एपिएफ ललितपुर मेयर कप च्याम्पियन
१७ फागुन २०७८
•
३ मिनेट पाठ
एपिएफ ललितपुर मेयर कप च्याम्पियन
सुदूरपश्चिम प्रदेशको चुनौती सहजै पन्छाउँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब सोमबार ललितपुर मेयर कप महिला  ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा १ सय १४ रनको लक्ष्य पछ्याएको एपिएफ दुई विकेटको क्षतिमा २५ बलअगावै जित निकालेर लगातार दोस्रो वर्ष फाइनलमा सुदूरपश्चिमलाई स्तब्ध बनाउँदै च्याम्पियन बन्यो।

च्याम्पियन एपिएफले दुई लाख पाउँदा सुदूरपश्चिमले एक लाख रूपैयाँमा चित्त बुझायो। गत वर्ष पनि सुदूरलाई हराउँदै च्याम्पियन बनेको एपिएफले लगातार तेस्रो प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्‍यो। प्रधानमन्त्री कपको फाइनलमा पनि सुदूरपश्चिम राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपिएफसँग पराजित भएको थियो।

लगातार तेस्रो उपाधि जितेको एपिएफका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४३ रनको योगदान गरिन्। अर्की ओपनर तथा कप्तान सीता रानामगर १९ रनमा पवेलियन फर्किंदा बिन्दु बर्माले २९ रनको अविजित इनिङ खेलिन्।

ज्योतिले सीतासँग ५८ रनको साझेदारी गरिन्। सम्झना खड्काले सीतालाई ७.५ ओभरमा ईश्वरी विष्टबाट क्याच गराउँदै सुदूरलाई ब्रेक थ्रु दिलाइन्। २२ बल खेलेकी सीताको इनिङमा तीन चौका रह्यो।

त्यसपछि ज्योतिले इन्दुसँग दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै एपिएफलाई जितनजिक पुर्‍याइन्। लक्ष्मी साउदले १३.५ ओभरमा ज्योतिलाई पवेलियन बाटो देखाए पनि सुदूरको जित टाढिसकेको थियो। ४४ बलको सामना गरेकी ज्योतिले पाँच चौका हिर्काइन्।

रोमा थापा ५ रनमा अविजित रहँदै इन्दुलाई साथ दिइन्। २४ बल सामना गरेकी इन्दुको इनिङमा दुई चौका र एक छक्का रह्यो। ब्याटिङतर्पm आशालाग्दो प्रदर्शन गरेको सुदूरले बलिङमा भने खासै राम्रो गर्न सकेन। सम्झना र लक्ष्मीले विकेट लिँदा अन्य बलर भने विकेटविहीन रहे।

एक ओभर बलिङ गरेकी डली भट्ट १९ रन खर्चंदै सबैभन्दा महँगी साबित भइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमले सुस्त गतिमा रन बटुले पनि मध्यम योगफल तयार पार्‍यो। निर्धारित ओभर खेल्दै सुदूरले चार विकेटको क्षतिमा १ सय १३ रन बटुल्यो। ओपनरद्वय विन्दु रावल र रेवती धामीले सुस्त गतिमा रन बटुले पनि पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे।

रेवती १० रनमा करुणा भण्डारीद्वारा रनआउटको सिकार हुँदा एपिएफले पहिलो सफलता पायो। खातामा थप चार जोडेपछि बिन्दु पनि आउट भइन्। एपिएफकी सुष्मा श्रेष्ठले विन्दुलाई ३७ रनमा पवेलियनको बाटो देखाइन्।

३६ बलमा विन्दुले पाँच चौका प्रहार गरिन्। त्यसपछि कविता कुँवर र डोलीले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गर्दै सुदूरको इनिङ उकासे। तर, डली ३६ रनमा रनआउट हुन पुगिन्। आक्रामक ब्याटिङ गरेकी डलीले चार चौका र एक छक्का हिर्काइन्।

त्यसपछि कविता जोशी खाता नखोल्दै पवेलियन फर्किंदा कविता कँुवर २४ रनमा नटआउट रहिन्। तर, बलिङतर्फ यादगार प्रदर्शन गर्न नसक्दा सुदूरले त्यो लक्ष्य जोगाउन सकेन। सुष्मा श्रेष्ठले दुई विकेट लिँदा अन्य बलर भने विकेटविहीन रहे।

