्षसमेत रहेका एन्फा अध्यक्ष थापामाथि यस्तो प्रतिबन्ध लगाएको हो । थापा राप्रपा नेपालका सभासद हुन् ।

२०५२ सालदेखि निरन्तर एन्फा अध्यक्षका रूपमा नेपाली फुटबललाई नेतृत्व गरिरहेका थापा फिफाबाट आफूमाथि अनुसन्धान भइरहेको अवस्थामा गत वर्ष कात्तिकमा तीन महिना पदबाट अलग भएका थिए । देशभित्र पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले तत्कालीन प्रथम उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई कार्यवाहक अध्यक्ष बनाएर थापा थप तीन महिना पदबाट बाहिर रहेका थिए । जेठ अन्त्यमा श्रेष्ठको करेन्ट लागेर मृत्यु भएपछि थापा पदमा फर्किएका थिए ।

फिफाको इथिक्स कमिटीले सन् २००९ र २०११ मा भएको फिफा कार्यसमिति निर्वाचनमा एसियाली प्रतिनिधि छान्ने क्रममा थापाले ठूलो रकम घुसका रूपमा लिएको बताएको छ । 'लामो समय नेपाली फुटबलको नेतृत्व गर्ने क्रममा थापाले व्यक्तिगत र पारिवारिक रूपमा ठूलो रकम अन्य देशका फुटबल अधिकारीसँग लिएको खुलेको छ,' थापामाथि कारबाहीको निर्णय सार्वजनिक गर्दै फिफाले भनेको छ ।

इथिक्स कमिटीको न्यायिक विभागले थापामाथि प्रतिबन्धका साथै १९ हजार ८ सय ५० अमेरिकी डलर जरिवानाको पनि निर्णय गरेको छ ।

अघिल्लो महिना मात्र अन्तर्राष्ट्रिय खेलमा आर्थिक प्रलोभनमा परी मिलोमतो गरेको अभियोगमा प्रहरीले राष्ट्रिय टोलीका कप्तान सागर थापासहित उपकप्तान सन्दीप राई र गोलकिपर रितेश थापा तथा पूर्व राष्ट्रिय खेलाडीद्वय अञ्जन केसी र विकाससिंह क्षेत्रीलाई पक्राउ गरेर विशेष अदालतमा मुद्दा चलाएको थियो । अदालतले गत साता सबै खेलाडीलाई धरौटीमा रिहा गरेको छ ।

फिफाबाट भ्रष्टाचार अभियोगमा दोषी देखाइएका एन्फा अध्यक्ष थापाले आफू निर्दोष रहेको दाबी गरेका छन् । सोमबारै विज्ञप्ति जारी गर्दै थापाले 'फिफाको प्रक्रियाअनुसार अपिल गर्ने र आवश्यक परे कोर्ट अफ आर्बिटेसन (कास) सम्म जाने' बताएका छन् ।

'मैले आज बिहान मात्र फिफा इथिक्स कमिटीबाट आफूमाथि प्रतिबन्ध लागेको विषयमा जानकारी पाएँ । यो निर्णयले मलाई निराश पारेको छ । यो निर्णय न्यायोचित छैन,' थापाले विज्ञप्तिमा भनेका छन्, 'मैले पछिल्लो चार वर्ष अनुसन्धानका क्रममा फिफालाई पूरा सहयोग गरेको थिएँ । म फिफासँग यसको पूरा कारण माग्छु । त्यसपछि आफ्नो निर्दोष साबित गर्न फिफा र आवश्यक परे काससम्म जान्छु ।'

इथिक्स कमिटीले लाओस फुटबल संघका अध्यक्ष भिफेट सिहाचाक्रमाथि दुई वर्षको प्रतिबन्ध लगाएको छ । सिहाचाक्रमाथि २०११ को फिफा कार्यसमिति निर्वाचनक्रममा घुस लिएको अभियोगमा कारबाही गरिएको हो ।

