चन्द्र मादेन ‘आन्छन्’ साहित्यिक पुरस्कार अन्तर्गत ताप्लेजुङको फुङलिङमा यस वर्ष सञ्चालित खुल्ला गजल प्रतियोगितामा मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका रोशन गुरुङ प्रथम भएका छन्।
प्रतियोगितामा फुङलिङ नगरपालिका वडा नं ६ का नवराज आचार्य द्धितिय र फुङलिङ नगरपालिका वडा नं २ का तुकेन्द्र मादेन तृतीय भएका छन्। प्रथम हुने गुरुङले नगद १० हजार, द्धितिय हुने आचार्यले नगद ५ हजार र तृतीय हुने मादेनले नगद ३ हजार रुपैयाँका साथ प्रमाणपत्र प्राप्त गरेको आयोजक कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिए। आयोजक कञ्चनजंघा साहित्यिक प्रतिष्ठानले अम्बिका हाङ्वाङ, मानसिंह राई र राजमणि प्याकुरेल ३ सदस्यीय निर्णायक मण्डलमार्फत गजलको मूल्याङ्कन गरेको थियो। कार्यक्रममा जिल्ला न्यायाधीस प्रकाश राउतले साहित्य राष्ट्रभक्ति,देश विकास र समाज परिवर्तन केन्द्रित हुनुपर्नेमा जोड दिए।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले गरिबी, सामाजिक विभेद, पछौटेपनविरुद्ध राष्ट्र तथा राष्ट्रियताप्रति समर्पित शब्द भाव पोखिने हो भने साहित्यको वजन गहक बन्ने बताए। अक्षयकोषदाता मादेनले ताप्लेजुङको साहित्य क्षेत्रलाई मलजल गर्न तथा साहित्यका माध्यमबाट विकास, शुसासन र समाज परिवर्तनमा नयाँ आयाम ल्याउने उद्देश्यसहित आफूले कञ्चनजंघा साहित्यिक प्रतिष्ठानसंग सहकार्य गरेको बताए।
कार्यक्रममा अग्रज संगित तथा साहित्य स्रष्टा भरत गुरुङ, प्याब्सनका पूर्व केन्द्रीय सदस्य युवराज गिरी लगायतले साहित्य साधना र यिनीहरुका आयामबारे बताएका थिए। ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ४ घर भई हाल हङकङमा बस्दै आएका ‘आन्छन्’ले ताप्लेजुङस्थित कञ्चनजंघा साहित्यिक प्रतिष्ठानमा तीन लाख रुपैयाँको अक्षयकोष खडा गरिदिएका छन्।
२०७३ साल फागुन महिनामा साहित्यिक प्रतिष्ठान र मादेनका बीच अक्षयकोषका लागि सम्झौता भएको थियो। यहिँ अक्षयकोषको व्याजबाट हरेक वर्ष जिल्ला स्तरीय साहित्यीक कार्यक्रम गरी पहिलो, दोस्रो, तेस्रो हुनेलाई पुरस्कृत गरिँदै आएको छ।