शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा सेना, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेश पुगेको छन्।
विराटनगरमा बिहीबार भएको खेलमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी हुँदै उपाधि नजिक पुगेका हुन्।
पहिलो खेलमा गण्डकी प्रदेशले बाग्मतती प्रदेशलाई ८–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ। गण्डकीका आशिष ठकुरीले ३ गोल, सोनु लामा र पिताम्बर थापाले समान २–२ गोल तथा रोहन लामाले १ गोल गरे। खेलको म्यान अफ द म्याच गण्डकीका आशिष ठकुरी भए।
त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ३–१ गोलअन्तरमा पराजित गरेको छ। सुदूरपश्चिमका दीपकराज जोशी, आयुष साह र भीम भट्टले समान १–१ गोल गरे। म्यान अफ द म्याच सुदूरपश्चिम प्रदेशका आयुष साह भए।
त्यसैगरी, तेस्रो खेलमा लुम्बिनी प्रदेशले मधेस प्रदेशलाई ७–१ को फराकिलो गोलअन्तरमा पराजित गरेको छ। लुम्बिनीका लागि अद्नान अन्सारी र सागर आचार्यले समान २–२ गोल तथा सुरजकुमार घर्ती र इम्तिहाज अन्सारीले समान १–१ गोल गरे। मधेस प्रदेशका लागि एक मात्र सान्तवना गोल आकाश साहाकानुले गरे। खेलको म्याद द म्याद म्याच लुम्बिनीका अद्नान अन्सारी भए।
शुक्रबारको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा दोस्रो सेमिफाइनल खेल नेपाली सेना र लुम्बिनी प्रदेशबीच हुनेछ।