आसिथा फर्नान्डोले करियरकै उत्कृष्ट प्रदर्शन गरेको दिन शुक्रबार श्रीलंकाले घरेलु टोली बंगलादेशसँगको दोस्रो टेस्ट क्रिकेटमा १० विकेटले जित निकाल्दै शृंखला आफ्नो बनाएको छ।
फर्नान्डोको ६ विकेट प्रेरणामा श्रीलंकाले दोस्रो टेस्टमा बंगलादेशमाथि रबाफिलो जित निकाल्दै दुई खेलको शृंखला १–० ले जितेको हो। दोस्रो इनिङमा घरेलु टोली बंगलादेशलाई १ सय ६९ रनमा समेट्न २४ वर्षे आसिथाले ढाकाको शेर इ बंगला क्रिकेट मैदानमा नायकी प्रदर्शन गरे। ‘लक्ष्यअनुरूप सफलता पाउनका लागि हामीलाई केही विकेट आवश्यक थियो,’ श्रीलंकाका कप्तान दिमुथ करुनारत्नेले भने, ‘सोही लक्ष्यअनुरूप तीव्र गतिका बलरले दुवै इनिङमा आफ्नो जिम्मेवारी निर्वाह गरे ।’ पहिलो इनिङमा बंगलादेशलाई ३ सय ६५ रनमै रोकेको श्रीलंकाले ५ सय ६ रन बनायो।
त्यसपछि फराकिलो अग्रता बनाएको श्रीलंकाले लगत्तै पाहुना टोलीलाई ब्याटिङको निम्तो दियो। तथापि, फर्नान्डोको उत्कृष्टप्रदर्शन प्रेरित श्रीलंकाले दोस्रो इनिङमा बंगलादेशलाई १ सय ६९ रनमा रोकेपछि २९ रनको लक्ष्य पायो। जुन लक्ष्य श्रीलंकाले ओसादा फर्नान्डोको २१ रनको आक्रामक ब्याटिङमा तीन ओभरमै पूरा गर्यो। फर्नान्डोले ९ बलमा तीन चौका र एक छक्का हिर्काए। कप्तान करुनारत्ने ७ रनमा अविजित रहे। बंगलादेशले ३४–४ को अवस्थाबाट पाँचौं दिन सुरु गर्यो।
श्रीलंकाका बलर कसुना रजिथाले आठौं ओभरमा मुस्फिकर रहिमलाई २३ रनमा आउट गर्दै बंगलादेशको पाँचौं विकेट लिए। तर, साकिब अल हसन र लिटन दासले छैटौं विकेटका लागि एक सय १० रनको साझेदारी गर्दै बंगलादेशको इनिङ उकासे। श्रीलंकाको मजबुत फिल्ड सजाए पनि सकिबले रजिथाको एकै ओभरमा तीन चौका हिर्काए। ‘ओभर नाइट’ ब्याटिङ गरेका लिटन दासले राम्रो भूमिका निर्वाह गरे। तर, लन्चपछि आसिथाले पाहुना टोलीको इनिङ धराशयी बनाए। उनले लिटन र सकिब दुवैको विकेट लिँदै चौथो विकेट पूरा गरे।
त्यसअघि आसिथाले ओपनरद्वय मेहमुदुल हसन र तमिम इकबाललाई अघिल्लो दिन नै आउट गरेका थिए। आसिथाले नै अन्तिम दुई विकेट लिँदै बंगलादेशलाई समेट्नुअघि रमेश मेन्डिसले मोसाद्दिक होसेनको विकेट निकाले। ‘आज निकै निराशाजनक प्रदर्शन भयो,’ बंगलादेशका कप्तान मोमिनल हकले भने, ‘उनीहरूले नयाँ बलमा हामीलाई दबाबमा राखे। आगामी दिन यसमा सुधार गर्ने प्रयासमा हुनेछौं।’
पहिलो १० विकेट
आसिथाले १ सय १४ रन बेहोर्दा दोस्रो टेस्टमा १० विकेट लिए। यो उनको पहिलो सफलता पनि हो। उनले पहिलो इनिङमा ४–९३ को प्रदर्शन गरेका थिए। पहिलो इनिङमा उनी र रजिथाले बंगलादेशलाई २४–५ को नाजुक अवस्थामा पुर्याएका थिए। तर, मुस्फिकरले नटआउट १ सय ७५ रन र दासले १ सय ४१ रनको यादगार इनिङ खेल्दै बंगलादेशलाई खेलमा फर्काए। त्यसको जबाफमा श्रीलंकाका एन्जेलो माथ्युजले नटआउट १ सय ४५ रन र दिनेश चण्डीमलले १ सय ४१ रनको इनिङ खेल्दै पाहुना टोलीलाई दरिलो साथ दिए।
सोही प्रेरणामा श्रीलंकाले पहिलो इनिङको समाप्तिमा १ सय ४१ रनको बलियो अग्रता लियो। दोस्रो इनिङमा पनि बंगलादेश सुरुमै धराशयी हुँदा २३ रन जोड्ने क्रममा चार विकेट गुमायो। त्यससँगै श्रीलंकाले दोस्रो टेस्ट आफ्नो पकडमा राखेको थियो। तर, सकिब र दासले पुनरागमनको प्रयास गरे पनि बंगलादेशले सफलता पाउन सकेन।
चित्तागोङको पहिलो टेस्ट भने बराबरीमा सकियो। अब वेस्ट इन्डिजसँगको दुई टेस्ट, तीन ट्वान्टी–२० र तीन एकदिवसीय क्रिकेटका लागि बंगलादेश जुनमा त्यसतर्पm जानेछ। देशमा चरम आर्थिक मन्दीका बावजुद श्रीलंकाले पनि आगामी महिना अस्ट्रेलिया भ्रमण गर्नेछ। जहाँ श्रीलंकाले तीन ट्वान्टी–२०, पाँच एकदिवसीय र दुई टेस्ट खेल्नेछ।