खुला दौडको उपाधि मिजारलाई
१४ जेष्ठ २०७९
•
१ मिनेट पाठ
खुला दौडको उपाधि मिजारलाई
गणतन्त्र दिवसको अवसरमा हेटौंडामा आयोजना भएको ६ किलोमिटर खुला दौड प्रतियोगिताको उपाधि हेटौंडा १४ का सञ्जीव मिजारले जितेका छन्। ५७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले निर्धारित दुरी २३ मिनेट २६ सेकेण्डमा पार गर्दै विजेता भएका हुन्।




दौडमा श्रीजन गणका निरायण जिसी (२३ मिनेट ३१ सकेण्ड) द्वितीय र सुनाचुरी ब्यारेकका गणेशबहादुर कुंवर (२३ मिनेट ४७ सेकेण्ड) तृतीयभए। वागमती प्रदेश स्तरीय गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको दौड प्रतियोगितामा ५८ जना सहभागी भएका थिए।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय भएका खेलाडीले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै महिलातर्फको उपाधि गोरखबहादुर गणका भिष्मा बस्नेतले जितेकी छिन्। अन्य ८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्। कालीप्रसाद गणका बसन्तीगोले द्वितीय र दंगाप्रहरी गणकी दुर्गा खाती तृतीय भइन्।

विजेतालाई गणतन्त्र दिवसको दिन हुने अन्तिम कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ। वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी लगायतको आतिथ्यतामा दौड भएको हो। मकवानपुरमा विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ।
अर्को समाचार
अन्नपूर्ण आधार क्षेत्रमा दौड प्रतियोगिता
०७ जेष्ठ २०८०
•
२ मिनेट पाठ
अन्नपूर्ण आधार क्षेत्रमा दौड प्रतियोगिता
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दौड प्रतियोगिताको आयोजना गरिएको छ।




पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धनको अभियान अन्तरगत समद्री सतहदेखि ४१ सय ९० मिटर उचाईमा आयोजित प्रतियोगितामा पत्रकार सन्दिप रिजाल प्रथम, अन्नपूर्ण गाउँपालिका फिल्ड सहायक यामप्रसाद पूर्जा द्धितिय र प्रभु बैंक पोखरेबगरका  सहायक कर्मचारी बिष्णुप्रसाद रिमाल तृतिय भएका थिए।

प्रतियोगितामा कार्यपालिकाका सदस्य, पर्यटन व्यवसायी र पत्रकारहरु सहित ३० जनाले सहभागिता जनाएका थिए। सोही अवसरमा आयोजित छेलो प्रतियोगितामा अन्नपूर्ण गापाका फिल्ड सहायक यामप्रसाद पूर्जाले प्रथम भएका थिए। प्रतियोगितामा विजेतालाई वडा नं ४ का वडा अध्यक्ष लोकबहादुर फगामी, वडा नं ७ मईलन पूर्जा पुन र वडा नं ८ का अध्यक्ष खमबहादुर गर्बुजा र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नगद ३ हजार, २ हजार १ हजार, दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए। अन्नपूर्ण आधार क्षेत्रभित्रको सम्भावनाको पहिचान, आवश्यक पूर्वाधार विस्तारका लागि गरिएको पदयात्राको क्रममा प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताए।

‘छोटो पैदलयात्रामा पुगिने र सुरक्षित गन्तब्य पनि हो,‘उच्च क्षेत्रमा हुने प्रतियोगिताका लागि समेत सम्भावना रहेको देखिन्छ, थप अध्ययन गरी योजना बनाउँछौ’ सुबेदीले भने। अन्नपूर्ण आधार क्षेत्रमा भलिबल, फुटबल सहितका अन्य खेलकुद प्रतियोगिताको सम्भावना समेत रहेको बताए। उनले मोटर गुड्ने सडक सञ्जाल र मानव वस्ती देखि टाढा रहेको आधार शिविर जाने पदमार्गमा बाटो, पुल, आश्रयस्थल, सञ्चार लगायतका पूर्वाधार निर्माणका लागि अध्ययन थालिएको बताए। आठ हजार ९१ मिटर विश्वको १० औ अग्लो अन्नपूर्ण हिमालको सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए। ८  हजार मिटर भन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो।  
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस