करिम बेन्जिमाको उत्कृष्ट खेलको सहयोगमा रियाल मड्रिडले आइतबार स्पेनिस ला लिगामा सेभियामाथि ३–२ पुनरागमन जित निकालेको छ।
प्रिमियर लिग क्लब चेल्सीसँग क्वार्टरफाइनल दोस्रो लेगमा ३–२ ले पराजित भए पनि रियाल मड्रिड समग्रमा ५–४ को जितसहित सेमिफाइनल प्रवेश गरेको थियो। सो जितपछि उच्च मनोबलमा रहेको रियालले सेभियाविरुद्ध २–० ले पछि परेको अवस्थामा पुनरागमन गर्न सफल भएको हो। रियालमा बलियो सदस्यका रूपमा स्थापित भएका करिम बेन्जिमाले इन्जुरी समयमा गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका हुन्। यससँगै रियालले शीर्ष स्थानमा रहिरहने मजबुत अवस्था ल्याएको छ। दुई खेल कम खेलेको बार्सिलोना १५ अंकले पछि छ।
रोमन सान्चेज पिजुआन सेभियामा आइतबार राति भएको खेलमा रियालको पुनरागमन जितमा रोड्रिगो, नाचो फर्नान्डेस र बेन्जिमाले समान एक/एक गोल गर्दा घरेलु टोली सेभियाका इभान राकिटिच र एरिक लमेलाले एक/एक गोल आफ्नो नाममा लेखाएका थिए। २१औं मिनेटमा इभान राकिटिचले सीधै फ्रिकिकमा गोल गर्दै सेभियालाई सुरुआती अग्रता दिलाएका थिए। २५औं मिनेटमा एरिक लमेलाले जेसस कोरोनाको पासमा गोल गरेपछि रियाल पहिलो हाफमा २–० ले पछि परेको थियो।
पहिलो हाफमा पछि परेको रियालले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै जित निकाल्न सफल भयो। ५०औं मिनेटमा रोड्रिगोले ड्यानी कार्भाहलको पासमा गोल गर्दै रियाललाई खेलमा फर्कने संकेत देखाएका थिए। ८२औं मिनेटमा नाचो फर्नान्डेजले कार्भाहलकै पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए। बराबरीतर्फ धकेलिएको खेलको इन्जुरी समयमा करिम बेन्जिमाले गोल गर्दै रियाललाई स्पष्ट अंक दिलाउन सफल भएका हुन्। रोड्रिगोको पासमा गोल गर्न सफल भएका बेन्जिमाको जारी सिजन ला लिगामा यो २५औं गोल हो। २८ खेल खेलेका उनले ११ असिस्टसमेत गरेका छन्।
रोमाञ्चक जितसँगै रियालले दोस्रो स्थानको बार्सिलोनासँगको अंकदूरी बढाउँदै ला लिगा उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। रियालले दोस्रो स्थानको टोलीलाई १५ अंकले पछि पारेको छ। रियालको ३२ खेलबाट ७५ अंक पुगेको छ। दुई खेल कम खेलेको बार्सिलोना र समान खेल खेलेको सेभिया र एट्लेटिको म्याड्रिडको समान ६० अंक छ। रियालसँग पराजित भएको सेभियाले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।
स्पेनिस ला लिगमा यसअघि भएका खेलमा सेल्टा भिगोले एथ्लेटिक क्लबलाई उसैको मैदानमा २–० ले पराजित गर्दा दश खेलाडीमा खुम्चिएको एट्लेटिको मड्रिडले स्पानियोललाई २–१ ले स्तब्ध बनायो।