रौतहट फुटबल संघमा नयाँ नेतृत्व
०७ वैशाख २०७९
•
१ मिनेट पाठ
रौतहट फुटबल संघमा नयाँ नेतृत्व
रौतहट जिल्ला फुटबल संघमा नयाँ नेतृत्व आएको छ। संघको छैटौँ वार्षिक साधारण सभाले भगवान दर्लामीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ।




रौतहट जिल्ला फुटबल संघको उपाध्यक्षमा सुमनकुमार कार्की, भोजराज घिमिरे र महेश चौधरी चयन भएका छन्। संघको महासचिवमा मधुसुधन धिताल तथा कोषाध्यक्षमा सुबोध गिरी चयन भएका छन्।

संघको सदस्यमा संजयकुमार कार्की, नेपाल कार्की, देबबहादुर दर्लामी मगर, राजकुमार दर्लामी मगर, देवराज कार्की, श्यामलाल ठोकर, प्रेमकुमार श्रेष्ठ, ललिताकुमारी, बसद्धि बहादुर सुवेदी, प्रकाश चौधरी, मनोज चौधरी, सुमन तिमल्सिना र हरेन्द्र चौधरी पनि चयन भएका छन्।

अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य तपेश्वर राउत, प्रदेश सदस्य बाबुराम दाहालसमेतको उपस्थितिका भएको कार्यक्रममा वक्ताहरुले फुटबल खेलको विकासमा स्थानीय तहले अपेक्षित ध्यान दिन नसकेको गुनासो गरेका छन्।

नेपालको फुटबलको क्षेत्रमा रौतहटको निक्कै उच्च स्थान रहेको कारणले धेरै जिल्लादेखि केन्द्रसम्मको नजर रौतहटको फुटबल गतिविधिमा केन्द्रित रहने गरेको बताउँदै वक्ताहरुले नयाँ कार्य समितिले रौतहटको फुटबल खेलको उचाइ अझ बढाउनु पर्ने विश्वास व्यक्त गरेका छन्।
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
१६ मिनेट अघि
•
१ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
काठमाडौं। विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको छ।  मंसिर १६ गतेदेखि २७ गतेसम्म औपचारिक रुपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेलहरु ८ गतेदेखि सुरु भइसकेका छन्। 
‘एनआरएनए स्पोट्र्स एकेडेमी’ (गैरआवासीय नेपाली संघ–खेलकुद प्रतिष्ठान) ले प्रतियोगितामा आफ्नो सहभागिता, तयारी र हालसम्मका नतिजाबारे शनिबार पत्रकार सम्मेलन गराएर जानकारी गराएको हो।   विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यका साथ एनआरएनएले यसपटक ११ खेलमा प्रतिस्पर्धा गरेको एनआरएनएका युवा उपाध्यक्ष एवं स्पोर्टस एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाले जानकारी दिए। प्रतियोगितामा व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल–कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको पनि उल्लेख गरे। बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि प्रतियोगिताको समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्टस एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीबाट विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहनेछ। प्रतियोगितामा ७९ विधा तथा तौल समूहमा एनआरएनएले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो। 
प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका विभिन्न २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीहरूले उल्लेखनीय सफलता हात पारेका छन्। त्यसमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।
२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्र मा हस्ताक्षर गरेसँगै पहिलो पटक आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेको थियो। 
लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो। यसपटक भने कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य लिइएको छ।
कार्यक्रममा भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीहरुलाई खेलकुदको माध्यमबाट मातृभूमीसँग जोड्ने अभियानमा रहेको बताए। यसैगरी आगामी दिनमा एनआरएनएले नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा पनि काम गर्न तयार रहेको बताए।
उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सवैको साथ सहयोगले प्रतियोगितामा सहभागिता जनाएको उल्लेख गरे। उनले खेलाडीहरुको सुविधामा कुनै कसर बाँकी नराख्ने बताउँदै सहयोग गर्नका लागि आइसीसीका सवैलाई अपिल पनि गरे। 
यस्तै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली)ले एनआरएनएको सहभागिता विभागी टिमहरुसँग प्रतिस्पर्धा भन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागी भएको बताए। यस्तै, आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने पनि अपेक्षा गरे। महासचिव डा. चिरञ्जीवि खड्काले एनआरएनए खेलाडीहरुको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे।  पत्रकार सम्मेलनमा एनआरएन खेलाडीहरुको छनोट प्रक्रिया लगायतका विषयमा जिज्ञाषा राखेका थिए।  जवाफमा प्राविधिक निर्देशक रवि शाहीले सवै कागजात हेरेरमात्रै खेलाडी खेलाएको बताउँदै समस्या नहुने प्रष्ट पारे। एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागि हुन जाने केही खेलाडीलाई पनि विदाई गरेको छ।


सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
यो पनि पढौँ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस