जिससको चार गोल
१२ वैशाख २०७९
•
४ मिनेट पाठ
जिससको चार गोल
गाब्रियल जिससको ४ गोलको सहयोगमा शनिबार वार्टफोडमाथि ५–१ को फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटीले उपाधि दौडमा चार अंकको अग्रता लिएको छ। प्रिमियर लिग फुटबलकै अर्को खेलमा म्यानचेस्टर युनाइटेड आर्सनलसँग ३–१ को अन्तरले पराजित हुँदा शीर्ष चारमा अटाउने सम्भावना न्यून बन्दै गएको छ।  




घरेलु मैदानमा पहिलो मिनेटबाट नै भ्रमणकारी टोली वार्टफोर्डविरुद्ध हाबी भएको सिटीसँग अब उपाधि रक्षा गर्न पाँच खेल मात्र बाँकी छन्। लिगमा शीर्ष भइरहेको सिटीलाई पछ्याइरहेको लिभरपुलको डर भने उत्तिकै छ। त्यसका लागि प्रशिक्षक पेप ग्वार्डिओलाले टोली सदस्यलाई संयमित हुँदै खेल्न सुझाएका छन्। उपाधि होड रोमाञ्चक बनिरहेको अवस्थामा प्रशिक्षक ग्वार्डिओलाले हरेक खेलमा जित आवश्यक रहेको बताएका छन्।  

वार्टफोर्डलाई शनिबार आतिथ्यता गरेको सिटीमा प्रशिक्षक ग्वार्डिओलाले ६ नियमित खेलाडीलाई आराम दिँदै टोलीलाई मैदान उतारेका थिए। च्याम्पियन्ससिपको थकानपछि केही सहज भएको खेलमा प्रशिक्षकले नियमित खेलाडीलाई आराम दिएका हुन्। यद्यपि बलियो रूपमा प्रस्तुत भएको सिटीले पाहुना टोलीलाई फराकिलो अन्तरले पराजित गर्न सफल भयो। ब्राजिलका स्ट्राइकर जिससले चार गोल आफंैले गर्नुका साथै अर्को गोलका लागि एसिस्ट पनि गरेका थिए। चौथो मिनेटमै सिटीले अग्रता निकाल्दा जिससले टोलीका लागि खाता खोलेका थिए।

२३औं मिनेटमा जिससले अग्रता दोब्बर बनाउँदा वार्टफोर्डका हसान कमाराले २८औं मिनेटमा गोल गर्दै घटाए पनि ३४औं मिनेटमा रोड्रीले तेस्रो गोल थप्दै टोलीलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाएका थिए। पहिलो हाफमा लिएको अग्रतासँगै उच्च मनोबलका साथ खेल पस्किएको सिटीका लागि ४९औं मिनेटमा जिससले गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसको चार मिनेट बित्न नपाउँदै व्यक्तिगत चौथो गोल थप्दै टोलीलाई फराकिलो नतिजातर्फ डोर्‍याएका थिए। बाँकी समयमा थप गोल हुन सकेन र वार्टफोर्डले लज्जास्पद हार भोग्न बाध्य बन्यो।  

प्रिमियर लिगको ३३औं खेलमा उत्कृष्ट प्रदर्शनसँग हात पारेको सिटीका खेलाडीलाई च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिडविरुद्ध खेल्नका लागि मनोबल बढेको छ। त्यस्तै जिससले पनि आफ्नो भविष्यका लागि आफूलाई साबित गरेका छन। सिटीले बोरुसिया डर्टमन्डको इर्लिङ हालान्डलाई भिœयाउने चर्चा छ भने जिससको आर्सनल जाने चर्चा चलिरहेको छ।  