प्रतियोगितामा विधागतअन्तर्गत ब्याटरमा एपिएफकी ज्योति पाण्डे र बलरमा सुदूरकी ईश्वरी विष्ट उत्कृष्ट भए। दूवैले १५ हजार रूपैयाँ पाए। प्लेयर अफ दी म्याच घोषित ज्योति प्लेयर अफ दी सिरिज पनि भइन्। उत्कृष्ट खेलाडीबापत ज्योतिले २५ हजार नगद पुरस्कार पाइन्।
अर्को समाचार
एपिएफ च्याम्पियन
२९ चैत्र २०७७
•
२ मिनेट पाठ
एपिएफ  च्याम्पियन
सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले स्तब्ध बनाउँदै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट च्याम्पियनसिपको उपाधि उचालेको छ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा सम्पन्न फाइनलमा १ सय ७रनको लक्ष्य एपिएफले मात्र दुई विकेटको क्षतिमा २२ बलअगावै पूरा गर्दै अपराजितरहेर उपाधि उचालेको हो। यससँगै गत प्रधानमन्त्री कपको फाइनलमा प्रदेश–१ सँग स्तब्ध हुँदै उपाधिविहीन बनेको एपिएफले यस पटक भने सफलता हात पा¥यो। च्याम्पियन एपिएफले तीन लाख रूपैयाँ प्राप्त गर्दा उपविजेता सुदूरपश्चिमले एक लाख ५० हजार रूपैयाँमा चित्त बुझायो। एपिएफका ओपनर जोडी कप्तान सीतारानामगरर ज्योति पाण्डेले ६९रनको साझेदारी गर्दै जितको बलियो आधार तय गरेका थिए। यी दुवै ओपनररनआउटको सिकार भए।

फाइनल अफ दी म्याच ज्योति ३८ बलमा पाँच चौकासहित ३६रनर सीता ३२ बलमा चार चौकासहित २७रनमा आउट भए। त्यसपछि इन्दु बर्मार ममता चौधरीले तेस्रो विकेटका लागि अविजित २८रनको साझेदारी गर्दै एपिएफलाई सहज जित दिलाए। कविता जोशीको बलमा इन्दुले चौका प्रहार गरेसँगै एपिएफको टोली उपाधि उत्सवका लागि मैदान प्रवेश गरेको थियो। यस क्रममा २१ बल खेलेकी इन्दुले दुई चौकासहित १९रन बनाइन्। ममताको १५रनको इनिङमा दुई चौका सामेल थियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले आक्रामक ब्याटिङको छवि भएकी डली भट्टलाई ओपनिङ पठाए पनि सफलता पाउन सकेन।

रेवती धामीसँग उनको ओपनिङ साझेदारी तेस्रो ओभरको अन्तिम बलमा टुट्दा सुदूरले १४रन मात्र बटुलेको थियो।रेवती १०रनमारेखारावलद्वारा आउट भइन्। डली पनि १४रनमै पवेलियन फर्किइन्। यद्यपि, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी बिन्दुरावलले इनिङ समालिन्। ५४ बल खेलेकी विन्दु चार चौकासहित ४४रनमा नटआउटरहिन्। त्यस्तै चौथो नम्बरमा ब्याटिङ गर्न आएकी कविता कँुवरले १५ बलमा दुई चौकाको मद्दतमा १३रन जोड्दै विन्दुलाई केही समय साथ दिइन्। त्यसपछि कुनै पनि खेलाडीले दोहोरो अंकमारन बटुल्न नसक्दा सुदूरले ठूलो स्कोर बनाउन सकेन। एपिएफकीरेखारावलले चार ओभरमा एक मेडनसहित एक विकेट लिँदा १५रन मात्र खर्चिन्।

त्यस्तै एपिएफका करुणा भण्डारी, सुष्मा श्रेष्ठ, सीतारानामगरर बिनु बुढामगरले थप १÷१ विकेट लिए। एपिएफलाई उपाधि दिलाउन अलराउन्ड प्रदर्शन गरेकी कप्तान सीता सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा २५ हजार रूपैयाँसहित ट्रफी प्राप्त गरिन्। उनले पाँच खेलमध्ये चार इनिङमा १ सय २३रन बटुल्दा पाँच विकेटसमेत लिएकी थिइन्। चार खेलमा सर्वाधिक १ सय ६१रन बटुलेकी प्रदेश–१ की कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट ब्याटर घोषित भइन्। एपिएफकी बिनु बुढामगरले पाँच खेलमा १० विकेट लिइन्। रुविनार बिनुले समान १५ हजार रूपैयाँ पाए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस