१५औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को आधा चरण सकिएको छ। विश्व क्रिकेटकै सबैभन्दा महँगो फ्रेन्चन्चाइज लिग सकिन अझै एक महिना बाँकी छ।
तथापि, नयाँ टोलीले सनसनीपूर्ण प्रदर्शन गर्दै उपाधिको होडमा आफूलाई बलियो साबित पनि गरिरहेका छन्। यस संस्करणदेखि थप दुई टोली समावेश हुँदा १० फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। दुई टोलीमध्ये हार्दिक पाड्या नेतृत्वको गुजरात टाइटन्सको प्रदर्शन सनसनीपूर्ण रहँदै आएको छ। दोस्रो टोली लखनउ सुपर जायन्ट्सको प्रदर्शन पनि आशालाग्दो छ। यसैबीच भारतीय पूर्वकप्तान र वर्तमान कप्तान फ्लप हुँदा इङ्लिस ब्याट्सम्यान जस बटलरको प्रदर्शन उचो रह्यो। आइपिएलकै सफल टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स अंकतालिकाको पुछारमा रहनुले पनि यस पटकको आइपिएलमा फरक दृश्य देखिए।
बटलरको लय
जस बटलर जारी सिजन उत्कृष्ट लयमा देखिएका छन्। राजस्थान रोयल्सका लागि बटलरले तीन शतक पूरा गरिसकेका छन्। लिगमा शीर्ष चारमा अटाउने क्रममा बटलरले सात खेलबाट चार सय ४१ रन जोडे। उनले दिल्ली क्यापिटल्सविरुद्ध ६५ बलमा एक सय १६ रन प्रहार गरेका थिए। उनी विराट कोहलीले सन् २०१६ मा एकै सिजन कायम राखेको ९ सय ७३ रनको कीर्तिमान पछ्याइरहेका छन्। ‘बटलर अहिले उत्कृष्ट लयमा छन् र उनको लयलाई कसैले पनि रोक्न सक्दैनन्,’इङल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले ट्विट गरेका थिए।
संघर्षरत कोहली
लगातार दुई खेलमा गोल्डेन डकआउट भएसँगै भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली स्वभाविक लयका लागि संघर्षमा देखिए। कोहलीले यस सिजन आठ खेलमा मात्र एक सय १९ रन मात्र जोडेका छन्।
कोहलीले भारतका लागि पछिल्ला दुई वर्षमा शतक पूरा गर्न सकेका छैनन्। मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले सोचेअनुरूपको प्रदर्शन गर्न सकिरहेका छैनन्। चेन्नईले आठ खेलमा दुई खेल मात्र जितेको छ भने मुम्बई लगातार आठ खेलमा जितविहीन छ। मुम्बई दशौंमा रहँदा चेन्नई चार अंकसहित नवौं स्थानमा छ। रोहितसहित मुम्बई इन्डियन्सले आफ्ना समर्थकका आलोचना निकै खेप्नु परिरहेको छ। सात खेलबाट ६ खेल जित्दै गुजरात टाइटन्स १२ अंकसहित शीर्षमा छ।
आइपिएलमा आफ्नो पहिलो सिजनमा नै गुजरातले आपूmलाई अब्बल टोलीको रूपमा उभ्याएको छ। गुजरातका लागि अलराउन्डर हार्दिक पाड्याले दुई सय ९५ रन जोड्नुका साथै चार विकेट लिइसकेका छन्। गुजरातले दुई पटकको विजेता कोलकाता नाइट राइडर्सलाई स्तब्ध पारेको थियो।
गत साता विवादास्पद बनेको खेलमा दिल्लीका कप्तान ऋषभ पन्तले आफ्ना खेलाडीलाई खेल दौरान मैदानबाट बाहिरिन निर्देशन दिएका थिए, जुन कुराले पन्त पनि आलोचित भए। अन्तिम ओभरको तेस्रो बलमा ओवेड म्याकोयले नो बल गरे पनि अम्पायरले नदिएपछि पन्त आक्रोसित बनेका थिए।