सिटीले पछिल्लो समय वाटफोर्डमाथि लगातार सानदार विजय हासिल गर्दै आएको छ। सिटीले २०१९ को एफए कप फाइनलमा वाटफोर्डलाई ६–० ले हराएको थियो। त्यस्तै गत सिजन पनि प्रिमियर लिगमा ८–० को नतिजा निकालेको थियो। त्यस्तै पछिल्ला दुई खेलमा सिटीले वाटफोर्डलाई ४–० र ३–१ ले हराएको थियो। वाटफोर्डले सिटीविरुद्धको अघिल्ला १४ खेलमा पनि विजय हासिल गर्न सकेको छैन। जितसँगै सिटीले ३३ खेलबाट ८० अंक जोडेको छ। जुन दोस्रो स्थानको लिभरपुलभन्दा चार अंकले माथि हो। एक खेल कम खेलेको लिभरपुलले आज राति एभर्टनविरुद्ध प्रतिस्पर्धा गर्दै छ। लिभरपुलले जितेमा आज सिटीसँगको दूरी पुनः एक अंकमा छोट्याउनेछ।  

उता शनिबारै भएको खेलमा आर्सनलसँग ३–१ गोलअन्तरले पराजित भएकोे म्यानचेस्टर युनाइटेडको शीर्ष चार सम्भावना कमजोर बन्दै गएको छ। घरेलु टोली आर्सनलले तेस्रो मिनेटमै नुनो टाभारेसको गोलबाट अग्रता लिएको थियो। २७औं मिनेटमा इडवार्ड एनकेटियाले अग्रता दोब्बर बनाए पनि भिडियो सहायक रेफ्रीले उक्त गोललाई अफसाइडको संकेत दिएको थियो। ३२औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाएका थिए। ३४औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गरेको गोलबाट युनाइटेडले पुनरागमनको प्रयास गरेको थियो। तर पनि सफल हुन सकेन। ५७औं मिनेटमा ब्रुनो फर्नान्डेज पेनाल्टीमा गोल गर्न चुकेपछि युनाइटेड बराबरी गर्न असफल भएको थियो। ७०औं मिनेटमा ग्रान्ट जाकाले अर्कोे गोल थपेसँगै आर्सनलले स्पष्ट तीन अंक जोड्न सफल भयो।  

जितसँगै आर्सनल चौथो स्थानमा उक्लिएको छ। आर्सनलले ३३ खेलबाट ६० अंक जोडेको छ। जुन पाँचौं स्थानको टोटनह्यामभन्दा दुई अंकले माथि हो र छैटौं स्थानको युनाइटेडभन्दा ६ अंकले माथि हो। युनाइटेडले अझै एक खेल बढी खेलेको छ।  

प्रिमियर लिग फुटबलकै अर्को खेलमा टोटनह्याम बराबरीमा रोकियो। शीर्ष चारको होडमा रहेको टोटनह्यामले ब्रेन्टफोर्डसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्दा शीर्ष चार कठिन बन्न लागेको हो। बराबरी खेलेसँगै टोटनह्याम पाँचौं स्थानमा झरेको छ। टोटनह्यामलाई आर्सनलले पछाडि पारेको हो। ब्रोन्टफोर्ड भने ११औं स्थानमा छ। ब्रेन्टफोर्डले ३४ खेलबाट ४० अंक जोडेको छ।  

प्रिमियर लिगका अन्य खेलमा न्युक्यासल युनाइटेडले नर्विच सिटीलाई ३–० ले पराजित गर्दा न्युक्यासल नवौं स्थानमा उक्लिएको छ। न्युक्यासलले ३४ खेलबाट ४३ अंक जोडेको छ। पराजित नर्विच सिटी भने पुछारमा छ। हारसँगै नर्विचको रेलिगेसनबाट जोगिने सम्भावना पनि कमजोर बन्दै गएको छ। नर्विचले ३३ खेलबाट २१ अंक जोडेको छ। जुन रेलिगेसन क्षेत्रभन्दा माथि रहेको एभर्टनको भन्दा आठ अंकले पछाडि हो। एभर्टनले अझ दुई खेल कम खेलेको छ। त्यस्तै लेस्टर सिटी र एस्टन भिल्लाले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडे।
अर्को समाचार
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
३ घण्टा अघि
•
१ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।




गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।

एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।

निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्‍यो।

खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफका जिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।

विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस