विश्व नम्बर एक नोभाक जोकोभिचले आइतबार फ्रेन्च ओपनको अन्तिम १६ मा डिएगो स्वार्चम्यानलाई ६–१, ६–३, ६–३ ले पराजित गर्दै १३ पटकका विजेता राफाइल नाडालसँगको क्वार्टरफाइनल भेट पक्का गरेका छन् ।
सन् २००५ मा पहिलो पटक फ्रेन्च ओपनको उपािध जितेका नाडालले यस प्रतियोगितामा एक सय नौ खेल जितेका छन् भने मात्र तीन खेल गुमाएका छन्। नाडाल क्वार्टरफाइनलमै साबिक विजेता जोकोभचको उपाधि रक्षा लक्ष्यमा पूर्णविराम लगाउन चाहन्छन्। नाडालले भने आफ्ना काका तथा पूर्वप्रशिक्षक टोनी नाडालको प्रशिक्षणमा रहेका २१ वर्षे फेलिक्स औगर अलियास्मीलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए। ‘मलाई मेरो अवस्था बारेमा थाहा छ र मैले यसलाई स्वीकार गर्नुपर्छ। म धेरै गुनासो गर्न चाहन्नँ,’ नाडालले भने, ‘खुट्टाको चोटका कारण मैले यस पटक फ्रेन्च ओपन खेल्ने वा नखेल्ने दुबिधा थियो।
म यो दुबिधालाई चिर्दै अन्ततः प्रतियोगितामा सहभागी हुँदैै क्वार्टरफाइनलसम्मको यात्रा तय गर्न सफल भएँ। मलाई फ्रेन्च ओपनमा मेरो अन्तिम सहभागिता हो वा होइन थाहा छैन। मलाई खुट्टाको चोटका कारण स्वाभाविक लयमा फर्कन निकै कठिन भइरहेको छ। आगामी दिनमा मेरो खेलजीवन के हुन्छ मलाई थाहा छैन ।’ सन् २००६ मा जोकोभिच र नाडाल पहिलो पटक फ्रेन्च ओपनको क्वार्टरफाइनलमा आमनेसामने भएका थिए। यी दुई ग्रान्ड स्लाममा अहिलेसम्म ५८ पटक आमनेसामने भएका छन्। जसमा जोकोभिचले ३० खेल जितेका छन् भने नाडालले २८ खेल जितेका छन्। क्ले कोर्टमा भने नाडालले १९ खेल जित्दा जोकोभिचले ८ खेल मात्र जितेका छन्। फ्रेन्च ओपनमा जोकोभिचसँग भएको नौ भेटमा नाडालले सात खेल जितका छन्।
नाडालले अस्ट्रेलि यन ओपन जित्दै आफ्नो २१औं ग्रान्ड स्लामको कीर्तिमान रचेका थिए। जोकोभिच र रोजर फेडेररले समान २० वटा ग्रान्ड स्लाम जितेका छन्। नाडाललाई क्वार्टफाइनलमा रोक्न सके जोकोभिचले २१औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्नेछन्। ‘मैले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्ने क्रममा धेरै कठिनाइको सामना गर्नु परेको छैन,’ जोकोभिचले भने, ‘नाडालसँग फ्रेन्च ओपनको भेट सधैं प्रतिष्ठाको विषय हो। यस पटक म पूर्ण रूपमा फिट छु र नाडालको चुनौती पनि सहजै पार गर्नेमा विश्वस्त छु ।’