भ्रष्टाचारको अभियोगमा आजीवन प्रतिबन्ध भोगिरहेका एएफसीका पूर्वअध्यक्ष मोहम्मद बिन हमामसँग थापाले १ लाख डलर लिएको २०१२ को जुनमा सार्वजनिक भएको थियो । हमाममाथि फिफाले अनुसन्धान गर्ने क्रममा एएफसीमा कार्यरत थापापुत्र गौरवको खातामा हमामले १ लाख डलर हालिदिएको खुलेपछि थापा पनि अनुसन्धानको घेरामा परेका थिए । अनुसन्धानका क्रममा थापाले २०१० मै हमामसँग थप १ लाख १५ हजार पाउन्ड पनि लिएको गत वर्ष असारमा खुलेको थियो । थापा स्वयंले व्यक्तिगत सम्बन्धका आधारमा उक्त रकम हमामसँग लिएको स्विकारेका थिए । 'यो नितान्त साथीको सम्बन्धका आधारमा भएको व्यक्तिगत कारोबार हो । यसको फुटबलसँग कुनै सम्बन्ध छैन,' थापाले भन्ने गरेका थिए ।

एन्फाका दुई उपाध्यक्ष कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धर तथा सदस्य पंकजविक्रम नेम्वाङले थापाविरुद्ध आन्दोलन सुरु गरेपछि देशभित्र पनि उनी संकटमा परेका थिए । शेर्पा नेतृत्वको विद्रोही समूहले थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, राष्ट्रिय खेलकुद परिषद र सम्पत्ति शुद्धीकरण विभागमा भ्रष्टाचारको अभियोगमा कारबाहीका लागि निवेदन दिएका थिए । सार्वजनिक लेखा समितिले गत वर्ष असोज १३ गते ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै थापामाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई निर्देशन दिएको थियो । तर, अख्तियारले त्यही वर्ष फागुन ६ गते थापाविरुद्धको मुद्दा तामेलीमा राख्दै उनलाई एन्फा फर्कने बाटो खुला गरेको थियो ।
अर्को समाचार
लम्बिँदै फुटबलको संक्रमण
२२ पौष २०७२
•
११ मिनेट पाठ
लम्बिँदै फुटबलको संक्रमण
काठमाडौं- आन्तरिक विवाद यथावस्थामै रहँदा नेपाली फुटबलको संक्रमणकाल अझै लम्बिने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा भ्रष्टाचार अभियोगमा प्रतिबन्धित भएपछि बाँकी पदाधिकारीबीचको पुरानो दुरी घट्नुको साटो अझै बढिरहेकाले पनि संक्रमणकाल लम्बिने छाँट देखिएको हो।विवाद समाधानका लागि एसियाली फुटबल महासंघ (एएफसी) र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ठोस कदम नचालेका कारण पनि फुटबलको आन्तरिक राजनीतिमा अन्योल कायम रहेको दुवै पक्षको गुनासो छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राखेप वा एसियाली फुटबलको नियमनकारी निकाय एएफसीबाट 'हस्तक्षेप' को अपेक्षामा रहेका एन्फाको संस्थापन र विरोधी दुवै पक्ष 'पर्ख र हेर' को अवस्थामा छन्।




दुई वर्षअघि भएको एन्फा साधारणसभाले थापाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो। त्यसमध्ये थापा प्रतिबन्धमा परिसकेका छन् भने वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको मृत्यु भइसकेको छ। जसका कारण हाल एन्फा कार्यसमितिमा निर्वाचित १५ पदाधिकारीमात्र बाँकी छन्। एन्फा नेतृत्वविरुद्ध पछिल्लो तीन वर्षदेखि विद्रोह गरिरहेका तीन उपाध्यक्ष कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज नेम्वाङलाई एन्फाले असोजमा साधारणसभासम्मका लागि भन्दै बर्खास्त गरेको छ। लगातार तीन बैठकमा सहभागी नभएको भन्दै एन्फाले चार पदाधिकारीलाई बर्खास्त गरेको हो। तर, उक्त बर्खास्तगीको निर्णय साधारणसभाले अनुमोदन गर्नुपर्ने व्यवस्था छ। जबकि एन्फाले साधारणसभाअघि नै चार पदाधिकारीको ठाउँमा अन्यलाई मनोनीत गरिसकेका कारण समस्या जटिल बनेको हो।

