जर्जियो किलिनी र पाउलो डिबालाले सोमबार इटालियन सिरी ‘ए’ को क्लब युभेन्ट्सका लागि घरेलु मैदान टुरिनमा अन्तिम खेल खेले। तर लाजियोसँग २–२ को बराबरी खेल्दै अंक बाँडेपछि किलिनी र डिबालाका लागि घरेलु मैदानमा बिदाइ भने सुखद हुन सकेन।
समर्थकले ‘युभेन्ट्सका एक मात्र कप्तान भनेको किलिनी’ भन्दै नारा लगाएका थिए। उनी १८आंै मिनेटमा मैदानबाट बाहिरिएका थिए। गत साता युभेन्ट्सले इन्टर मिलानसँग इटालियन कपको फाइनलमा नतिजा सुम्पिएको खेलमा उनले एक सय २० मिनेट मैदानमा बिताएका थिए। उनी सन् २००४ मा युभेन्ट्समा अनुबन्धित भएका थिए।
किलिनीले यसअघि नै सिजनको अन्त्यपछि युभेन्ट्ससँगको सम्झौतामा पूर्णविराम लगाउने घोषणा गरेका थिए। किलिनीले युभेन्ट्स बसाइमा २० उपाधि जितेका थिए। यस क्रममा उनले नौ पटक सिरी ‘ए’ को उपाधि जितेका थिए। ‘मेरा लागि यो निकै भावुक दिन हो,’ किलिनीले भने, ‘मैले अझै केही समय खेल्न सक्थें होला तर यसबारे मैले कुनेै निर्णय लिइसकेको छैन।’
किलिनीले यसअघि नै जुनमा अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरिसकेका छन्।
‘मलाई थाहा छैन,’ किलिनीले भने, ‘मैले यसबारे सोच्नै बाँकी छ। मैले लामो समय सोचेर युभेन्ट्ससँगको यात्रामा पूर्णविराम लगाउने निर्णय लिएको हुँ।’
किलिनीले मैदानबाट बाहिरिँदा लियोनार्दो बुनुचीलाई कप्तानको आर्मब्यान्ड लगाइदिएका थिए। किलिनीसँगै अर्जेन्टिनाका स्ट्राइकर पाउलो डिबालाका लागि पनि यो घरेलु मैदान अन्तिम खेल थियो।
डिबाला सन् २०१५ मा युभेन्ट्समा अनुबन्धित भएका थिए। युभेन्ट्सले यसअघि नै डिबालासँगको सम्झौता नवीकरण नगर्ने जनाइसकेको थियो। १०औं मिनेटमा डुसान भ्लाहोभिचको गोलमा युभेन्ट्सले अग्रता लिएको थियो। ३६औं मिनेटमा अल्भारो मोराटाले युभेन्ट्सको अग्रता दोब्बर पारेका थिए।
५६औं मिनेटमा युभेन््ुटसका एलेक्ससान्ड्रोको आत्मघाती गोलमा लाजियोले खेलमा फर्कने संकेत गरेको थियो। खेल सकिन १२ मिनेट बाँकी रहँदा डिबाला मैदानबाट बाहिरिएका थिए।
इन्जुरी समयको छैटौं मिनेटमा सेर्गी मिलिन्कोभिच साभिचको गोलमा लाजियो खेलमा फर्किएको थियो।
लाजियोले ३७ खेलमा ६३ अंकसहित छैटौं स्थानमा बस्दै युरोपा लिगमा समेत स्थान बनायो। चौथो स्थानको युभेन्ट्सको समान खेलमा ७० अंक छ।