क्रोएसियाका मिडफिल्डर लुका मोडरिचले स्पेनिस क्लब रियाल मड्रिडसँगको सम्झौता थप एक वर्ष लम्ब्याएका छन्। युरोपियन च्याम्पियन रियालले बुधबार विज्ञप्ति जारी गर्दै मोडरिचसँगको सम्झौता आगामी सिजनको अन्त्यसम्मका लागि लम्बिएको जनाएको हो।
आगामी सेप्टेम्बरमा ३७ वर्ष लाग्ने मोडरिचले सम्पन्न स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। प्रशिक्षक कार्लो एन्सिलोट्टीले मोडरिचको आवश्यकता टोलीमा अझै रहेको भन्दै क्लबलाई सम्झौता लम्ब्याउन सुझाएका थिए।
‘रियाल मड्रिड र लुका मोडरिचबीचको सम्झौता २०२३ को जुन ३० सम्मको लागि लम्बिएको छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। १२ महिनाअगाडि पनि मोडरिचले रियालसँग एक वर्षे सम्झौता गरेका थिए। मोडरिचले क्रोएसियाका लागि १ सय ५० खेल खेलिसकेका छन्।
गत सोमबार क्रोएसियाले फ्रान्ससँग १–१ गोलको बराबरी खेल्दा मोडरिचको खेल उत्कृष्ट रहेको थियो। २००६ देखि राष्ट्रिय टोलीमा खेल्दै आएका मोडरिचले २१ गोल गरेका छन्। यस्तै २०१२ मा प्रिमियर लिग क्लब टोटेनह्यामबाट रियालमा अनुबन्धित भएका मोडरिचले रियालका लागि भने २ सय ९४ खेल खेलेका छन्। क्लबका लागि उनले २२ गोल पनि गरेका छन्।