विराटनगरमा जारी इन्डो–नेपाल टि–२० मिल्स कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा एमसिसी ‘ए’ क्रिकेट क्बल पुगेको छ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई २ विकेटले पराजित गर्दै एमसिसी ‘ए’ले सेमिफाइनलको यात्रा तय गरेको हो। जितसँगै एमसिसी ‘ए’ ले शुक्रबार पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा गर्ने छ।
टस जितेर ब्याटिङ गरेको होराइजनले १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय २८ रनको योगफल बनायो। जसमा मिनास थापाले ५१ रन चिराग साहले २० रन बनाए। एमसिसीका दीपेश कन्डेलले ४ र फिरदोस अन्सारीले २ विकेट लिए।
१ सय २९ रनको लक्ष्य पछ्याएको एमसिसी ‘ए’ ले १६ ओभर ५ बल खेल्दै ८ विकेटको क्षतिमा विजयी भयो। निशान्त कुमारले ४४ रन र हासिम अन्सारीले ३८ रन जोडे। होराइजनका मल्ली चौधरी, अरनिको यादव, मेभुव आलम र भुलाकन सहनीले समान २–२ विकेट लिए। खेलको म्यान अफ द म्याद एमसिसीका हासिम अन्सारी भए।