काठमाडौं- राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव एवं नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले बिहीबार दोस्रो प्रयासमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को नेतृत्व हात पारेका छन्।एक महिनाअघि प्रक्रिया नपुगेको भन्दै स्थगित अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीको बिहीबार सातदोबाटोस्थित मुख्यालयमा सम्पन्न निर्वाचनमा वर्तमान महासचिव श्रेष्ठ प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई पराजित गर्दै चारवर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भए। एनओसीका २६ सदस्य संघबीचको निर्वाचनमा श्रेष्ठले १७ मत पाए। वर्तमान उपाध्यक्ष एवं हकी संघका अध्यक्ष उमेशलाल श्रेष्ठको भागमा ९ मत परेको थियो।
उपाध्यक्षमा यसअघि नै फुटबल संघका महासचिव धिरेन्द्र प्रधानको निरन्तरता पक्का भइसक्दा कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे, लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र र्याकफ्िटङ एन्ड क्यानोइङका अध्यक्ष राजेन्द्र बान्तवा निर्विरोध भएका थिए। राणा र लाखे कार्यसमितिका सदस्य थिए। कोषाध्यक्षमा पनि भारोत्तोलनका रतन टण्डन सर्वसम्मत भए।
निर्वाचनमा बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा साइक्लिङ संघका अध्यक्ष छिमी उर्केन गुरुङ र तेक्वान्दो संघका महासचिव दीपराज गुरुङलाई हराउँदै महासचिवमा विजयी भए। शेर्पाले १७ मत पाउँदा छिमी उर्केन गुरुङले ८ तथा दीपराज गुरुङले १ मत ल्याएका थिए। बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठले गोला प्रथाबाट सहमहासचिवको पद हत्याए। प्रतिद्वन्द्वी टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र श्रेष्ठको समान १३ मत भएपछि गोलाप्रथाबाट सहमहासचिवको चयन गरिएको थियो। महासचिवका प्रत्याशीमध्ये शेर्पा वर्तमान कार्यसमितिमा सहमहासचिव थिए भने छिमी उर्केन कोषाध्यक्ष थिए। सहमहासचिवका दुवै उम्मेदवार कार्यसमिति सदस्य हुन्।
सदस्यमा ९ सिटका लागि ११ जनाको उम्मेदवारी परेकोमा भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ र कबड्डीका विनोद प्रजापति असफल भए। ह्यान्डबलका तेजबहादुर गुरुङ (२६), उसुका आङदेन्डी शेर्पा (२६), फेन्सिङका सुनीलकुमार श्रेष्ठ (२६), एथलेटिक्सका सञ्जिव तुलाधर (२४), ब्याडमिन्टनका रमेश श्रेष्ठ (२४), पौडीका अशोकरत्न वज्राचार्य (२४), कुस्तीका समिममियाँ अन्सारी (२३), ट्रायथोलनका नीलेन्द्रराज श्रेष्ठ (१८) र जुडोका दीपकहर्ष वज्राचार्य (१७) विजयी भए। पराजित हुनेमध्ये तामाङले १२ तथा प्रजापतिले १३ मत ल्याएका थिए। निर्वाचन समितिले उम्मेदवारी फिर्ताका लागि भदौ १४ सम्म दिएको समयसीमामा आर्चरीका दीपकराज गुरुङले फिर्ता लिएकाले ११ जनाबीच प्रतिस्पर्धा भएको हो। एनओसीको विधानअनुसार १० दिनअघि नै सबै प्रत्याशीले उम्मेदवारी दर्ता गराएका थिए।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का प्रतिनिधि वाहिदको रोहबरमा भएको चुनावबाट निर्वाचित कार्यसमितिको कार्यकाल अक्टोबर १ बाट सुरु हुने बताइएको छ।
एनओसीका २६ सदस्य संघमध्ये फुटबलका अध्यक्ष गणेश थापाले विधानअनुसार आफूले समयमै साधारणसभाको जानकारी नपाएको भन्दै आवाज उठाएपछि साउन २१ को साधारणसभाले निर्वाचन स्थगित गर्दै एक महिनाभित्र नयाँ प्रक्रियामार्फत चुनावी साधारणसभा गर्ने निर्णय लिएको थियो। आइओसी र ओसिएका प्रतिनिधि हैदर फरमानको समेत उपस्थितिमा साधारणसभाले एक महिनाभित्र निर्वाचन गर्ने सर्वसम्मत निर्णय गरेको थियो।
अघिल्लो महिना अदालतको अन्तरिम आदेश, सरकारको निर्देशन र प्रहरी हस्तक्षेपपछि साधारणसभा सुरु भए पनि प्रक्रिया नपुगेको भन्दै निर्वाचन स्थगित गरिएको थियो।
