पेरिसमा शनिबार च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडको सामना गर्दा लिभरपुल चार वर्षअघि किभमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ।
कार्लो एन्सेलोट्टीको टोली भने चार वर्षअघिको जस्तै सुखद नतिजाका साथ १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा छ। सन् २०१८ मा सम्पन्न सो फाइनल रियालले ३–१ ले जितेको थियो। पछिल्लो पाँच वर्षमा लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा प्रतिस्पर्धा गर्न लागेको यो तेस्रो पटक हो। २०१८ मा रियाललाई नतिजा सुम्पिएको योर्गान क्लोपको टोली एक सिजनपछि नै प्रिमियर लिगकै क्लब टोटनह्यामलाई हराउँदैै च्याम्पियन्स लिगको विजेता बनेको थियो। लिभरपुल सातौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न चाहन्छ।
एकै सिजन चार उपाधिको कीर्तिमान संघारमा पुगे पनि म्यानचेस्टर सिटीसँग एक अंकले पछि पर्दै दोस्रो स्थानमा बस्न बाध्य भएपछि क्लोपको टोली निराश बनेको थियो। क्लोपको टोलीले यसअघि नै इङ्लिस लिग कप र एफए कपको उपाधि जितेको थियो।
दुवै उपाधि जित्ने क्रममा चेल्सीले दुवै पटक चेल्सीलाई पेनाल्टी सुटआउटमा हराएको थियो। ‘उपाधि जित्नुजस्तो आनन्द अरू केहीमा आउँदैन,’ लिभरपुलका एन्डी रोबर्टसनले भने। ‘हामी एकै सिजन चार उपाधि जित्ने कीर्तिमानको संघारमा पुगेका थियौं, ’ क्लोपले भने, ‘तर प्रिमियर लिगको उपाधि हामीले जित्न सकेनौं। यद्यपि हामीले इङ्लिस लिग कप र एफए कपको उपाधि जितिसकेका छांै। च्याम्पियन्स लिगको उपाधि हाम्रा लागि सुनमा सुगन्ध हुनेछ।’
किभमा चार वर्षअघि सम्पन्न फाइनलमा मोहम्मद सालाह सर्जियो रामोससँग जुध्दै पहिलो हाफमा घाइते हुँदै मैदानबाट बाहिरिनु क्लोपको टोलीका लागि जति पीडादायी थियो, त्योभन्दा पीडादायी गोलकिपरको गम्भीर गल्तीमा रियाललाई नतिजा सुम्पिँदा परेको थियो। लिभरपुलका लागि अन्तिम १६, क्वार्टरफाइनल र समिफाइनलको नतिजा जति सहज थियो, एन्सेलोट्टीको टोलीका लागि भने नाटकीय रह्यो। अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मन (पिएसजी) सँग २–० ले पछि परेको रियालले दोस्रो लेगमा करिम बेन्जिमाले १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेपछि उत्कृष्ट पुनरागमन गर्दै क्वार्टरफाइनलमा स्थान बनायो।
क्वार्टरफाइनलबाट सेमिफाइनल प्रवेश गर्दा पनि रियालको यात्रा रोमाञ्चक थियो। चेल्सीविरुद्ध पनि बेन्जिमाले अतिरिक्त समयमा गरेको गोलमा रियालले पुनरागमन जितसहित सेमिफाइनलमा स्थान बनाएको थियो।
प्रिमियर लिगकै क्लब सिटीसँग हारको संघारमा पुगे पनि अतिरिक्त समयमा गरेको दुई गोलमा रियालले पुनरागमन जितबाट लिभरपुलविरुद्धको फाइनल भेट पक्का गरेको थियो।
बेन्जिमाले यस सिजन रियालका लागि सबै खाले प्रतियोगिता गरी ४४ गोल गरेका छन्। जसमध्ये उनले ला लिगामा २७ र च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए ।