पूर्वकप्तान पिएरे इमेरिक औबामेयाङको बहिर्गमन आर्सनलका लागि समस्याभन्दा समाधान भएको प्रशिक्षक मिकेल अर्टेटाले बुधबार बताएका छन्।
अनुशासनको कारबाहीपछि इमिरेट्स स्टेडियमबाट अघिल्लो साता मात्र बार्सिलोना पुगेका औबामेयाङको क्लब बहिर्गमन क्लबका लागि समाधान भएको अर्टेटाले बताएका हुन्। कप्तान रहँदै गर्दा उनलाई प्रशिक्षक अर्टेटाले अनुशासनसम्बन्धी कारबाहीका लागि सिफारिस गरेका थिए।
प्रशिक्षक अर्टेटाले औबामेयाङबिना पनि क्लबले राम्रो प्रदर्शन गर्न सक्छ भन्दै प्रतिक्रिया दिएका थिए भने क्लबलाई पनि सम्झौता अन्त्य गर्न सक्ने संकेत दिएका थिए।
त्यसपछि उनी फ्री ट्रान्सफरमा क्याटलान क्लबमा अनुबन्धित हुने निधो भएको थियो। ३२ वर्षीय औबामेयाङले आर्सनलका लागि गत डिसेम्बरमा मात्र खेलेका थिए। आर्सनलबाट बार्सिलोनाका लागि अनुबन्धित हुने समयमा औबामेयाङले आपूmले गल्ती नगरेको बताएका थिए।
‘मेरो विचारमा मैले गलत काम केही गरेको छैन। मेरो विचारमा मसँग प्रशिक्षकको समस्या हो। मेरो लागि सुखद पक्ष होइन। मैले यो एक अविस्मरणीय क्षण हो,’ औबामेयाङले भनेका थिए।
तर अर्टेटाले भने औबामेयाङको उक्त तर्कलाई बेवास्ता गरेका थिए। त्यसपछि औबामेयाङ स्पेनिस क्लब बार्सिलोना जाने भएका थिए। गाबोनका फरवार्ड औबामेयाङलाई बार्सिलोनाले २५ नम्बरको जर्सी दिने भएको छ। उनले आर्सनलका लागि १ सय ६३ खेलमा ९२ गोल गरेका थिए। यस सिजन औबामेयाङले १५ खेलमा ७ गोल गरेका थिए।