पूर्वनिर्धारित कार्यक्रमअनुसार एनओसी पदाधिकारी, कर्मचारी तथा राष्ट्रिय संघका प्रतिनिधिहरू बिहान ८ बजे साधारणसभाका लागि पुग्दा एनओसी भवन सुरक्षाकर्मीले कब्जामा लिइसकेका थिए। एकाबिहानैदेखि उपस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब दुई घन्टा कसैलाई पनि एनओसी हातामा छिर्न दिएका थिएनन्।
त्यसअघि पुनरावेदन अदालत पाटनले नेपाल कुस्ती संघ, कराते महासंघ र र्याएटिफ्ङ एन्ड क्यानोइङ संघको निवेदनका आधारमा निवेदकहरू सामेल नगराई निर्वाचन नगर्न एनओसीलाई आदेश दिएको थियो। तर, अदालतमा निवेदन गर्ने तीनै आफ्नो प्रतिनिधि नभएका कारण एनओसी नेतृत्वले निर्वाचन गर्ने निर्णय गरेको थियो। सँगै एनओसीको सदस्य रहेका फुटबल र भलिबलले पनि निर्वाचन अवैधानिक भएको भन्दै विरोध गरेका थिए। एन्फाले प्रक्रिया नपुगेको तर्क गरेको थियो भने भलिबलका अध्यक्ष दानबहादुर तामाङले आफ्नो जानकारीबिना निवर्तमान अध्यक्ष एवं एनओसीका उपाध्यक्ष गंगाबहादुर थापालाई प्रतिनिधिका रूपमा चयन गरेकाले मनोमानी गरेको भन्दै विरोध जनाएका थिए। बिहीबारको निर्वाचनमा तामाङले नै भलिबलको प्रतिनिधित्व गर्दै सदस्यमा उम्मेदवारी दिएका थिए भने थापा निर्वाचन समितिका संयोजक थिए।
२०६३ मा पुनरावेदन अदालतको अन्तरिम आदेशका बाबजुद गरिएको निर्वाचनबाट चयन भएको ध्रुवबहादुर प्रधान अध्यक्ष तथा जीवनराम श्रेष्ठ महासचिव रहेको वर्तमान एनओसीलाई सर्वोच्च अदालतले २०६७ असोज १८ मा अवैधानिक ठहर गरेको थियो। अन्तर्राष्ट्रिय प्रतिनिधिद्वय मिचेल फिलाउ र हैदर फरमानकै उपस्थितिमा अदालतको अन्तरिम आदेशलाई चुनौती दिँदै एनओसी निर्वाचन भएको थियो। पछि निर्वाचन अवैधानिक भएको भन्दै कमल चित्रकार र प्रसन्नमान श्रेष्ठले एक वर्षपछि सर्वोच्चमा दायर गरेको रिटमा अदालतले प्रधान नेतृत्वलाई अवैधानिक ठहर गर्दै रुक्म शम्शेर राणा अध्यक्ष तथा प्रधान महासचिव रहेको पुरानै कमिटी ब्युँताएको थियो।
अदालतले ब्युँताएको राणा अध्यक्ष रहेको कमिटी र प्रधान अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटीबीच दुई महिनाअघि मिलेर जाने सहमति भएको थियो। तर राणा कमिटीका केही पदाधिकारीले अझै त्यसमा सहमति जनाएका छैनन्।
बिहीबारको निर्वाचन परिणामपछि एनओसीमा नयाँ सदस्यको बहुमत भएको छ। १७ सदस्यीय कार्यसमितिमा अध्यक्षमा निर्वाचित श्रेष्ठ, उपाध्यक्षत्रय प्रधान, लाखे र राणा, महासचिव शेर्पा र सहमहासचिव श्रेष्ठमात्र वर्तमान कार्यसमितिका सदस्य हुन्।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालमा ओलम्पिक अभियान स्थापित भइसकेको बताउँदै यसलाई स्थायित्व दिँदै खेलकुदको बहुआयामिक विकासमा लाग्ने बताए। संन्यास लिएका वर्तमान अध्यक्ष ध्रुवबहादुर प्रधानप्रति कृतज्ञ देखिएका श्रेष्ठले भने, 'उहाँको नेतृत्वमा हामीले पछिल्लो आठ वर्षमा नेपालमा ओलम्पिक अभियान स्थापित गरेका छौं। अबका दिनमा यसलाई निरन्तरता दिँदै खेलकुद विकासमा फड्को मार्नुपर्छ।'
खेलकुद परिषदमा दुईपटक सदस्यसचिव भएका श्रेष्ठले आफू परिषदमा हुँदा पनि दूरदृष्टि राखेर काम गरेको बताउँदै एनओसीलाई पनि त्यसैगरी नेतृत्व दिने बताए। 'मैले एनओसीमा पनि परिषदमा जस्तै एउटा लक्ष्य राखेर काम गर्नेछु। आगामी दिनमा नेपाली खेलकुदका सबै सरोकारवालालाई समेट्दै अगाडि बढ्नु हाम्रो प्राथमिकताको विषय हो,' उनले भने।
अध्यक्षका उनका प्रत्याशी उमेशलाल श्रेष्ठले भने एनओसीमा भएको दलगत राजनीतिको विरुद्धमा आफूले उम्मेदवारी दिएको बताए। 'म र मेरो दल भन्ने मानसिकताबाट माथि नउठेसम्म एनओसीको समस्या सुल्भि्कदैन। नेपाली खेलकुदकै मुख्य समस्या यही हो,' नतिजालाई सामान्य प्राविधिक विषयका रूपमा लिएको बताउँदै उनले भने, 'मैले त्यसैका लागि उम्मेदवारी दिएको हुँ। जित र हार प्राविधिक विषय हो। पराजित भए पनि नेपालको ओलम्पिक अभियानमा मेरो भूमिका सकारात्मक हुनेछ। तर, त्यसका लागि मलाई जिम्मेवारी दिइन्छ कि दिइन्न भन्ने विषय मूल हो।'