२५औं मिनेटमा लिएको अग्रतालाई अन्तिम आठ मिनेट जोगाउन नसक्दा बिहीबार स्पेनले नेसन्स लिगमा पोर्चुगलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
रिकार्डो होर्टाले खेल सकिन आठ मिनेट बाँकी रहँदा गरेको गोलको सहयोगमा पोर्चुगलले नेसन्स लिगमा स्पेनसँग हारको संकट टारेको हो। २५औं मिनेटमा अल्भारो मोराटाले गरेको गोलमा स्पेनले सुरुआती अग्रता लिँदै पोर्चुगलमाथि दबाब बनायो।
तर, अग्रता अन्तिम ८ मिनेट कायम रहन सकेन। ८२औं मिनेटमा रिकार्डाेले पोर्चुगललाई खेलमा फर्काउँदै टोलीलाई हारबाट जोगाए। दोस्रो हाफमा मैदान आएका क्रिस्टियानो रोनाल्डो पनि गोल गर्न असफल भए। स्पेन गत संस्करणको नेसन्स लिगको फाइनलमा फ्रान्ससँग पराजित भएको थियो।
स्पेन लगातार चार जितसहित २०२२ को नेसन्स लिगमा छनोट भएको थियो। स्पेनलाई सुरुआती अग्रता दिलाएका अल्भारो मोराटोले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न चुक्दा पोर्चुगलसँग अंक बाँड्नु परेको प्रतिक्रिया दिए। ‘खेल अवधिभर हामीले धेरै मौका पायौं। हामीले सदुपयोग गर्न सकेनौं र उनीहरूले गोल गर्दै खेल बराबरीमा ल्याए। अझै राम्रो गर्न हाम्रो टोली निकै मिहिनेत गर्नु पर्नेछ,’स्पेनका मोराटाले भने। दुवै टोलीलाई विश्वकप उपाधिको दाबेदारका रूपमा हेरिएको छ।
कतारमा आयोजना हुने संस्करणका लागि स्पेन नयाँ युवा खेलाडीलाई समावेश गर्दै ‘टिकीटाका शैली’को फुटबलको शाख फर्काउन चाहन्छ भने पोर्चुगल पनि आश्चर्यजनक खेल देखाउनमा आतुर छ। स्पेनका लागि मोराटा समान सर्वाधिक २६ गोल गर्ने सातौं खेलाडी पनि भएका छन्। ५३ खेलमा मोराटाले २६ गोल पूरा गरेका छन् भने सर्जियो बुस्केट राष्ट्रिय टोलीबाट १ सय ३५ खेल खेल्ने खेलाडी बने। उनी इकर कासिलास र सर्जियो रामोसभन्दा एक खेलले पछि छन्। बिहीबारको खेलमा १७ वर्षे गाभीको खेल उत्कृष्ट रह्यो।
‘उत्कृष्ट खेल देखाएका गाभी अझै पनि स्पेनिस फुटबलमा अभ्यस्त छैनन्,’ स्पेनका प्रशिक्षक लुइस इनरिकेले १७ वर्षे युवा खेलाडीको प्रदर्शनलाई तारिफ गर्दै भने, ‘आक्रामक शैलीमा मात्र हैन, रक्षात्मक हिसाबमा पनि उनको प्रदर्शन निकै तारिफयोग्य छ। यी मध्येमा पनि उनी रक्षात्मक पोजिसमा राम्रा छन्। दुवै खुट्टाले सुट गर्न सक्छन्। उनी नौलो स्वभावका पनि छन्।’