साधारणसभामा आफ्नो बहुमत आँकलन गरिरहेको संस्थापन पक्ष साधारणसभालाई विवाद समाधानको उपयुक्त थलो मानिरहेको छ। अर्को पक्ष २०७० को निर्वाचनबाट चुनिएका आफूसहितका १५ पदाधिकारीको बैठक र त्यसले लिने निर्णयबाट विवाद समाधानको प्रयास थाल्नुपर्ने बताउँछ।

एकातिर चार पदाधिकारीमाथि कारबाही गर्ने निर्णय कार्यान्वयन गराउने संस्थापन पक्षको अडान र कारबाहीको निर्णय नै अवैधानिक मान्ने शेर्पा समूहको तर्कबीच फुटबलको हलो अड्किइरहेको छ। प्रतियोगिता आयोजना, नियमित गतिविधि तथा अन्य विकासे कार्यक्रम पनि यो विवादको सिकार भइरहेको छ।

'अहिलेका सबै विवादको अन्त्य साधारणसभाबाट टुंगिन्छ भन्ने हाम्रो आशा हो। तीन उपाध्यक्ष र सदस्यको बर्खास्तगीको निर्णय साधारणसभामा पेश गर्नेछौं,' एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर अन्योल रहेको स्विकार्दै भन्छन्, 'त्यसबाट आउने निर्णय सबैले मान्नुपर्ने हुन्छ। अध्यक्ष र वरिष्ठ उपाध्यक्षको अनुपस्थितिबाट रिक्त रहेका स्थानमा पनि साधारणसभाले स्थायी समाधान दिनेछ।'

तर, शेर्पा समूह त्यसमा सहमत छैन। 'पछिल्लो साधारणसभाले निर्वाचित गरेको कार्यसमिति वैधानिक निकाय हो। त्यसको बैठकले मात्र साधारणसभाका विषयमा निर्णय लिनसक्छ,' उपाध्यक्ष शेर्पाले नागरिकसँग भने, 'विवाद समाधानको प्रस्थान बिन्दु निर्वाचित समितिको बैठक हो।'

सिइओ तुलाधरको भनाइ मान्ने हो भने एएफसीले विवाद समाधानका लागि साधारणसभालाई उत्तम विकल्प भनिरहेको छ। तर, एन्फाले साधारणसभा कसरी गर्ने तथा बर्खास्त पदाधिकारी र सदस्यका हकमा के गर्ने भन्ने निर्णय लिन सकेको छैन। त्यसैले एन्फा एएफसीको प्रस्ट निर्देशनको पर्खाइमा छ। 'एएफसी र राखेपले दिने निर्देशन कुरिरहेका छौं,' तुलाधरले भने, 'एन्फाका लागि एएफसीको निर्देशन बाध्यकारी हुने भएकाले त्यसले विवाद समाधानको एउटा बाटो दिनसक्छ।'

यसमा भने शेर्पा पनि सहमत छन्। भन्छन्, 'अध्यक्षको निलम्बनपछि एउटा चरण सकिएको छ। अब एएफसी र राखेपले विधानअनुसार समाधानको उपाय दिन्छौं भनेकाले त्यसैलाई कुरेका छौं। एएफसीबाट जस्तो निर्णय आए पनि हामीलाई त्यो स्विकार्य हुनेछ।'

फिफाको इथिक्स कमिटीले कात्तिक ३० मा अध्यक्ष थापालाई सन् २००९ र २०११ मा भएको फिफा कार्यसमिति निर्वाचनमा एसियाली प्रतिनिधि छान्नेक्रममा घुस लेनदेनमा सहभागी भएको भन्दै १० वर्ष प्रतिबन्ध र झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेपछि फुटबलको आन्तरिक राजनीति तरंगित भएको थियो।

