पाहुना टोली गाईघाट ११ लाई पन्छाउँदै साइनो स्पोर्टस क्लब दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा विराटनगरको साइना स्पोर्टस क्लबले पाहुना टोली उदयपुरको गाईघाट ११ लाई सडेन डेथका आधारमा ६–५ गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ। खेलको निर्धारित समयमा दुवै टोली १–१ गोलको बराबरी खेलपछि खेल टाइब्रेकरतर्फ धकलिएको थियो। टाइब्रेकरमा समेत बराबरी भएपछि सडेन डेथका आधारमा साइनो विजयी भएको हो।
गाईघाटले सुरुवातमै अग्रता लिएर साइनोलाई दबाबमा राख्दै खेले पनि अन्तिम समय साइनोको आक्रमण खेल शैलीलाई थेग्न नसक्दा हार व्यहोर्नु पर्यो। गाईघाटले गोलका धेरै अवसर चुकाउनु र अन्तिम अतिरिक्त समय ३ मिनेट आफूलाई समाल्न नसक्दा नतिजा विपक्षीलाई सुम्पन बाध्य भयो।
साइनोका निशान लिम्बू, कैलाश बस्नेत, दिवाकर चौधरी, मिन धिमाल, भुवन बस्नेत र दिनेश राईले गोल गरे। निशन सुब्बा र असिम राईको प्रहार उदयपुरका गोलरक्षक करन राईले बचाउ गरे भने खमिर गिल्सनको प्रहार पोस्टमा लाग्दै बाहिरियो।
उदयपुरका शुसन तामाङ, दिलकुमार तामाङ, देवराज चौधरी, रवि शंकर चौधरी र रूपक फुँयलले गोल गरे। दीपेश भुजेल, दीपक मगर, किरण राई र युवराज थापा मगरको प्रहार साइनोका गोलरक्षक एन्जल श्रेष्ठले विफल पारे। म्यान अफ द म्याच नगद ५ हजार रुपैयाँ साइनका गोलरक्षक एन्जलले प्राप्त गरे।
उदयपुरका शुसन तामाङले खेलको १७ औं मिनेटमा वान भर्सेस वानको प्रहारमा गोल गरे। मुकेशले माझीले मिलाइ दिएको पासलाई वान भर्सेस वानको स्थिति गरेको प्रहारलाई साइनोका गोलरक्षकले कुनै मौका पाएनन्। खेलको अतिरिक्त समय ७२ औं मिनेटमा साइनोका भुवन बस्नेतले दिएको क्रस पासलाई आशिष राईले गोल गर्दै खेल बारबारी पारे।
२२ औं मिनेटमा उदयपुरका दीपक मगरले फ्रि किक प्रहार क्रसबारमा लाग्दै बाहिरियो। ४६ औं मिनेटमा उदयपुरका प्रतिम चौधरीको कडा प्रहार पोस्टमाथिबाट बाहिरियो। साइनोका दिनेश राईले ६० औं मिनेटमा गोल गर्ने राम्रो अवसर खेर फाले। ६७ औं मिनेटमा उदयपुरका शुसन तामाङको प्रहार बाहिरियो।
मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबारको खेल साबिकको विजेता सशस्त्र प्रहरी बल पकली र सिराहको गोल बजार प्रतिभा फुटबल क्बलबीच हुनेछ।