त्यसपछि एएफसीले नेपालको अवस्था बुझ्न अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेललाई मंसिर पहिलो साता नेपाल पठाएको थियो। कट्टेलसँगको छलफलपछि एक महिनाको समय दिएर राखेपले पूर्व खेलकुद सचिव प्रतापकुमार पाठकको संयोजकत्वमा मंसिर १० मा ५ सदस्यीय एन्फा छानबिन समिति गठन गरेको थियो। तर, समितिले अझैसम्म प्रतिवेदन बुझाएको छैन।

कट्टेलले एन्फाका विवादित दुवै पक्ष, युवा तथा खेलकुदमन्त्री, राखेप सदस्यसचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतसँग छलफल गरेर फर्के पनि एन्फा विवाद समाधानबारे एएफसीले आफ्नो धारणा सार्वजनिक गरेको छैन। राखेपले पनि समय नपुगेको भन्दै पाठक समितिमा समय थप गरेको छ। राखेपको निर्णय आफूअनुकूल नआए दुवै पक्षले इन्कार गर्ने सम्भावना रहे पनि एएफसीको निर्णय भने अटेर गर्ने अवस्थामा दुवै पक्ष छैन।

आफ्नो पक्षमा निर्णय आउनेमा दुवै पक्ष आशावादी छन्। नरेन्द्र श्रेष्ठले कार्यवाहक अध्यक्षको हैसियतमा भारतमा भएको एएफसी अवार्डमा निम्ता पाएपछि एन्फाको संस्थापन पक्ष आफ्नो निर्णयले स्विकृति पाएको भन्नेमा ढुक्क देखिन्छ। यसैगरी कट्टेलले छलफलका क्रममा २०७० को कार्यसमितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई एन्फा कार्यसमितिको मान्नुपर्ने भनेबाट शेर्पा समूहले पनि आशा साँचेको छ।

शेर्पा समूहले श्रेष्ठलाई कार्यवाहक बनाउनु विधानविपरीत भएको भन्दै विरोध गरिरहेको छ। श्रेष्ठले भने अन्य तीन उपाध्यक्ष र आफू फरक ढंगले मनोनयन भएको जिकिर गरेका छन्।

एन्फाले असोज ११ मा निर्वाचित तीन उपाध्यक्ष र सदस्यलाई आउँदो साधारणसभासम्म बर्खास्त गरेको थियो। उनीहरूलाई बर्खास्त गरेकै दिन असोज ११ मा एन्फाले श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष तथा वीरबहादुर खड्का, मणि कुँवर र सन्तोष बानियाँलाई उपाध्यक्षमा मनोनीत गरेको थियो।

कारबाही गरेर रिक्त उपाध्यक्ष पदमा भएको अन्य मनोनयन र वरिष्ठ उपाध्यक्षमा आफ्नो मनोनयन फरक भएको दलिल पेश गर्नेक्रममा श्रेष्ठले भनेका छन्, 'तत्कालीन कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको असामयिक निधनले रिक्त पदमा मेरो मनोनयन भएकाले यसलाई अन्य मनोनयनसँग तुलाना गर्न मिल्दैन।'

एएफसीले पनि श्रेष्ठलाई कार्यवाहक अध्यक्षका रूपमा गरेको व्यवहारले उनको भनाइलाई बल प्रदान गरेको छ। तत्कालीन कार्यवाहक अध्यक्ष श्रेष्ठको जेठ २९ मा करेन्ट लागेर मृत्यु भएको थियो।

विद्रोही पक्षलाई निषेध गरेर एन्फाले भदौमा साधारणसभा गर्न खोज्दा पुनरावेदन अदालतले रोकेको थियो। शेर्पा समूहको अपिलका आधारमा अदालतले विद्रोही पक्ष समावेश नगरी साधारणसभा नगर्नू भनेर आदेश दिएको थियो। २०७० मा निर्वाचनपछि एन्फाको कुनै साधारणसभा बस्न सकेको छैन। अघिल्लो वर्ष सार्वजनिक लेखा समितिको निर्देशनमा एन्फा साधारणसभा रोकिएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस